• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
प्रतिनिधि सभा विघटन

एमिकस गीताको राय : बहुमतको प्रधानमन्त्रीले विघटन गर्न झनै पाउँदैन

प्रधानमन्त्रीले नकारात्मक अधिकार प्रयोग गरी विघटन गरे
64x64
नेपाल लाइभ शुक्रबार, फागुन ७, २०७७  २२:०३
1140x725

काठमाडौं- प्रतिनिधि सभा विघटनको मुद्दामा राय दिँदै एमिकस क्युरीकी महिला सदस्य गीता पाठक (संग्रौला)ले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको नकारात्मक अधिकार प्रयोग गरेको भन्दै विघटन अवैधानिक भएको राय राखेकी छन्। संविधानलाई उन्नत र विकासतर्फ लैजान सकारात्मक कदम चाल्नुपर्ने प्रधानमन्त्रीले विघटन निर्णय गरी नकारात्मकतातर्फ लैजान जोड गरेको उनको तर्क थियो।

उनले बहुमतको प्रधानमन्त्रीले विघटन गर्न झन् नपाउने तर्क गर्दै विघटन अवैधानिक भएको राय सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेस गरिन्। ‘कि त विश्वासको मत प्राप्त गर्न नसकेको प्रधानमन्त्री हुन पर्‍यो, कि त कामचलाउ भएको प्रधानमन्त्री हुनु पर्‍यो। अनि मात्र विघटन गर्न पाउने कुरा संविधानमा छ,’ उनले भनिन्, ‘बहुमतको प्रधानमन्त्रीले मन लागेको बेला विघटन गर्न त झनै पाउँदैन।’ 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू एकल दलको ६४ प्रतिशत मतको प्रधानमन्त्री भएको र आफू नभएको अवस्थामा नयाँ सरकार बन्ने विकल्प नै बाँकी नरहेकाले विघटन गर्नुपरेको दाबी गर्दै आएका छन्। 

संविधानमा विघटन शब्द भए पनि त्यसको प्रक्रिया नमिलेको उनको भनाइ थियो। विघटनमा जान सरकार गठनको प्रक्रियामा जानुपर्ने उनको तर्क थियो।

बहुमतको प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न नपर्ने व्यवस्था भएकोले झन् बढी जिम्मेवार हुनुपर्ने उनको राय थियो। संविधानको धारा ७६ को उपधारा (५) अन्तर्गत बनेको सरकारलाई मात्र विघटनको अधिकार हुने तर प्रधानमन्त्री ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार बनेकाले उनलाई विघटनको अधिकार नहुने उनको राय थियो।

केपी शर्मा ओली धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बनेका भएपनि पछि दुई पार्टी एक भएर सोही धारा अन्तर्गतको उपधारा १ अनुसारको बहुमत प्राप्त दलको संसदीय दलको नेताको रुपमा चुनिएको मान्ने हो भने पनि उनलाई विघटन गर्न पाउने अधिकार नहुने उनको निष्कर्ष थियो।

संविधानले बहुमतको प्रधानमन्त्रीलाई झन् शक्तिशाली र सकारात्मक रुपमा यसको अभ्यास गर्न भन्ने तर्क उनको थियो। ‘संविधानमा विघटन शब्द परेर मात्र हुन्न। त्यसले कसरी विघटन गर्ने भन्ने पूर्वसर्त तोकेको छ। ती सर्त पनि अनिवार्य रुपमा पूरा गर्नुपर्ने हुन्छ,’ पाठकलले भनिन्, ‘२०४७ सालको संविधानको धारा ५३ मा विघटनको अधिकार प्रधानमन्त्रीलाई दिएको भएपनि अब पछि फर्किने कुरा हुँदैन। अहिलेको हाम्रो संविधानको मनशाय पनि त्यस्तो होइन।’

पाठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले २०४७ को संविधानको व्यवस्था नै राखिए झैँ धारा ७६ देखिन्छ नि हैन त भनी पटक-पटक सोधेको प्रश्नमा त्यसलाई नकार्दै विघटनको अधिकार हालका प्रधानमन्त्री ओलीलाई नभएको जवाफ दिएकी थिइन्। उनको यो जवाफपछि राणाले आफूले २०४७ र अहिलेको धारा ७६ को ७ मा के फरक छ भनेर मात्र सोधेको प्रष्ट पारेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

संविधानमा आँच आउने गरी कसैले पनि काम गर्न नहुने उनको तर्क थियो। शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास गर्ने मुलुकका विभिन्न अंगले अधिकार प्रयोग जहाँ जति पाएको छ त्यति नै गर्नुपर्ने उनको राय थियो।  

