• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

'बृहत् नागरिक आन्दोलन'को नागरिक घोषणापत्र सार्वजनिक

यस्तो छ घोषणापत्रको पूर्णपाठ
64x64
नेपाल लाइभ शुक्रबार, फागुन ७, २०७७  १५:४०
1140x725

काठमाडौं- 'बृहत् नागरिक आन्दोलन'ले शुक्रबार टुँडिखेलबाट नागरिक घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार दिउँसो टुँडिखेल मार्चपछि आयोजित सभामार्फत घोषणापत्र सार्वजनिक गरिएको हो। अभियन्ता जेबी विश्वकर्माले घोषणापत्र वाचन गरी सार्वजनिक गरेका हुन्।

रत्नपार्कस्थित शंखधर पार्कमा जम्मा भएका अभियन्ताहरू टुँडिखेल पुगेर सभा आयोजना गरेका थिए। 

'१०४ वर्षे राणा शासनको अन्त्य गर्दै २००७ साल फागुन ७ गते टुँडिखेलबाट प्रजातन्त्रको घोषणा गरिएको थियो। तर, अहिले टुँडिखेल नेपाली सेनाको कब्जामा छ। त्यो टुँडिखेल नागरिकको हो र नागरिककै स्वामित्वमा आउनुपर्छ' भन्ने सन्देशसहित शुक्रबार 'टुँडिखेल मार्च' को आयोजना गरिएको हो।

'टुँडिखेल अब बन्दुकको मौजा हुनुहुँदैन', 'शासकीय कर्मकाण्डको किल्ला हुनुहुँदैन', 'टुँडिखेल अब मुक्त हुनुपर्छ' भन्ने 'बृहत नागरिक आन्दोलन'को भनाइ छ।

प्रस्तुत छ, नागरिक घाेषणापत्रकाे पूर्णपाठ
अधिकारसहित नागरिकहरू जागे। नागरिकहरू जागेकैले नेपाली नागरिकले आफ्नो भविष्यको फैसला आफैँँ गर्ने व्यवस्थाको परिकल्पना गरे। २००७ सालमा प्रजातन्त्र ल्याए। तर, नागरिकहरूको परिकल्पनालाई सार्थक बनाउने उन्नत राजनीतिक व्यवस्थाको कल्पना गर्न वर्चश्वधारीहरू धेरै डराए। अझ डराउँछन्। २००७ सालयता जबजब यस्तो डर हाबी भयो प्रतिगमन मौलायो। लोकतन्त्रमा घात भइरह्यो।

अहिले नेपालमा जारी राजनीतिक गतिरोध त्यही हो। यसले स्वतन्त्रता र न्यायप्रेमी सम्पूर्ण नागरिकलाई मर्माहत तुल्याएको छ। कोरोना विश्वव्याधिको विषम परिस्थितिमा समेत जनताका आभारभूत सरोकारबाट राजनीतिक क्रियाकलापहरू विमुख रहे। दलहरू आन्तरिक कलह र शक्तिमोहमा फसे। संसदीय व्यवस्था, संवैधानिक अभ्यास र लोकतान्त्रिक मूल्यमान्यता संकटमा पारिए। यस्तो गतिरोधले नागरिक स्वतन्त्रता र सामाजिक न्यायको विपक्षमा निरङ्कुशतालाई बलियो बनाउने पक्का छ। त्यसैले आजको संकटग्रस्त राजनीतिलाई अग्रगामी दिशा दिने ऐतिहासिक कार्यभार अहिले नागरिकहरूको काँधमा आएको छ। यो कार्यभार पूरा गर्न आमजनताले समग्र राजनीतिक प्रक्रियामा नागरिक स्वामित्व स्थापित गर्नु अनिवार्य छ।

नेपाली समाज र राज्यलाई लोकतान्त्रिक बनाउने तथा सामाजिक न्याय स्थापित गर्ने संघर्षमा नागरिक आन्दोलनलाई बृहत्, सशक्त र सफल बनाउन सम्पूर्ण नागरिकले हातेमालो गरौँ। 

२००७ सालमा आह्वान गरिएको विधानसभादेखि नै निरन्तर घातको इतिहास छिचोलेर जनआन्दोलन र जनसंघर्षको जगमा संविधानसभा हात लाग्यो। संविधानसभामार्फत ती परिकल्पनाहरू लोकतान्त्रिक गणतन्त्रको आकाङ्क्षामा समाहित भए। यसका पछाडि प्रमुख तीन आधार थिए :

