काठमाडौं– धुलो सफा गर्नका लागि काठमाडौं महानगरपालिकाले छिट्टै ‘ब्रुमर यन्त्र’ खरिद गर्ने भएको छ।
अघिल्लो बैसाखमा जनप्रतिनिधि आएपछि पहिलो प्राथमिकतामा परेको कामपाको सडकको धुलो सफा गर्न उक्त यन्त्र ल्याउन लागिएको महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए।
उनले भने,‘गत चैत २२ गते उक्त यन्त्र ल्याउनका लागि बोलपत्र आह्वान गरिएको थियो। त्यसका लागि ७ वटा कम्पनीले बोलपत्र गराएका र बोलपत्र छनोटका लागि रविनमान श्रेष्ठको संयोजकत्वमा बोलपत्र मूल्याङ्कन उपसमिति गठन गरिएको छ। कामपाले १२ करोड रुपैयाँ मूल्यबराबरको ५ वटा यन्त्र ल्याउने तयारी गरेको छ।
हाल कामपाले कुचोले बढारेर धुलो सफा गर्ने र ट्याङ्करको पानीले सडक सफा गरिरहेको छ। कामपाको भवन रहेको बागदरबार वरपर, लैनचौर, रत्नपार्क, जमल, पुरानो बसपार्क, पुतलीसडक चोक, त्रिचन्द्र कलेज आसपास र भद्रकालीबाट १ हजार ६ सय टन धुलो र फोहर संकलन गरेको छ।
अघिल्लो बैसाखमा जनप्रतिनिधि आएसँगै सुरु गरिएको ‘क्लिन द सिटी’ अभियानअन्तर्गत उक्त परिमाणमा धुलोे तथा फोहर व्यवस्थापन गरिएको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।