पाठकले संविधानमा उल्लेखित अवशिष्ट अधिकार संघ, प्रदेश र स्थानीय तहको अधिकार बाँडफाँटका विषयमा मात्र भएको तर्क गरिन्। प्रधानमन्त्रीका कानुन व्यवसायीहरूले संविधानमा अवशिष्ट अधिकार भएको भन्दै विघटनलाई सदर गर्न माग राखेका थिए।त्यसतर्फ संकेत गर्दै उनले अवशिष्ट अधिकार प्रधानमन्त्रीलाई नहुने जवाफ दिएकी हुन्। अब अदालतले संसदलाई न्याय गर्नुपर्ने उनको राय थियो।  

कोमामा संविधान 
पाठकले संविधान बिरामी परेर कोमामा गएको मात्र नभएर नेपाली नागरिक नै कोमामा गएको बताएकी थिइन्। यो मुद्दामा सुनुवाइका क्रममा बिरामी र कोमाका कुरा उठेकाले संविधानमा मात्र नभएर नागरिकलाई नै कोमामा पुर्‍याइएको तर्क उनले गरेकी थिइन्। 

‘यस इजलासमा संविधान बिरामी छ। कोमामा छ भन्ने कुरा उठ्यो,' उनले भनिन्, ‘यदि त्यसो हो भने, हामी सबै बिरामी छौं। हामी सबै कोमामा छौं। हामीलाई सास फेर्न गाह्रो हुन्थ्यो।’

Xtrem

Xtrem

यसपछि न्यायाधीश सपना प्रधान मल्लले संविधान र त्यसका धाराले हामीलाई अक्सिजन दिन्थे त भनी जिज्ञासा राखेकी थिइन्। 

सरकारका तर्फबाट बहस गरेका नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरेले बिरामी संविधानलाई उपचार गर्नका लागि विघटन सदर गर्नुपर्ने तर्क राखेका थिए। उनले संविधानले काम गर्न सकेन भने त्यसको नकारात्मक परिणाम र प्रभाव भोग्नुपर्छ भन्दै संविधान बिरामी परेको दाबी गरेका थिए। त्यसको जवाफमा एमिकस पाठकले संविधान नै बिरामी पार्ने कदम संवैधानिक भन्न नमिल्ने बहस गरिन्। वरिष्ठ अधिवक्ता पाठकले झन्डै सवा २ घन्टामा आफ्ना राय दिएकी थिइन्। 

000

यसअघि बहस गरेका ४ वटा एमिकस क्युरीमध्ये सतीशकृष्ण खरेल, पूर्णमान शाक्यले प्रधानमन्त्रीले गरेको विघटन असंवैधानिक भएको भन्दै बदर हुनपर्ने राय दिएका थिए। एमिकस वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधानमा विघटनको स्पष्ट अधिकार नभएकाले विघटनलाई संवैधानिक मान्न नसकिने तर्क गरेका थिए। विघटन गर्दा प्रधानमन्त्रीको मनसाय हेर्नुपर्ने राय उनको थियो।

एमिकस क्युरीका तर्फबाट प्रधानमन्त्रीको पक्षमा विजयकान्त मैनालीले मात्र तर्क गरेका थिए। उनले संंसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई विघटनको अधिकार हुने राय दिएका थिए। 

प्रतिनिधि सभा विघटनको मुद्दामा एमिकस क्युरीका पाँचै सदस्यको राय पेस गर्ने प्रक्रिया पनि शुक्रबार पूरा भएको छ। संवैधानिक इजलासले अर्को पेसी फागुन १२ गतेलाई तोकिएको छ।

इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका अनुसार यो मुद्दामा ११ गते सरकारी वकिलहरूले बहस नोट पेस गर्ने छन्। १२ गतेपछि इजलासले जहिले पनि फैसला सुनाउन सक्ने राणाको भनाइ छ।

निवेदक, सरकारी, प्रधानमन्त्री ओली, सभामुख पक्षको बहस र एमिकसको रायपछि निवेदकहरूले फैसलाका लागि कहिले मिति तोकिन्छ भनी जिज्ञासा राखेका थिए। उनीहरुको जिज्ञासामा राणाले मुद्दा 'हेर्दाहेर्दै'मा रहेको र अध्ययनपछि जुनसुकै दिन पनि फैसला हुन सक्ने इजलासमा सुनाएका थिए।

प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  २२:०३
  • #प्रतिनिधिसभाविघटन
  • #एमिकसक्युरी
  • #गीता_पाठक_संग्रौला

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक कांग्रेसको १५औँ महाधिवेशनका लागि ७ हजार २ सय ५५ जना अन्तिम मतदाता कायम भएका छन् । मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल रास्वपा धादिङले मंगलबार धादिङबेसीमा आयोजना गरेको अभियान शुभारम्भ कार्यक्रममा उनले निर्वाचनका बेला मात्रै जनताको घरदैलोमा पुग्ने राजन... मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध उपसभापति महिलातर्फ भुसालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन्। मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्