Ncell 2
Ncell 2
nimb
nimb
  • एक– नेपाली समाजले जनताको सर्वोच्चता, स्वतन्त्रता र समतालाई सर्वोपरी मान्दै मुलुकको उन्नति, स्थायी शान्ति र नागरिकको लोकतान्त्रिक आकाङ्क्षालाई संस्थागत गर्नेछ। 
  • दुई– ऐतिहासिक रूपले नै जातजन्य, जातीय, लैङ्गिक, वर्गीय, क्षेत्रीय, भाषिक र धार्मिक आधारमा परित्यक्त समुदायले राष्ट्र–निर्माणको अभियानमा समान व्यवहार र सहभागिताको अवसर प्राप्त गर्नेछन्।
  • तीन– नेपाली राज्यलाई शताब्दीयौँदेखि आफ्नो मौजा बनाउँदै आएका राजनीतिक–सामाजिक शक्तिलाई पन्छाउँदै समावेशी चरित्रको राज्यव्यवस्था र संघीय शासनको जग बसाल्नेछ। 

मूलतः यी तीन सवाल निरूपण गर्ने प्रक्रियामा संविधानसभामार्फत लोकतान्त्रिक अभ्यास स्थापित हुन सकेन। दलहरूबीच सत्ता–स्वार्थकेन्द्रित मतभेद र आपसी कलह देखियो। नयाँ संविधान लेख्ने र घोषणा गर्ने प्रक्रियामा परित्यक्त समुदाय र वर्गको अपनत्व एवम् स्वामित्व स्थापित भएन। त्यसैको निरन्तरता स्वरूप आज समावेशी लोकतन्त्र र संघीय गणतन्त्र लोकतन्त्रजस्तो छैन।

सर्वसाधारणको आर्थिक–सांस्कृतिक रूपान्तरणको सवाल ओझेलमा पारिएको छ। नेपाली समाजको लोकतान्त्रीकरण र मानवकेन्द्रित एवं प्रकृतिमैत्री विकासलाई राजनीतिक दलहरूले पूर्णतः बेवास्ता गरिरहेका छन्। असुरक्षा, अभाव, अपहेलना, हिंसा र हत्याका घटनाले सार्वजनिक जीवनलाई समस्याग्रस्त तुल्याएको छ। कतै विगतका जनआन्दोलनहरूका उपलब्धि संस्थागत नभएको त होइन भन्ने भय सर्वत्र छाउँदै छ। त्यसैले विगतका जनआन्दोलन तथा जनसंघर्षका भावना र जनताको आकाङ्क्षाको कदर गर्दै लामो समयदेखि हुर्किरहेको प्रतिगमनको समूल अन्त्यका लागि संघर्ष गर्नुपर्ने समय आएको छ।

नागरिकहरूको काम राजनीतिक दलहरूलाई सहयोग, सुझाव र दबाब दिने मात्र होइन; जनताको सर्वोच्चता सुनिश्चित गर्नु हो। आवश्यक परेको समयमा जनताको सर्वोच्चता पुनःस्थापित गर्ने संघर्षलाई अघि बढाउनु हो । भागबण्डा, सङ्कीर्ण स्वार्थ र शक्ति आर्जनलाई नै सर्वोपरी ठान्ने दलतन्त्र मुलुकको समग्र उन्नतिको बाधक हो। सत्तालिप्सा र आपसी कलहमै केन्द्रित भएर मुलुकलाई बन्धक बनाउने अधिकार दलहरूलाई छैन। यस्तो दलतन्त्र नागरिकले खोजेका होइनन्।

आफ्नो भविष्यको आफैँ फैसला गर्न पाउने जनताको अधिकार सुनिश्चित गर्ने राजनीतिक वातावरण बनाउनु दलहरूको प्राथमिक कार्यभार हो। राज्य सञ्चालनको जिम्मा लिएका दलहरू आधारभूत काम गर्नबाट चुक्दा नागरिकहरूले समाजलाई अग्रगामी दिशानिर्देश गर्न लाग्नुपरेको छ। जनआन्दोलन र जनसंघर्षहरूमार्फत अभिव्यक्त लोकतान्त्रिक आकाङ्क्षा र जनादेशप्रति दलहरू उत्तरदायी नहुँदा प्रतिगमन मौलायो।

