• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

घोषणापत्र जारीपछि नागरिक उद्घोष- टुँडिखेलबाट जंगी अड्डा पन्छिनुपर्छ, नपन्छिए लखेटिने छ

64x64
किशोर दहाल शुक्रबार, फागुन ७, २०७७  २२:२४
1140x725

काठमाडौं- १०४ वर्षे राणा शासनको अन्त्य गर्दै २००७ साल फागुन ७ गते टुँडिखेलबाट प्रजातन्त्रको घोषणा गरिएको थियो। नागरिक मुक्तिको प्रतीक बनेको त्यही टुँडिखेल अहिले भने सेनाको कब्जामा छ। टुँडिखेल नागरिकको हो र अब नागरिककै स्वामित्वमा आउनुपर्छ, टुँडिखेल अब बन्दुकको मौजा हुनुहुँदैन, शासकीय कर्मकाण्डको किल्ला हुनुहुँदैन, टुँडिखेल अब मुक्त हुनुपर्छ भन्ने सन्देश सहित शुक्रबार ‘टुँडिखेल मार्च’को आयोजना गरियो।

रत्नपार्कको शंखधर पार्कबाट सुरु मार्च टुँडिखेल परिसरकै महांकाल मन्दिरमा रोकिएको थियो। मार्चमा सहभागीहरुले केपी ओलीविरुद्ध चर्का नारा लगाएका थिए। साथसाथै, टुँडिखेल जनताको भएकाले त्यसलाई खालि गर्न आह्वान गरेका थिए। मार्चमा सहभागीहरुले ‘टुँडिखेल हाम्रो हो’, ‘टुँडिखेल जनताको हो’, ‘टुँडिखेल खालि गर’, ‘टुँडिखेल जनतालाई फिर्ता गर’ जस्ता नारा लगाएका थिए।

गत माघ २० गते शोभा भगवतीमा भएको कार्यक्रममा पत्रकार तथा बृहत नागरिक आन्दोलनका एक जना अगुवा नारायण वाग्लेले फागुन ७ गते टुँडिखेलको काँडेतार हटाएर सभा गर्ने बताएका थिए। तर, शुक्रबारको जुलुस भने टुँडिखेलभित्र भने छिरेन। बरु, टुँडिखेल परिसरमै रहेको महांकाल मन्दिरमा सभामा परिणत भयो। त्यहाँ मुख्य दुई सन्दर्भ विशेष चर्चायोग्य रहे। पहिलो, नागरिक घोषणापत्र सार्वजनिक। दोस्रो, टुँडिखेलमा नागरिक दाबी।

नागरिक घोषणापत्र- हातेमालोको आह्वान
बृहत् नागरिक आन्दोलनका तर्फबाट टुँडिखेल परिसरबाट अभियन्ता जेबी विश्वकर्माले घोषणापत्रलाई वाचन गरेर सार्वजनिक गरेका थिए। १३ सयभन्दा बढी शब्दको सो घोषणापत्रमा नेपालमा हुने गरेको प्रतिगमनको ऐतिहासिक सन्दर्भ र अहिलेका चेतनशील नागरिकको भूमिकाको व्याख्या गरिएको छ।

‘नागरिकहरूको परिकल्पनालाई सार्थक बनाउने उन्नत राजनीतिक व्यवस्थाको कल्पना गर्न वर्चश्वधारीहरू धेरै डराए। अझ डराउँछन्। २००७ सालयता जबजब यस्तो डर हाबी भयो प्रतिगमन मौलायो। लोकतन्त्रमा घात भइरह्यो’, घोषणापत्रमा उल्लेख छ।

No description available.

