• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

व्यवस्था बदल्ने प्रतिशोधको त्यो आगो

64x64
पुष्पा केसी शुक्रबार, फागुन ७, २०७७  १५:४८
1140x725

अहिलेको पुस्ताले सायद त्यति सहजै अनुभव गर्न नसक्लान फागुन ७ अर्थात प्रजातन्त्र दिवसलाई। तर, २००७ सालको राणा शासनविरुद्ध आन्दोलनमा होमिएकाहरुसँग विगत कोट्याउने प्रयास गरियो भने उनीहरुमा अहिले पनि छुटै उर्जा देखिन्छ। प्रजातन्त्र दिवसकै अवसरमा ‘व्यवस्था बदल्न हिँडेकाहरु’ सँग गरेको कुराकारीका आधारमा यो सामग्री तयार पारिएको छ। 

राजनीतिक संघर्ष र आफ्नो जेल बसाइको अनुभव सुनाउने क्रममा श्यामलाल श्रेष्ठ २००७ सालमै फर्किए। २००७ सालको राजनीतिक घटनाक्रमले नै थियो उनको कलिलो मनमा राजनीतिको बिउ रोपेको।  

चाक्सीबारीमा बस्नुअघि गणेशमान सिंह किलागलमा बस्थे। सिंह र श्रेष्ठको घर आमनेसामनेमै थियो। त्यहाँ जहिल्यै बाक्लो चहलपहल हुन्थ्यो। सेना–प्रहरी आएर घर घेरिरहन्थ्ये। कफ्र्यू पनि लगाउँथ्यो सरकारले। त्यो बेला घरको प्वालबाट बाहिर हेर्दा सेनाले बन्दूक तेस्र्याउदै, ‘ओए नेवार हेर्छस्’ भन्थे। 

गणेशमानलाई सुरुमा उनी चिन्दैनथे। हिराकाजीको कुरा भने टोलमा भइरहन्थ्यो। श्रेष्ठ जन्मनुअघि नै हिराकाजी जेल परिसकेका थिए। त्यसैले टोलमा हिराकाजीको कुरा हुँदा उनलाई को होलान् उनी भन्ने लाग्थ्यो। 

२००७ सालमा जेलबाट छुटेर आएपछि गणेशमान सिंहको नाराले टोल गुन्जियो। अनिमात्र उनले चाल पाए, हिराकाजी भनेको त गणेशमान सिंह नै रहेछन्। 

टोलमा राणाविरोधी गतिविधि भइरहन्थे। कहिले महंगीविरुद्धको जुलुस निस्कन्थ्यो, कहिले राणा शासनविरुद्धको जुलुस। जुलुस देखेर उनी प्रभावित भइरहेका थिए।

गोर्खा परिषद्को झण्डामा तीन तारा थिए। कांग्रेसको झण्डामा चार तारा। टोलमा ‘तीन तारा, भात मारा’, ‘चार तारा, जिन्दावाद’ भन्दै नारा लाग्थ्यो। त्यसपछि श्रेष्ठलाई लाग्यो, नेपाली कांग्रेस भनेको गणेशमानको पार्टी रहेछ।

Ncell 2
Ncell 2
nimb
nimb

‘२००७ साल अघिसम्म गणेशमानजीको घरमा सधैंजसो रुवाबासी चल्थ्यो। कहिले गणेशमानजीलाई फाँसी दिन लग्यो भन्ने आउँथ्यो, कहिले जेलबाट छुट्ने कुरा आउँथ्यो,’ उनले भने, ‘हामी सबै त्यहीँ गएर बस्थ्यौं। छुट्छन् भनेपछि भाँडा पसलमा राखेका गाग्री ल्याएर त्यसैमा दही राखेर कुर्थे। दिनभर गाग्री र दही राख्यो। अन्तिममा नछुटेपछि त्यही दही र चिउरा खायो, बस्यो।’

