काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरेकी छन्। यसअघिका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै राष्ट्रपति भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालयले प्रदेश २ प्रमुख परियारलाई पदमुक्त गरिएको र झालाई नियुक्त गरिएको छुट्टाछुट्टै विज्ञप्तिमार्फत् जानकारी दिएकी हुन्।
मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार झालाई प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यलयले जनाएको छ।
'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री राजेश झा, रौतहटलाई प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ,' राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
राजेश अहिराजका नामले चिनिने झा सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा खुलेर बहस गरिरहन्थे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।