संविधानका तीन आधारहरुको चर्चा घोषणापत्रमा गरिएको छ। एक– नेपाली समाजले जनताको सर्वोच्चता, स्वतन्त्रता र समतालाई सर्वोपरी मान्दै मुलुकको उन्नति, स्थायी शान्ति र नागरिकको लोकतान्त्रिक आकाङ्क्षालाई संस्थागत गर्नेछ। दुई– ऐतिहासिक रूपले नै जातजन्य, जातीय, लैङ्गिक, वर्गीय, क्षेत्रीय, भाषिक र धार्मिक आधारमा परित्यक्त समुदायले राष्ट्र–निर्माणको अभियानमा समान व्यवहार र सहभागिताको अवसर प्राप्त गर्नेछन्। तीन– नेपाली राज्यलाई शताब्दीयौँदेखि आफ्नो मौजा बनाउँदै आएका राजनीतिक–सामाजिक शक्तिलाई पन्छाउँदै समावेशी चरित्रको राज्यव्यवस्था र संघीय शासनको जग बसाल्नेछ।

तर ती सवाल निरूपण गर्ने प्रक्रियामा संविधानसभामार्फत लोकतान्त्रिक अभ्यास स्थापित हुन नसकेको ठम्याइएको छ। ‘नयाँ संविधान लेख्ने र घोषणा गर्ने प्रक्रियामा परित्यक्त समुदाय र वर्गको अपनत्व एवम् स्वामित्व स्थापित भएन। त्यसैको निरन्तरता स्वरूप आज समावेशी लोकतन्त्र र संघीय गणतन्त्र लोकतन्त्रजस्तो छैन’, घोषणापत्रमा भनिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

घोषणापत्रमा मुख्यगरी १० सवालमा सचेत नागरिकको हातेमालोको आह्वान गरिएको गरिएको छ। त्यहाँ विकासदेखि लोकतन्त्रलाई व्यवहारमा अनुभूति गर्ने सम्मका विषय समेटिएका छन्। ‘ऐतिहासिक विभेद र बहिस्करणको अन्त्य गर्न, साथै जात व्यवस्थाको दलनमा परेको समुदायको मुक्तिका लागि दलितलाई क्षतिपूर्तिसहितको न्याय सुनिश्चित गर्ने राजनीतिक प्रणाली कल्पना गरौँ। जात व्यवस्थाको समूल अन्त्य गर्ने प्रतिबद्धतासहितको अभियानमा सामेल होऔं’, घोषणापत्रमा भनिएको छ।

टुँडिखेलमा नागरिक दाबी
सभामा लेखक खगेन्द्र संग्रौलाले टुँडिखेलमा सेनाको उपस्थितिलाई नेपालका शासकहरुको बर्बरता र सहरको असभ्यताको प्रतीकको रुपमा चर्चा गरे।

‘आज हामीले टुँडिखेल नागरिकको हो भनेर उद्घोष गरेका छौं। टुँडिखेल नागरिकको हुनेछ। आज टुँडिखेलको ढोका हाम्रो लागि खोलिएन, ढोका सधैं बन्द रह्यो भने फोडिनेछ’, उनले भने, ‘यो नागरिकहरूले फोड्नै पर्दैन। सहरमा बसिरहेका सभ्य नागरिकले पार्क बनाउन, पुष्पबाटिका बनाउन, वृद्धवृद्धा आराम गर्न, मनोरञ्जन गर्ने र केटाकेटी खेल्ने ठाउँ बनाउन टुँडिखेल कब्जा गर्नेछन्। टुँडिखेललाई पार्कमा परिणत गरिनेछ।'

उनले टुँडिखेल नागरिकको भएकाले सेना त्यहाँबाट पन्छिनुपर्ने बताए। ‘पन्छिएन भने लखेटिनेछ’, उनको उद्घोष थियो।

त्यस्तै वाग्लेले अब नागरिकलाई मुक्त टुँडिखेल चाहिने बताए। ‘अब हामीलाई खुला लोकतन्त्र चाहिन्छ, अब हामीलाई आफ्नो पौरख र प्रतिभाको विकास चाहिन्छ, अब हामीलाई शीर उभ्याएर संसार नियाल्ने निर्भीक नागरिकतन्त्र चाहिन्छ,' उनको भनाइ थियो।

उनले खरीबोटलाई साक्षी राखेर नेपालमा पहिलोपल्ट प्रजातन्त्र घोषणा भएको चर्चा गर्दै अहिले खरीबोट मासिएको र प्रजातन्त्र भासिएको बताए। ‘न संस्कृतिसहितको प्रकृति रह्यो, न जनमतसहितको प्रजातन्त्र। न प्रकृति न प्रजातन्त्र। प्रजातन्त्रका नाममा सलामी चढ्न थाल्यो र हामी जनतालाई फेरि गराउन थाले गुलामी। ७० वर्षपछि हामी यहाँ उभिएर आज भन्छौं- अब नो सलामी, नो गुलामी’, उनको आह्वान थियो।