डकोटा विमानबाट छरिएको पर्चा 
काठमाडौंमा २००७ सालमा क्रान्ति हुने चर्चा चल्दा श्रेष्ठ ९ वर्षका थिए। उनी एक दिन साथीहरूसँग घर नजिकैको ठूलो बहालमा खेल्दै थिए। साँझपख हेलिकोप्टर उड्यो।  त्यतिबेलासम्म डकोटा विमान देखेका थिएनन् उनले। आश्चर्य लाग्ने नै भयो। 

डकोटा विमान पनि तलैबाट उडिरहेको थियो। विमानबाट एक्कासी कागज उड्न थाल्यो। त्यो त पर्चा रहेछ, जहाँ क्रान्तिका कुरा लेखिएका थिए। उमेर बढ्दै गएपछि उनले चाल पाए- त्यो डकोटा विमान सुवर्णशमसेरका भाइ महावीरशमसेरको रहेछ। 

Xtrem

Xtrem

‘पछि जेल पर्दा त्यो पर्चा फाल्नेमध्येका एक जयवर सिंह प्रधान जेलमै भेटिए,’ उनले भने। पर्चा छरिएपछि काठमाडौं उपत्यकामा आन्दोलनको माहोल तात्यो। अब राणा प्रधानमन्त्री मोहनशम्सेर हट्छन् भन्ने हल्ला सुरु भयो। 

नोट देखाउँदै नारा- ‘यही राजा चाहिन्छ’

आन्दोलनको माहोल बनिरहेको थियो। २००७ साल कात्तिक २१ गते राजा त्रिभुवन भागेर भारत गएको हल्ला आयो। उनी निर्वासनमा गएको सत्य थियो। राजाले देशै छाडेपछि राणाविरोधी आन्दोलन बलियो बन्ने नै भयो।

केही समयपछि ब्रिटिस सरकारले नेपाली नागरिकको धारणा के रहेछ, आन्दोलनको स्थिति कस्तो छ भनेर बुझ्न आफ्ना प्रतिनिधि नेपाल पठाउने भयो। त्यसअघि नै भारतीय राजदूतले उनीहरु आउन लागेको खबर काठमाडौंमा फैलाइसकेका थिए। एयरपोर्टमा आन्दोलन गर्नुपर्यो भनेर आन्दोलनकारी जम्मा भए।

‘राजा त्रिभुवन भारत जानुअघि मेरो बज्यैले टिका लगाउन गएका बेला नातीलाई पढाउन सकिनँ, बडो दुःख पायो भन्दा राजाले सबै व्यवस्था गरिदिने आश्वासन दिएका थिए। राजा गएपछि त त्यो आशा पनि हरायो,’ केही बेर घोत्लिएर उनले भने, ‘ब्रिटिस कमिसन आउने सुनेपछि म पनि आन्दोलन हेर्न बज्यैसँग एयरपोर्ट पुगेँ।’

त्यतिबेला एयरपोर्ट गौचरणमा थियो। राणाविरोधी आन्दोलन नेपालमा व्यापक छ भन्ने ब्रिटिस कमिसनरलाई देखाउन विमानस्थलमा टन्नै मानिस जम्मा भइसकेका थिए। उनी बज्यैसँगै त्यही जुलुसमा मिसिए। त्यतिबेला राजा त्रिभुवन भएको पाँच रुपैयाँको नोट चल्तीमा थियो। त्यही पाँच रुपैयाँ देखाएर हात माथि उठाउँदै सबैले ‘राजा चाहिन्छ’ भनेर नारा लगाए। उनी पनि ‘यही राजा चाहिन्छ’ भन्न थाले। 

उनीहरुलाई तितरबितर पार्न सेनाले टियर ग्यास र लाठीचार्ज गर्‍यो। तर, त्यतिबेला श्रेष्ठलाई भने अर्को पिर परिरहेको थियो। पाँच रुपैयाँको नोट हराउने।

