• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

‘आन्दोलनले प्रणाली त बनायो, तर नागरिकको जीवन रूपान्तरण भएन’ 

64x64
पुष्पा केसी शुक्रबार, फागुन ७, २०७७  १९:५८
1140x725

काठमाडौं- ‘कुनै पनि आन्दोलन वा विद्रोहको दुईवटा मिसन हुन्छ। पहिलो, नयाँ प्रणाली स्थापना गर्ने लक्ष्यप्राप्तिका लागि। दोस्रो, त्यसरी प्राप्त भइसकेका उपलब्धि गुमेको अवस्थामा त्यसलाई फिर्ता ल्याउनका लागि। २००७ साल हुँदै २०४६ र २०६२/६३ को आन्दोलन नयाँ प्रणाली स्थापनाका लागि थियो,' प्रजातन्त्र दिवस, ७ फागुनको सेरोफेरोमा कुरा गर्नेक्रममा जनस्वास्थ्यविद् डा. शरद वन्तले सुनाए, ‘अहिले भइरहेको आन्दोलन देशले प्राप्त गरेका उपलब्धि र स्थापित प्रणाली गुम्ने खतरा देखिएकाले त्यसलाई फिर्ता गरेर पुनर्स्थापना गर्नमा केन्द्रित छ। तर, पुनर्स्थापना नै अन्तिम लक्ष्य होइन, यो रुपान्तरणको प्रस्थान विन्दु मात्र हो।’

२०४६ सालको आन्दोलन होस् या २०६२/६३ को, डा. वन्तको सहभागिता कहिल्यै टुटेन। नयाँ व्यवस्था प्राप्तिको आन्दोलनमा लागेर उनले जेलनेल भोगे। र त अहिले पनि आन्दोलनमै छन्। तर, अहिलेको आन्दोलनको माग भने विगतको भन्दा फरक छ। 

अहिलेको आन्दोलनले प्रणालीका रुपमा संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशीता बाहेक अन्य विकल्प नखोजेको वन्त बताउँछन्। यी २०६२/६३ कै आन्दोलनले प्राप्त गरेका उपलब्धि हुन्।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेसँगै ती उपलब्धि गुम्ने खतरा देखिएपछि त्यसलाई जोगाउन डा. वन्त फेरि सडकमा ओर्लिएका छन्। जनताले संघर्षबाट स्थापित गरेको प्रणाली जोगियो भने त्यसपछि आम जीवनलाई रुपान्तरण गर्ने अन्य प्रक्रिया अगाडि बढ्ने उनको विश्वास छ। 

त्यो आन्दोलन, यो आन्दोलन
अधिकार प्राप्तिका लागि भएका विगतका आन्दोलनमा नागरिक असन्तुष्टि व्यवस्थासँग थियो। आन्दोलनमा उठेका मागबारे आन्दोलनकारी स्वयं प्रष्ट थिए। जस्तो कि, २०४६ सालको आन्दोलनमा होमिएकाहरुको उद्धेश्य स्पष्ट थियो– निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्रको पुनर्बहाली।   
आन्दोलनले लक्ष्य प्राप्त गरेरै छाड्यो। समयक्रममा ती उपलब्धि खोस्ने प्रयत्न भयो। र, फेरि उठ्यो– २०६२/६३ को आन्दोलन। २०६२/६३ को आन्दोलनले पनि स्पष्ट उदेश्य बोकेको थियो। गणतन्त्र, संघीयता आदी त्यसका गन्तव्यका रुपमा अघि सारिएका थिए।

उनी न्यूरोडको भूमिगत क्लिनिकमा खटिएका थिए। अघोषित कर्फ्यूका कारण बाहिर निस्कन सक्ने अवस्था थिएन। त्यसैले कतिपय घाइतेलाई सेवा दिन नसकेको उनलाई सम्झना छ। 

आन्दोलनको निश्चित लक्ष्य हुन्छ। प्रायः पुग्ने गन्तव्य हुन्छ। २०४६ सालको आन्दोलनको लक्ष्य नै बहुदलीय प्रजातन्त्रको पुनर्बहाली थियो। आन्दोलनमा सामेल राजनीतिक दलदेखि नागरिकसम्मले त्यसबेला गणतन्त्रको परिकल्पना गरेका थिएनन्। परिकल्पना राजतन्त्रकै थियो, तर राजा पनि संविधानभन्दा माथि हुनुहुन्न, संविधान अन्तर्गत नै राजा रहनुपर्छ भन्ने आन्दोलनको दिशावोध थियो। बहुदलीय प्रजातन्त्रको बहालीपछि नागरिकले चाहेको समाज र जीवनको रुपान्तरण थियो। तर, त्यसअनुसार भयो त?  