वाग्लेले नेपालको इतिहास भनेको जनताको संघर्ष र आन्दोलनहरूको इतिहास भएको बताए। जनताको बुई चढेर जो ठूला दरवारमा पुग्छन्, सलामी र गुलामीको चौघेराबाट लोकतन्त्रको टुँडिखेलमा कबाज खेल्न थाल्छन् भन्दै असन्तुष्टि जनाए। ‘टुँडिखेल मास्ने र मासिएको टुलुटुलु हेर्नेहरूले लोकतन्त्रको विराट अठोट मास्ने गर्छन्। संविधान मास्ने गर्छन्। संसद मास्ने गर्छन्। जनताका सपना मास्ने गर्छन्’, उनको भनाइ थियो।

लेखक सरिता तिवारीले आफू टुँडिखेलमा ठूलो मुडभेड हुने आकलनसहित कार्यक्रममा सहभागी भएको बताइन्। ‘सुरक्षाकर्मी साथीहरुको टाउकोमा हेलमेट छ। हातमा लाठी छ। हातमा बन्दुक छ’, उनले भनिन्, ‘तर, हाम्रो आवाज छ। हाम्रो मुठी छ। हामीले लोकतन्त्र जिन्दावाद भन्न जानेका हौं।’

अभियन्ता रिता साहले टुँडिखेल जनताको भएकाले त्यहाँ जनताले पस्न र बोल्न पाउनुपर्ने बताइन्। तर टुँडिखेल प्रवेशमा छेकबार लगाइएकोमा उनको असन्तुष्टि थियो।

यस्तो छ नागरिक घोषणापत्र
अधिकारसहित नागरिकहरू जागे। नागरिकहरू जागेकैले नेपाली नागरिकले आफ्नो भविष्यको फैसला आफैँ गर्ने व्यवस्थाको परिकल्पना गरे। २००७ सालमा प्रजातन्त्र ल्याए। तर, नागरिकहरूको परिकल्पनालाई सार्थक बनाउने उन्नत राजनीतिक व्यवस्थाको कल्पना गर्न वर्चश्वधारीहरू धेरै डराए। अझ डराउँछन्। २००७ सालयता जबजब यस्तो डर हाबी भयो प्रतिगमन मौलायो। लोकतन्त्रमा घात भइरह्यो।

अहिले नेपालमा जारी राजनीतिक गतिरोध त्यही हो। यसले स्वतन्त्रता र न्यायप्रेमी सम्पूर्ण नागरिकलाई मर्माहत तुल्याएको छ। कोरोना विश्वव्याधिको विषम परिस्थितिमा समेत जनताका आभारभूत सरोकारबाट राजनीतिक क्रियाकलापहरू विमुख रहे। दलहरू आन्तरिक कलह र शक्तिमोहमा फसे। संसदीय व्यवस्था, संवैधानिक अभ्यास र लोकतान्त्रिक मूल्यमान्यता संकटमा पारिए। यस्तो गतिरोधले नागरिक स्वतन्त्रता र सामाजिक न्यायको विपक्षमा निरङ्कुशतालाई बलियो बनाउने पक्का छ। त्यसैले आजको संकटग्रस्त राजनीतिलाई अग्रगामी दिशा दिने ऐतिहासिक कार्यभार अहिले नागरिकहरूको काँधमा आएको छ। यो कार्यभार पूरा गर्न आमजनताले समग्र राजनीतिक प्रक्रियामा नागरिक स्वामित्व स्थापित गर्नु अनिवार्य छ।

नेपाली समाज र राज्यलाई लोकतान्त्रिक बनाउने तथा सामाजिक न्याय स्थापित गर्ने संघर्षमा नागरिक आन्दोलनलाई बृहत्, सशक्त र सफल बनाउन सम्पूर्ण नागरिकले हातेमालो गरौँ।