‘आन्दोलनकारीमाथि लाठीचार्ज भइरहेको थियो। मलाई भने पाँच रुपैयाँको नोट हराउला भन्ने पिरले सताइरहेको थियो। चार आना, ५० पैसा ठूलो लाग्ने समयमा पाँच रुपैयाँ त कति ठूलो नि। त्यो पनि बाल्यकालमा।’ 

उनी र बज्यै पशुपतिको जंगलैजंगल भागेर घर आइपुगे। त्यो जुलुस देखेर बेलायती प्रतिनिधि नेपालमा राणाविरोधी आन्दोलन निकै चर्केकोमा विश्वस्त भए। त्यसको केही समयमै राणा–कांग्रेस संयुक्त सरकार बन्यो। र, भारत निर्वासनमा गएका राजा त्रिभुवन पनि स्वदेश फर्किए।

(२०७७ मंसिर २६ गते श्रेष्ठको ८० वर्षको उमेरमा निधन भयो)

मर्‍यो भन्दै आर्मी अस्पतालमा बोरामा राखियो।

८१ वर्षीय उत्तमनारायण श्रेष्ठलाई हामीले सोध्यौं, ‘तपाईं कसरी राणा शासनविरोधी बन्नुभयो?’ 

उनले सजिलै भनिदिए, ‘प्रतिशोधले।’

‘कुन घटनाले जगायो प्रतिशोध?’

उनले झन्डै ७० वर्षअघिको घटना सम्झिए। 

त्यो माहोल थियो २००७ सालको। जुन बेला राणाविरोधी आन्दोलन देशभर फैलिएको थियो। आन्दोलनले सबैभन्दा बढी काठमाडौंलाई नै तताएको थियो। राणा शासनको विरोध गरेकै कारण ४ जनालाई फाँसी दिइसकिएको थियो। त्यसले आन्दोलन मत्थर पारेन। बरु त्यसको आवेग र आक्रोशले उपत्यकामा आन्दोलनको आगो दन्किन थाल्यो। 

राणा शासनको विरोधमा उत्रिएकै कारण कतिपय नेतालाई जेल पु¥याइएको थियो। आन्दोलनकारीको आक्रोश अझ चुलिँदै गयो। दिनहुँजसो जुलुस र आन्दोलनका कार्यक्रम व्यापक बन्दै गए। 

त्यही क्रममा बागदरबारनजिकैको केन्द्रीय कारागारमा रहेका नेताहरू छुटाउन भन्दै क्षेत्रपाटीबाट जुलुस निकालियो। त्यसैमा मिसिन पुगेका थिए श्रेष्ठ। उनी त्यो समय जम्माजम्मी ११ वर्षका थिए।

 

क्षेत्रपाटीबाट आएको जुलुसलाई भोगेन्द्रमान सिंहले नेतृत्व गरिरहेका थिए। श्रेष्ठ भने नगलको एउटा भजन घरमा उभिएर जुलुस हेर्दै थिए। भोगेन्द्रमान उनका दाजुका साथी भएकाले  उनलाई माया गर्नु स्वाभाविक थियो। त्यही बेला सिंहले उनलाई देखेपछि, ‘ए बाबु आऊ’ भन्दै बोलाए। अनि उनी पनि जुलुसमा मिसिन पुगे।

‘भोगेन्द्रमान दाजुकै हात समातेर म पनि जुलुससँगै अघि बढें। त्यो जुलुस नयाँ सडक हुँदै धरहरानजिकै जंगबहादुरको शालिक हुँदै अघि बढ्यो। अहिलेको काठमाडौं महानगरपालिका रहेको हरिशमसेरको दरबारलाई पहिले बाघ दरबार भनिन्थ्यो। जुलुस अगाडि बढ्दै गएपछि बाघ दरबारबाट एक्कासी गोली चल्यो। गोलीको आवाज सुन्नेबित्तिकै म त्यहाँबाट भागें,’ श्रेष्ठ सम्झन्छन्। 