डा. वन्त आन्दोलनले रुपान्तरणका लागि प्रस्थानविन्दु स्थापना गरिदिने, वातावरण सिर्जना गर्ने र त्यसपछिका परिवर्तन आन्दोलन आफैले ल्याउन नसक्ने बताउँछन्।  हामीकहाँ भएका प्रत्येक आन्दोलनले रुपान्तरणको प्रस्थानविन्दू स्थापना गरेको उल्लेख गर्दै उनले भने, ‘हरेक परिवर्तनको लक्ष्य भनेकै जीवनलाई रुपान्तरण गर्ने हो। अहिलेसम्म भएका आन्दोलनले नागरिकको जीवन रुपान्तरण गरे कि गरेनन्, अब ढिलो नगरी हेर्नुपर्ने कुरा यही हो।’  

Ncell 2
Ncell 2
nimb
nimb

२०४६ सालको आन्दोलनमा डा. वन्त नागरिक मात्र होइन, पेसाकर्मीका रुपमा समेत सहभागी थिए।

‘त्यतिबेला आन्दोलनको उद्देश्यमा हामी सहमत थियौं, पेशाकर्मी पनि आन्दोलनलाई कसरीसघाउन सकिन्छ भन्नेमा एकमत थिए। कुनै मुठभेड वा भिडन्तबाट घाइतेको उपचारका लागि आकस्मिक सेवा दिनसक्ने भएकाले चिकित्सकहरुले त्यसरी पनि आन्दोलनलाई सहयोग गर्‍यौं,' डा. वन्त सम्झन्छन्, ‘२०४६ साल फागुन ७ गते आन्दोलनको घोषणा भइसकेको थियो। सरकारी तहबाट प्रजातन्त्र दिवसका अवसरमा र्‍यालीको आयोजना हुन्थ्यो। आन्दोलनकारीको भने र्‍याली विथोल्ने र आन्दोलनको सुरुवात गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो। त्यसमा मुठभेड हुनसक्ने आशंका थियो। मुठभेडमा घाइतेको उपचार र सहयोग कसरी गर्न सकिन्छ भन्नेबारे स्वास्थ्यकर्मी र चिकित्सकहरु खटिएका थिए। त्यतिबेला हामीले भूमिगत क्लिनिक सञ्चालन गरेका थियौं।’

उनी न्यूरोडको भूमिगत क्लिनिकमा खटिएका थिए। अघोषित कर्फ्यूका कारण बाहिर निस्कन सक्ने अवस्था थिएन। त्यसैले कतिपय घाइतेलाई सेवा दिन नसकेको उनलाई सम्झना छ। 

चिकित्सकहरुले त्यसबेला राज्यसत्तालाई ठूलै चुनौती दिए। प्रदर्शन चर्किएपछि आन्दोलनकारीमाथि सुरक्षकर्मीले निर्मम गोली प्रहार गरियो। बाहिर त्यो प्लास्टिकको गोली हो भन्ने प्रचार गरिएको थियो, तर चिकित्सकहरुलाई त्यसमा शंका लाग्यो। ‘आन्दोलनकारीलाई तितरबितर पार्न मात्रै प्रयोग गरिएको प्लाष्टिकको गोलीले त्यति धेरै असर पुर्‍याउँदैन् भन्ने हामीलाई लाग्यो,' वन्त भन्छन्, ‘चोटपटकको अवस्था हेर्दा प्लाष्टिकको गोली होइन भन्ने लागेर चिकित्सकहरुले त्यसको छानबिन गरे र त्यो गोली प्लास्टिकको नभई घातक रहेको देखिएपछि बाहिर पनि सूचना संप्रेषण गर्‍यौं। त्यसपछि आन्दोलनकारीलाई सचेत र सरकारलाई खबरदारी गर्नमा निरन्तर लाग्यौं।’ 

२०६२/६३ को आन्दोलनमा त्यसबेलाका संसदवादी सात राजनीतिक दलसँगै सशस्त्र विद्रोहमा रहेको माओवादी पनि सामेल थियो। त्यही आन्दोलनको बलमा देशले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतासम्म पुग्ने संसद पुनर्स्थापनाको मार्ग प्राप्त गरेको थियो। डा.वन्त अहिले आन्दोलनमा आएका शक्तिहरुमा भने स्पष्ट मार्गदर्शन देख्दैनन्। त्यसैले पनि एकिकृत आन्दोलन हुन नसकेको उनको निचोड छ।

हुन पनि एकातिर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एउटा पक्ष आन्दोलनमै छ। अर्कोतिर नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक समाज पनि सडकमै छन्। सबैले यतिबेला प्रधानमन्त्री ओलीको कदमलाई प्रतिगमन भनेर बिरोध त गरिरहेका छन्, तर, प्रतिगमनविरुद्धको निकास के हो भन्नेबारे उनीहरु प्रष्ट छैनन्। डा. वन्तलाई पनि लाग्छ, स्पष्ट उद्देश्य नभएकै कारण यी सबै शक्ति एक ठाउँ आउन नसकेका हुन्। ‘के प्रतिनिधि सभा पुनर्स्थापना मात्रै अहिलेको संकटको निकासस हो? त्यसो हो भने विघटनलाई सर्वोच्च अदालतले सदर गरिदियो भने नि? त्यसपछि निर्वाचन भयो वा भएन भने के हुन्छ?,' वन्तको प्रश्न छ।