२००७ सालमा आह्वान गरिएको विधानसभादेखि नै निरन्तर घातको इतिहास छिचोलेर जनआन्दोलन र जनसंघर्षको जगमा संविधानसभा हात लाग्यो। संविधानसभामार्फत ती परिकल्पनाहरू लोकतान्त्रिक गणतन्त्रको आकाङ्क्षामा समाहित भए। यसका पछाडि प्रमुख तीन आधार थिए :
•    एक– नेपाली समाजले जनताको सर्वोच्चता, स्वतन्त्रता र समतालाई सर्वोपरी मान्दै मुलुकको उन्नति, स्थायी शान्ति र नागरिकको लोकतान्त्रिक आकाङ्क्षालाई संस्थागत गर्नेछ। 
•    दुई– ऐतिहासिक रूपले नै जातजन्य, जातीय, लैङ्गिक, वर्गीय, क्षेत्रीय, भाषिक र धार्मिक आधारमा परित्यक्त समुदायले राष्ट्र–निर्माणको अभियानमा समान व्यवहार र सहभागिताको अवसर प्राप्त गर्नेछन्।
•    तीन– नेपाली राज्यलाई शताब्दीयौँदेखि आफ्नो मौजा बनाउँदै आएका राजनीतिक–सामाजिक शक्तिलाई पन्छाउँदै समावेशी चरित्रको राज्यव्यवस्था र संघीय शासनको जग बसाल्नेछ। 

मूलतः यी तीन सवाल निरूपण गर्ने प्रक्रियामा संविधानसभामार्फत लोकतान्त्रिक अभ्यास स्थापित हुन सकेन। दलहरूबीच सत्ता–स्वार्थकेन्द्रित मतभेद र आपसी कलह देखियो। नयाँ संविधान लेख्ने र घोषणा गर्ने प्रक्रियामा परित्यक्त समुदाय र वर्गको अपनत्व एवम् स्वामित्व स्थापित भएन। त्यसैको निरन्तरता स्वरूप आज समावेशी लोकतन्त्र र संघीय गणतन्त्र लोकतन्त्रजस्तो छैन।

सर्वसाधारणको आर्थिक–सांस्कृतिक रूपान्तरणको सवाल ओझेलमा पारिएको छ। नेपाली समाजको लोकतान्त्रीकरण र मानवकेन्द्रित एवं प्रकृतिमैत्री विकासलाई राजनीतिक दलहरूले पूर्णतः बेवास्ता गरिरहेका छन्। असुरक्षा, अभाव, अपहेलना, हिंसा र हत्याका घटनाले सार्वजनिक जीवनलाई समस्याग्रस्त तुल्याएको छ। कतै विगतका जनआन्दोलनहरूका उपलब्धि संस्थागत नभएको त होइन भन्ने भय सर्वत्र छाउँदै छ। त्यसैले विगतका जनआन्दोलन तथा जनसंघर्षका भावना र जनताको आकाङ्क्षाको कदर गर्दै लामो समयदेखि हुर्किरहेको प्रतिगमनको समूल अन्त्यका लागि संघर्ष गर्नुपर्ने समय आएको छ।

नागरिकहरूको काम राजनीतिक दलहरूलाई सहयोग, सुझाव र दबाब दिने मात्र होइन; जनताको सर्वोच्चता सुनिश्चित गर्नु हो। आवश्यक परेको समयमा जनताको सर्वोच्चता पुनःस्थापित गर्ने संघर्षलाई अघि बढाउनु हो। भागबण्डा, सङ्कीर्ण स्वार्थ र शक्ति आर्जनलाई नै सर्वोपरी ठान्ने दलतन्त्र मुलुकको समग्र उन्नतिको बाधक हो। सत्तालिप्सा र आपसी कलहमै केन्द्रित भएर मुलुकलाई बन्धक बनाउने अधिकार दलहरूलाई छैन। यस्तो दलतन्त्र नागरिकले खोजेका होइनन्।

आफ्नो भविष्यको आफैँ फैसला गर्न पाउने जनताको अधिकार सुनिश्चित गर्ने राजनीतिक वातावरण बनाउनु दलहरूको प्राथमिक कार्यभार हो। राज्य सञ्चालनको जिम्मा लिएका दलहरू आधारभूत काम गर्नबाट चुक्दा नागरिकहरूले समाजलाई अग्रगामी दिशानिर्देश गर्न लाग्नुपरेको छ। जनआन्दोलन र जनसंघर्षहरूमार्फत अभिव्यक्त लोकतान्त्रिक आकाङ्क्षा र जनादेशप्रति दलहरू उत्तरदायी नहुँदा प्रतिगमन मौलायो।