भोगेन्द्रमानलगायत केहीले भने गोली चल्दाचल्दै पनि जुलुसलाई अगाडि बढाए। जुलुसको नेतृत्व गरेका भोगेन्द्रमानलाई गोली लागेको भोलिपल्ट मात्रै थाहा पाए श्रेष्ठले। ‘भोगेन्द्रमानलाई गोली लागेको छ। घरमै ल्याएको छ भन्ने हल्ला चल्यो,’ उनले सम्झे, ‘उहाँको घर र हाम्रो घर नजिकै थियो। बाहिर कफ्र्यु लगाइएको थियो। हाम्रो बारीसँगै घर भएकाले बाटोबाट गइनँ। बारीबाट पर्खाल नाघ्नेबित्तिकै उहाँको घर आउँथ्यो। पर्खाल नाघेर म उहाँको घर गएँ। त्यहीँ बसेर उहाँलाई हेरें। उहाँको टाउकोमा सेतो फेटाजस्तो बाँधिएको थियो। आमा अगाडि बसेर चम्चाले पानी खुवाउँदै हुनुहुन्थ्यो।’

भोगेन्द्रमानले सास फेर्दा घ्वार्र–घ्वार्र आवाजमात्रै आएको उनले सुने। दिनहुँजसो गएर गोलीबाट सख्त घाइते सिंहलाई हेर्थे। तीन दिनपछि उनको मृत्यु भयो। शहिद हुनेहरूको सूचीमा भोगेन्द्रमान सिंहको नाम पनि थपियो। 

त्यो दृश्य र दिन सम्झिएर अहिले पनि भक्कानिन्छन् श्रेष्ठ। उनलाई लाग्छ, ‘उपचार पाएको भए उहाँ बाँच्नुहुन्थ्यो।’

आफूलाई माया गर्ने दाइ आफ्नै आँखा अगाडि मारिँदा  श्रेष्ठको मनमा राणा शासनविरुद्ध आक्रोश जाग्यो। त्यसपछि उनी जुलुसमा सहभागी हुन कहिल्यै छाडेनन्। 

उनले सुनेअनुसार म¥यो भन्दै उनलाई आर्मी अस्पतालभित्र बोरामा राखिएको थियो। पछि मंगलादेवी सिंहले त्यहाँबाट घर ल्याएर आएकी हुन्। 

000

‘राजाले पठाएको शिक्षकको कोचिङ’ 
धादिङ, नौबिसेका भरतप्रसाद उप्रेती अध्ययनका लागि ११ वर्षको उमेरमा काठमाडौं आइपुगेका थिए। उनको एक मात्र उद्देश्य पढ्नु थियो। तर, समयले उनलाई पूर्णकालीन राजनीतिकर्मी बनायो।

 

 

राणा शासन उत्कर्षमा पुग्दा उनी १५ वर्षका थिए। त्यही उमेरमा राजनीतिमा होमिए। उप्रेतीलाई त्यतिबेला नेपाली कांग्रेस भनेको थाहा थिएन। राजनीतिबारे पनि चासो थिएन। २००७ सालको आन्दोलन चर्कंदा १७ वर्ष पुगेका उनी क्रान्तिमा होमिएको दुई वर्ष भइसकेको थियो।

उनलाई राजनीतितर्फ रुचि जगाउने उनकै ट्युसन शिक्षक थिए। कक्षा ९ मा उप्रेतीलाई ट्युसन पढ्नुपर्ने भयो। धादिङबाट काठमाडौंको दरबार स्कुल पढ्न आइपुगेका उनको पढाइ केही कमजोर भएकाले ट्युसन शिक्षक खोजियो। उनलाई ट्युसन पढाउन आइपुगे शिक्षक नरहरि दवाडी। 

ती शिक्षक कोर्सका किताब त पढाउँथे। सँगै शासन व्यवस्था र समाजका कुरा पनि गरिरहन्थे। सरले भनेपछि सबथोक सही ठान्ने जमानामा शिष्यहरुले सुनिरहे। 