Xtrem

Xtrem

विगतदेखि मौलाइरहेको प्रतिगमनले लोकतान्त्रिक मूल्यमान्यतासहितको राजनीतिक संस्कार हुर्कन दिएन; संसद, संवैधानिक निकाय र राज्यका अंगलाई जनउत्तरदायी हुन दिएन। त्यसैले नागरिकहरूको आगामी काम दलहरूलाई जनादेशप्रति उत्तरदायी बनाउनु हो। आमूल परिवर्तनकारी आकाङ्क्षासहितको उन्नत लोकतन्त्र निर्माण गर्ने कार्यभार समाल्नु हो। आज उत्पन्न राजनीतिक तथा प्रणालीगत संकटबाट मुलुकलाई निकास दिन निरन्तर जागरणको अभियानमा होमिनु हो।  

संघीय गणतन्त्रको पहिलो निर्वाचनबाट उदाएको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीमा सर्वसत्तावादी चिन्तन र व्यवहार हाबी भयो। ओली नेतृत्वको वर्तमान सरकारले जनताको मौलिक हकमा, संघीयताको आधारभूत सिद्धान्तमा, समानुपातिक समावेशीको अभ्यासमा, धार्मिक अधिकारको मर्ममा, राज्य संयन्त्रका अवयवहरूमा, संवैधानिक निकायहरूमा, सर्वसाधारणको स्वास्थ्य र शिक्षामा, किसान र श्रमिकका जीविकोपार्जनमा, हुँदाहुँदै जनताको ठूलो बलिदानी, संघर्ष र आन्दोलनहरूबाट प्राप्त व्यवस्थामा नै सर्वसत्तावादी प्रहार गर्‍याे। सरकारका यी प्रतिगामी कार्यले राजनीतिक गतिरोध र प्रणालीगत संकट मात्रै सिर्जना गरेन, मुलुकलाई अन्यौल र मुठभेडतर्फ धकेल्यो। बृहत् नागरिक आन्दोलनसँगै हातेमालो गर्दै रचनात्मक र सांस्कृतिक जागरुकता लागौँ। मुलुकलाई नयाँ दिशानिर्देश गरौँ। अग्रगामी परिवर्तनका लागि निम्न सवालमा केन्द्रित होऔँ ः