विगतदेखि मौलाइरहेको प्रतिगमनले लोकतान्त्रिक मूल्यमान्यतासहितको राजनीतिक संस्कार हुर्कन दिएन; संसद, संवैधानिक निकाय र राज्यका अंगलाई जनउत्तरदायी हुन दिएन। त्यसैले नागरिकहरूको आगामी काम दलहरूलाई जनादेशप्रति उत्तरदायी बनाउनु हो। आमूल परिवर्तनकारी आकाङ्क्षासहितको उन्नत लोकतन्त्र निर्माण गर्ने कार्यभार समाल्नु हो। आज उत्पन्न राजनीतिक तथा प्रणालीगत संकटबाट मुलुकलाई निकास दिन निरन्तर जागरणको अभियानमा होमिनु हो।

संघीय गणतन्त्रको पहिलो निर्वाचनबाट उदाएको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीमा सर्वसत्तावादी चिन्तन र व्यवहार हाबी भयो। ओली नेतृत्वको वर्तमान सरकारले जनताको मौलिक हकमा, संघीयताको आधारभूत सिद्धान्तमा, समानुपातिक समावेशीको अभ्यासमा, धार्मिक अधिकारको मर्ममा, राज्य संयन्त्रका अवयवहरूमा, संवैधानिक निकायहरूमा, सर्वसाधारणको स्वास्थ्य र शिक्षामा, किसान र श्रमिकका जीविकोपार्जनमा, हुँदाहुँदै जनताको ठूलो बलिदानी, संघर्ष र आन्दोलनहरूबाट प्राप्त व्यवस्थामा नै सर्वसत्तावादी प्रहार गर्‍यो। सरकारका यी प्रतिगामी कार्यले राजनीतिक गतिरोध र प्रणालीगत संकट मात्रै सिर्जना गरेन, मुलुकलाई अन्यौल र मुठभेडतर्फ धकेल्यो। बृहत् नागरिक आन्दोलनसँगै हातेमालो गर्दै रचनात्मक र सांस्कृतिक जागरुकता लागौँ। मुलुकलाई नयाँ दिशानिर्देश गरौँ। अग्रगामी परिवर्तनका लागि निम्न सवालमा केन्द्रित होऔँ:
•    २००७ सालको परिवर्तनयता लोकतन्त्रलाई जीवन्त बनाउने कार्यमा राजनीतिक दलहरूले संवैधानिक संस्कार आत्मसात् गर्न सकेनन्। जनताको सर्वोच्चता, स्वतन्त्रता, समता र सामाजिक न्यायका पक्षमा उठेका आधारभूत सवालहरूको न्यायोचित निरूपण भएन। सचेत नागरिकले आफ्नो समुदायको मात्र होइन्, ऐतिहासिक रूपमा परित्यक्त र विभेद भोगेका समुदायको अधिकार, अपनत्व, आत्मसम्मान र स्वामित्व सुनिश्चित हुने जीवन्त लोकतन्त्र खोजेका हुन्। लोकतन्त्रलाई अग्रगामी गति दिन संविधानलाई अध्यावधिक गर्ने, जननिर्वाचित संस्थाहरूलाई उत्तरदायी बनाउने र राज्य संयन्त्रलाई जवाफदेही बनाउने कार्यमा हातेमालो गरौँ।
•    सरकारको काम मौलिक हक प्रत्याभूत गर्नु हो। जनताको सर्वोच्चता र नागरिकका आवाजहरूसँग डराएर सञ्चारलाई नियन्त्रण गर्ने, फोन संवाद टेपिङ गर्ने, सामाजिक सञ्जालमा अङ्कुश लगाउने आदि कार्य गर्ने अधिकार सरकारसँग छैन। गाँस, बाँस, कपासलाई नजरअन्दाज गर्ने छुट सरकारलाई छैन। न त मातृभाषा र सांस्कृतिक अधिकारमा बन्देज लगाउने छुट छ। मौलिक हकलाई संकुचित बनाउने ऐन, नियम तत्काल खारेज गर्न निरङ्कुश चरित्रविरुद्धआवाज उठाऔँ। 