डा. वन्त जनस्वास्थ्यका विषयमा निरन्तर खबरदारी गरिरहन्छन्। तर, त्यसको चुरो राजनीति नै रहेकाले उनी त्यसमा प्रश्न गर्न कहिल्यै हिच्किचाउँदैनन्।

पहिलेका आन्दोलन र अहिलेको आन्दोलनमा उनले देखेको फरक पनि यही हो। अहिले आन्दोलित नागरिकमा देखिएको असन्तुष्टि र आक्रोश प्रतिनिधि सभासँग मात्रै नजोडिएको उनको मत छ। ‘विगतदेखि नै जम्मा भएको असन्तुष्टि अहिले पोखिएको हो। प्रतिनिधि सभा विघटन त्यो प्रकट हुने तत्कालीन कारण बन्यो। यसभित्र विगतका थुप्रै असन्तुष्टिहरु अभिव्यक्ति भएका छन्।’ 

विगतमा प्रायः दलसँग आवद्ध कार्यकर्ता आन्दोलनमा हुन्थे। अहिलेको आन्दोलनमा ठूलो संख्यामा स्वतन्त्र नागरिक सहभागी छन्। यसलाई हिजोको तुलनामा नागरिक अहिले बढी सचेत रहेको मान्ने डा. वन्त भन्छन्, ‘नागरिकको यो असन्तुष्टि र आक्रोश संसद पुनर्स्थापना, निर्वाचन वा अर्को सरकारको गठनसम्म मात्रै सिमित छ जस्तो लाग्दैन। राजनीतिले एउटा बाटो समात्दैमा यो आन्दोलन रोकिन्छ भन्ने पनि लाग्दैन।’

राजनीति र पेशाकर्मीको साइनो
डा. वन्त जनस्वास्थ्यका विषयमा निरन्तर खबरदारी गरिरहन्छन्। तर, त्यसको चुरो राजनीति नै रहेकाले उनी त्यसमा प्रश्न गर्न कहिल्यै हिच्किचाउँदैनन्। यसले गर्दा उनले राजनीतिक विषयमा टिकाटिप्पणी गरेको आरोप लाग्ने गर्छ। यसै पनि राजनीतिक विषयमा टिप्पणी गर्दा पेशाकर्मीहरुले अनेक प्रश्नको सामना गर्नुपर्छ नै। हामीले डा. वन्तलाई नै सोध्यौं, ‘पेशाकर्मी भएर राजनीतिक विषयमा किन टिकाटिप्पणी गरिरहनुहुन्छ?’ 

यसमा डा.वन्त भने प्रष्ट छन्। ‘समाजका विभिन्न तप्कामा संलग्न कुनै नागरिक वा पेशाकर्मी राजनीति भन्दा छुट्टै बस्न सम्भव हुँदैन। किनभने नागरिकका हरेक गतिविधि राजनीतिबाट प्रभावित भइरहेका हुन्छन्। राजनीतिप्रति सतर्क, संवेदनशील र जागरुक हुनु प्रत्येक नागरिकको दायित्व नै हो,' उनी भन्छन्, 'राजनीतिप्रति संवेदनशील हुनु र दलगत हुनु भने फरक विषय हो। म आफै जनस्वास्थ्यको अभियन्ता भएकाले आफूलाई राजनीतिबाट धेरै नजिक देख्छु। मैले उठाउँने मुद्दा स्वास्थ्यमा समानता, नागरिकको हक र सामाजिक न्यायको विषय हो। जब समानता र न्यायको कुरा आउँछ, त्यो राजनीति भन्दा फरक हुनै सक्दैन।’

प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  १९:५८
  • #प्रजातन्त्रका_७_दशक

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा केसी
केसी नेपाल लाइभकी वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
आफ्नै शिक्षक शुक्रराजलाई फाँसी दिइएपछि बागी बनेका नूतन
हिन्दू राष्ट्रको माग : संविधानको अभिभावक दाबी गर्ने कांग्रेसमा सिर्जित विरोधाभास
संसद् पुगे पनि माइतीघर मण्डला सम्झिरहन्छन् सन्तोष परियार
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
रसुवा जोड्ने वैकल्पिक मार्गमा यात्रुलाई सास्ती राजमार्ग क्षतिग्रस्त बनेसँगै स्थानीय बासिन्दाले यातायात पहुँच कायम राख्न वैकल्पिक मार्ग निर्माण तथा सञ्चालनमा ल्याउने प्रयास गरिरहेक... बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
‘काठमाडौं बिग्रिन थालेको ५० वर्ष भइसक्यो, अहिले केही राम्रा काम भएका छन्’-हरिवंश आचार्य आइतबार, भदौ २८, २०८३
ओली हटाउने र नहटाउने किचलोबीच एमाले पुनर्गठन कार्यदलको बैठक काभ्रेको रिसोर्टमा जारी आइतबार, भदौ २८, २०८३
वाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार आइतबार, भदौ २८, २०८३
सुनचाँदीको मूल्य बढ्यो आइतबार, भदौ २८, २०८३
सानीभेरीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, नौ घाइते आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्