  • २००७ सालको परिवर्तनयता लोकतन्त्रलाई जीवन्त बनाउने कार्यमा राजनीतिक दलहरूले संवैधानिक संस्कार आत्मसात् गर्न सकेनन्। जनताको सर्वोच्चता, स्वतन्त्रता, समता र सामाजिक न्यायका पक्षमा उठेका आधारभूत सवालहरूको न्यायोचित निरूपण भएन। सचेत नागरिकले आफ्नो समुदायको मात्र होइन्, ऐतिहासिक रूपमा परित्यक्त र विभेद भोगेका समुदायको अधिकार, अपनत्व, आत्मसम्मान र स्वामित्व सुनिश्चित हुने जीवन्त लोकतन्त्र खोजेका हुन्। लोकतन्त्रलाई अग्रगामी गति दिन संविधानलाई अध्यावधिक गर्ने, जननिर्वाचित संस्थाहरूलाई उत्तरदायी बनाउने र राज्य संयन्त्रलाई जवाफदेही बनाउने कार्यमा हातेमालो गरौँ।
  • सरकारको काम मौलिक हक प्रत्याभूत गर्नु हो। जनताको सर्वोच्चता र नागरिकका आवाजहरूसँग डराएर सञ्चारलाई नियन्त्रण गर्ने, फोन संवाद टेपिङ गर्ने, सामाजिक सञ्जालमा अङ्कुश लगाउने आदि कार्य गर्ने अधिकार सरकारसँग छैन। गाँस, बाँस, कपासलाई नजरअन्दाज गर्ने छुट सरकारलाई छैन। न त मातृभाषा र सांस्कृतिक अधिकारमा बन्देज लगाउने छुट छ। मौलिक हकलाई संकुचित बनाउने ऐन, नियम तत्काल खारेज गर्न निरङ्कुश चरित्रविरुद्धआवाज उठाऔँ। 
  • लोकतान्त्रिक राज्यमा कुनै पनि राजनीतिक दल वा नागरिक समूहले गर्ने शान्तिपूर्ण गतिविधिहरूमा निषेध र प्रतिबन्ध लगाउन पाइँदैन। राजनीतिक आस्था र फरक विचार राखेकै आधारमा कुनै दल, समूह वा अभियानप्रति राज्यले गर्ने निषेध, प्रतिबन्ध, दमन, धरपकड, थुनछेक र हत्या तत्काल बन्द हुनुपर्छ।लोकतन्त्र व्यवहारमा अनुभूत गर्न गोलबद्ध होऔँ। 
  • लैङ्गिक भिन्नताकै आधारमा संस्थागत रूपमा यौनिक दुर्व्यवहार, बलात्कार, हिंसा र हत्या मौलाउने पितृसत्तात्मक राज्यमा लैङ्गिक समानता फगत झुटो वाचा प्रतीत हुन्छ। यस्तो सिलसिलाले बीभत्स र निर्लज्ज तवरमा गरिरहेको आपराधिक लैङ्गिक विभेदलाई निस्तेज गर्ने कानुनी राज्यमा मात्र लैङ्गिकमैत्री लोकतान्त्रिक व्यवस्थाको कल्पना गर्न सकिन्छ। फरक लिङ्गीहरूका अस्तित्वलाई आत्मसात गर्दा मात्र तिनका अधिकारलाई सुनिश्चित गर्ने आधार मिल्छ। महिला र अन्य यौनिक अल्पसंख्यकले आफ्नो स्वेच्छाले जीवनसाथी चुन्ने कार्यमा, सन्तानलाई पहिचान दिने सवालमा, सन्तानको अधिकारमा, सम्पत्तिको हकमा, हिंडडुल/आवागमन र प्रतिनिधित्वमा अङ्कुश लगाउने ऐन, कानुनको आधारमा लोकतान्त्रिक राज्य बन्दैन। लैङ्गिक असमानता बलियो बनाउने पितृसत्ता मात्र बन्छ। यस्तो असमानतालाई चुनौती दिऔँ। महिला र लैङ्गिक अल्पसंख्यकहरू समान नागरिक हुने, स्वतन्त्र जीवन बाँच्न पाउने र आफ्ना सन्तानको हकअधिकार सुनिश्चित गर्ने आन्दोलनमा एकताबद्ध होऔँ ।
  • आदिवासी जनजातिमाथिको ऐतिहासिक उत्पीडन,राजनीतिक, आर्थिक, सांस्कृतिक र भाषिक शोषण यथावतै छ। संरचनागत विभेद आज पनि चरम छ। यी समस्याको अग्रगामी समाधानका लागि आधारभूत स्वतन्त्रता र न्यायको साथै वैयक्तिक र सामूहिक अधिकारहरू प्रत्याभूत गर्नुछ। आफ्ना भूक्षेत्रमा आदिवासी जनजातिहरूको पहिचानसहितको स्वशासनको आकाङ्क्षा पूरा गर्न र सम्पूर्ण विभेदको अन्त्यका लागि संकल्प गरौँ ।
  • जात व्यवस्थामा आधारित राजनीतिक, आर्थिक र मावनताविरोधी सामाजिक–सांस्कृतिक शक्ति संरचनाका कारण दलित समुदायले शदियौँदेखि क्रुर र अमानवीय विभेद बेहोरिरहेको छ। जात व्यवस्था आफैँँमा समग्र समाजको लोकतन्त्रीकरण र न्यायपूर्ण रूपान्तरणको बाधक बनेर खडा छ। यो ऐतिहासिक विभेद र बहिस्करणको अन्त्य गर्न, साथै जात व्यवस्थाको दलनमा परेको समुदायको मुक्तिका लागि दलितलाई क्षतिपूर्तिसहितको न्याय सुनिश्चित गर्ने राजनीतिक प्रणाली कल्पना गरौँ। जात व्यवस्थाको समूल अन्त्य गर्ने प्रतिबद्धतासहितको अभियानमा सामेल होऔँ।
  • लाखौं नेपाली नागरिक कामको खोजीमा आप्रवासनमा जान विवश छन्। लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै देशभित्रै इलम, मौलिक उद्यमको अवसर सिर्जना हुने सपना देखिरहेका आप्रवासी श्रमिकको ठूलो संख्या फेरि निराश भएको छ। खाडीलगायतका मुलुकमा संगठित हुने आधारभूत अधिकारबाट समेत वञ्चित रहेको यही समूहको रेमिट्यान्सबाट अर्थतन्त्रको ठूलो हिस्सा चलिरहेको छ। आप्रवासी श्रमिकहरूको हकअधिकार र मताधिकार सुनिश्चित गर्न नागरिक संघर्षलाई श्रम जीवनसँग जोडौँ ।
  • सीप, शिल्प र स्थानीय ज्ञानको सम्मानसहित किसान र श्रमिक वर्गको हक सुरक्षित गर्न ज्ञानलाई श्रमसँग जोड्ने अभियानमा सामेल होऔं।
  • समृद्धिका नाममा मानव जीवनलाई पराश्रित बनाउने, प्रकृतिको दोहन गर्ने, सभ्यता र सांस्कृतिक धरोहरलाई अस्विकार गरी ध्वङ्स पार्ने, आदिवासीलाई थातथलोबाट विस्थापित गर्ने, मौलिक ज्ञान र कला सम्पदाहरूको विनाश गर्ने सरकारी सोच हाबी छ। यस्तो चिन्तनले मानवीय र प्राकृतिक संकट उत्पन्न गरिरहेको छ। मानवकेन्द्रित, प्रकृतिमैत्री र मौलिक सभ्यतामैत्री समृद्धिको नयाँ यात्राले मात्र जनताको आर्थिक स्वायत्तताको लागि आधार दिन्छ। समावेशी रोजगारका अवसर सिर्जना गर्छ। स्थानीय आवश्यकताको आधारमा विकासका वैकल्पिक खाकाहरू छान्ने अवसर दिन्छ। भूमि अधिकार, संस्कृति प्रवर्द्धन र सम्पदाको संरक्षणलाई उन्नत ढंगले रोजगारीसँग जोड्छ। आउनुहोस्, मानवकेन्द्रित र प्रकृतिमैत्री समृद्धिका लागि हामी सँगै उठौँ।
  • संघीयताको आधारभूत आकाङ्क्षा राज्य संरचनाको रूपान्तरण गर्दै शासकीय पद्धतिमा आमूल परिवर्तन ल्याउनु थियो। त्यस्तो शासकीय परिवर्तनले मुलुकको आर्थिक–राजनीतिक उन्नति, सांस्कृतिक र सामाजिक विविधताको न्यायोचित सम्बोधन, स्रोतसाधानको न्यायपूर्ण वितरण र संवैधानिक संस्कारको सम्मान गर्ने विश्वास थियो। तर, सामर्थ्य र पहिचानका आधारहरूलाई नजरअन्दाज गर्दा संघीयताले आदिवासी–जनजाति आन्दोलनलाई; मधेसी, मुस्लिम र थारुका संघर्षलाई; कर्णालीसहित भौगोलिक असमानतालाई अपेक्षाकृत सम्बोधन गरेन। संघीयताको नाममा हाबी एकात्मक चिन्तन र केन्द्रिकृत शासकीय सोचलाई चिर्न, आउनोस्, सँगै लडौँ।  