•    लोकतान्त्रिक राज्यमा कुनै पनि राजनीतिक दल वा नागरिक समूहले गर्ने शान्तिपूर्ण गतिविधिहरूमा निषेध र प्रतिबन्ध लगाउन पाइँदैन। राजनीतिक आस्था र फरक विचार राखेकै आधारमा कुनै दल, समूह वा अभियानप्रति राज्यले गर्ने निषेध, प्रतिबन्ध, दमन, धरपकड, थुनछेक र हत्या तत्काल बन्द हुनुपर्छ। लोकतन्त्र व्यवहारमा अनुभूत गर्न गोलबद्ध होऔँ।
•    लैङ्गिक भिन्नताकै आधारमा संस्थागत रूपमा यौनिक दुर्व्यवहार, बलात्कार, हिंसा र हत्या मौलाउने पितृसत्तात्मक राज्यमा लैङ्गिक समानता फगत झुटो वाचा प्रतीत हुन्छ। यस्तो सिलसिलाले बीभत्स र निर्लज्ज तवरमा गरिरहेको आपराधिक लैङ्गिक विभेदलाई निस्तेज गर्ने कानुनी राज्यमा मात्र लैङ्गिकमैत्री लोकतान्त्रिक व्यवस्थाको कल्पना गर्न सकिन्छ। फरक लिङ्गीहरूका अस्तित्वलाई आत्मसात गर्दा मात्र तिनका अधिकारलाई सुनिश्चित गर्ने आधार मिल्छ। महिला र अन्य यौनिक अल्पसंख्यकले आफ्नो स्वेच्छाले जीवनसाथी चुन्ने कार्यमा, सन्तानलाई पहिचान दिने सवालमा, सन्तानको अधिकारमा, सम्पत्तिको हकमा, हिंडडुल/आवागमन र प्रतिनिधित्वमा अङ्कुश लगाउने ऐन, कानुनको आधारमा लोकतान्त्रिक राज्य बन्दैन। लैङ्गिक असमानता बलियो बनाउने पितृसत्ता मात्र बन्छ। यस्तो असमानतालाई चुनौती दिऔँ। महिला र लैङ्गिक अल्पसंख्यकहरू समान नागरिक हुने, स्वतन्त्र जीवन बाँच्न पाउने र आफ्ना सन्तानको हकअधिकार सुनिश्चित गर्ने आन्दोलनमा एकताबद्ध होऔँ।
•    आदिवासी जनजातिमाथिको ऐतिहासिक उत्पीडन,राजनीतिक, आर्थिक, सांस्कृतिक र भाषिक शोषण यथावतै छ। संरचनागत विभेद आज पनि चरम छ। यी समस्याको अग्रगामी समाधानका लागि आधारभूत स्वतन्त्रता र न्यायको साथै वैयक्तिक र सामूहिक अधिकारहरू प्रत्याभूत गर्नुछ। आफ्ना भूक्षेत्रमा आदिवासी जनजातिहरूको पहिचानसहितको स्वशासनको आकाङ्क्षा पूरा गर्न र सम्पूर्ण विभेदको अन्त्यका लागि संकल्प गरौँ।
•    जात व्यवस्थामा आधारित राजनीतिक, आर्थिक र मावनताविरोधी सामाजिक–सांस्कृतिक शक्ति संरचनाका कारण दलित समुदायले शदियौँदेखि क्रुर र अमानवीय विभेद बेहोरिरहेको छ। जात व्यवस्था आफैँमा समग्र समाजको लोकतन्त्रीकरण र न्यायपूर्ण रूपान्तरणको बाधक बनेर खडा छ। यो ऐतिहासिक विभेद र बहिस्करणको अन्त्य गर्न, साथै जात व्यवस्थाको दलनमा परेको समुदायको मुक्तिका लागि दलितलाई क्षतिपूर्तिसहितको न्याय सुनिश्चित गर्ने राजनीतिक प्रणाली कल्पना गरौँ। जात व्यवस्थाको समूल अन्त्य गर्ने प्रतिबद्धतासहितको अभियानमा सामेल होऔँ।
