काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालयले प्रदेश २ प्रमुख परियारलाई पदमुक्त गरिएको जानकारी दिएको हो।
मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार उनलाई हटाइएको राष्ट्रपतिको कार्यलयले जनाएको छ।
'राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश नं. २ का प्रदेश प्रमुख श्री तिलक परियारलाई पदमुक्त गर्नुभएको छ,' राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
२०७६ कात्तिक १८ गते उनी प्रदेश प्रमुखमा नियुक्त भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।