समग्र राजनीतिक प्रक्रियामा नागरिक स्वामित्व स्थापित नगरी आजको ऐतिहासिक कार्यभार पूरा हुँदैन। न त २००७ सालयता निरन्तर घात भोगिरहेको लोकतन्त्रले जीवन्तता पाउँछ। न त आमजनताले आफ्नो भाग्यको फैसला आफैँ गर्न पाउने राजनीतिक प्रक्रिया सुनिश्चित हुन्छ। आउनुहोस्, हामीमा निहित अधिकारसहित सम्पूर्ण नागरिकहरू जागौँ। मुलुकलाई नयाँ निकास दिऊँ। लोकतन्त्रलाई उन्नत बनाऔँ। बृहत् नागरिक आन्दोलनलाई सशक्तरूपमा जारी राख्दै नागरिक सर्वोच्चता स्थापित गरौँ। 

(बृहत् नागरिक आन्दोलनकाे आज सार्वजनिक घाेषणापत्र- २०७७)

प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  १५:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लोकतन्त्र बलियो बनाउन सरकारलाई खबरदारी गर्ने नागरिक समाज आवश्यक : विमल कोइराला
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
लोकतन्त्र बलियो बनाउन सरकारलाई खबरदारी गर्ने नागरिक समाज आवश्यक : विमल कोइराला मंगलबार, असोज २०, २०८३
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए मंगलबार, असोज २०, २०८३
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व मंगलबार, असोज २०, २०८३
गृहमन्त्रीको चेतावनी– सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन मंगलबार, असोज २०, २०८३
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
घट्यो सुनको मूल्य सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्