•    लाखौं नेपाली नागरिक कामको खोजीमा आप्रवासनमा जान विवश छन्। लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै देशभित्रै इलम, मौलिक उद्यमको अवसर सिर्जना हुने सपना देखिरहेका आप्रवासी श्रमिकको ठूलो संख्या फेरि निराश भएको छ। खाडीलगायतका मुलुकमा संगठित हुने आधारभूत अधिकारबाट समेत वञ्चित रहेको यही समूहको रेमिट्यान्सबाट अर्थतन्त्रको ठूलो हिस्सा चलिरहेको छ। आप्रवासी श्रमिकहरूको हकअधिकार र मताधिकार सुनिश्चित गर्न नागरिक संघर्षलाई श्रम जीवनसँग जोडौँ।
•    सीप, शिल्प र स्थानीय ज्ञानको सम्मानसहित किसान र श्रमिक वर्गको हक सुरक्षित गर्न ज्ञानलाई श्रमसँग जोड्ने अभियानमा सामेल होऔं।
•    समृद्धिका नाममा मानव जीवनलाई पराश्रित बनाउने, प्रकृतिको दोहन गर्ने, सभ्यता र सांस्कृतिक धरोहरलाई अस्विकार गरी ध्वङ्स पार्ने, आदिवासीलाई थातथलोबाट विस्थापित गर्ने, मौलिक ज्ञान र कला सम्पदाहरूको विनाश गर्ने सरकारी सोच हाबी छ। यस्तो चिन्तनले मानवीय र प्राकृतिक संकट उत्पन्न गरिरहेको छ। मानवकेन्द्रित, प्रकृतिमैत्री र मौलिक सभ्यतामैत्री समृद्धिको नयाँ यात्राले मात्र जनताको आर्थिक स्वायत्तताको लागि आधार दिन्छ। समावेशी रोजगारका अवसर सिर्जना गर्छ। स्थानीय आवश्यकताको आधारमा विकासका वैकल्पिक खाकाहरू छान्ने अवसर दिन्छ। भूमि अधिकार, संस्कृति प्रवर्द्धन र सम्पदाको संरक्षणलाई उन्नत ढंगले रोजगारीसँग जोड्छ। आउनुहोस्, मानवकेन्द्रित र प्रकृतिमैत्री समृद्धिका लागि हामी सँगै उठौँ।
•    संघीयताको आधारभूत आकाङ्क्षा राज्य संरचनाको रूपान्तरण गर्दै शासकीय पद्धतिमा आमूल परिवर्तन ल्याउनु थियो। त्यस्तो शासकीय परिवर्तनले मुलुकको आर्थिक–राजनीतिक उन्नति, सांस्कृतिक र सामाजिक विविधताको न्यायोचित सम्बोधन, स्रोतसाधानको न्यायपूर्ण वितरण र संवैधानिक संस्कारको सम्मान गर्ने विश्वास थियो। तर, सामर्थ्य र पहिचानका आधारहरूलाई नजरअन्दाज गर्दा संघीयताले आदिवासी–जनजाति आन्दोलनलाई; मधेसी, मुस्लिम र थारुका संघर्षलाई; कर्णालीसहित भौगोलिक असमानतालाई अपेक्षाकृत सम्बोधन गरेन। संघीयताको नाममा हाबी एकात्मक चिन्तन र केन्द्रिकृत शासकीय सोचलाई चिर्न, आउनोस्, सँगै लडौँ।  
समग्र राजनीतिक प्रक्रियामा नागरिक स्वामित्व स्थापित नगरी आजको ऐतिहासिक कार्यभार पूरा हुँदैन। न त २००७ सालयता निरन्तर घात भोगिरहेको लोकतन्त्रले जीवन्तता पाउँछ। न त आमजनताले आफ्नो भाग्यको फैसला आफैँ गर्न पाउने राजनीतिक प्रक्रिया सुनिश्चित हुन्छ। आउनुहोस्, हामीमा निहित अधिकारसहित सम्पूर्ण नागरिकहरू जागौँ। मुलुकलाई नयाँ निकास दिऊँ। लोकतन्त्रलाई उन्नत बनाऔँ। बृहत् नागरिक आन्दोलनलाई सशक्तरूपमा जारी राख्दै नागरिक सर्वोच्चता स्थापित गरौँ।

२०७७ फागुन ७
 

प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  २२:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्