कक्षाकोठामा कोर्सभन्दा कोर्सबाहिरको कुरामा बढी रुचि हुन्छ विद्यार्थीको। दवाडी सरले विस्तारै ट्युसनमा कोर्सभन्दा बढी कांग्रेसका कुरा पढाउन थाले, उनी पनि कोर्सका कुराभन्दा बढी रुचि दिएर सुन्न थाले।

पढाइमा प्रखर बनाउन ल्याइएका मास्टरले सन्तानलाई कांग्रेस बनाइसकेको अभिभावकलाई निकै पछि मात्र थाहा भयो। स्वयं उप्रेतीले समेत मनमा नयाँ व्यवस्थाका लागि आफूले लड्नुपर्ने महसुस गर्दै गएपछि थाहा पाए, ‘कांग्रेस पो भइएछ!’

कांग्रेस अर्थात् राणाशासन विरुद्धको विप्लवी। उप्रेतीलाई विप्लवी बनाउने दवाडी सर राजा त्रिुभवनले खटाएका व्यक्ति भएको थाहा पाउन त उनलाई अझ धेरै समय लाग्यो। 

उप्रेतीसँगै उनका साथी ट्युसनकै कारण विद्रोही भए। दवाडी सरले ट्युसनमा राणा शासनविरुद्ध होमिएका नेता गणेशमान सिंह र बिपी कोइरालाका अनेकन कथा सुनाए। कलिलो मस्तिष्कमा नेताद्वयको प्रभाव पारिदिए।

दवाडी सर दरबारले खटाएका व्यक्ति थिए। त्यसैले उनीसँग सबै सूचना हुन्थे। त्यसैले बिपी र गणेशमानसँग जोडिएका अनेक कथा सुनाउँथे। त्यसमध्ये गणेशमानसँग जोडिएको एउटा कथा पनि उनले सुनाएका थिए। जुन अहिले पनि उप्रेती सम्झिरहन्छन्। 

उप्रेतीले दवाडी सरले सुनाएको गणेमानको ‘जेल–ब्रेक’ कथा यसरी सुनाए– ‘त्यो समय राणा शासनले चार जनालाई फासीको र गणेशमानजीलाई आजीवन काराबासको सजाय सुनायो। गणेशमान जेलमै हुनुहुन्थ्यो। करेन्ट जोडेको पर्खालमा छाला राखेर हाम्फाल्नुभयो, सिस्नुघारी नजिक। करिब १० मिटर पर हाइअलर्टमा हतियार लिएर बसेको प्रहरी रहेछ। पर्खालबाट हाम्फाल्दा आवाज आयो। दुई जना बन्दुकधारी प्रहरी दौडेर पुगे। यताउति हेरे। त्यो सिस्नुघारी नजिकै गाई रहेछ। गाईकै मुनि लुकेछन्, गणेशमान। गाई मात्रै देखेपछि पुलिस फर्कियो। गणेशमान त्यही गाईको मुनि लुक्दै, विस्तारै गाई अघि बढाउँदै, सँगसँगै नरदेवी पुग्नुभएछ। गणेशमानजी त्यही गाईलाई साक्षात नरदेवी हुन्, मलाईं त्यहाँ लिन गएको भन्नुहुन्थ्यो।’

आफूलाई ट्युसनमा दवाडी सरले सुनाएको यो कथाको पछि उप्रेतीले गणेशमानलाई भेटेर सत्यता जाँच गरे। गणेशमानले सही रहेको बताए। बिपीको साहस, व्यक्तित्व र क्षमताका विषयमा पनि यस्तै अनेक कथा सुनाउँथे दवाडी सर। क्रान्तिको समयमा सरले भनेका कुरालाई सजिलै पत्याउने वातावरण थियो।

त्यही समय दवाडीले परोपकार संस्थाका सञ्चालक दयावीरसिंह कंसाकारसँग भेटाइदिए। उनी पनि दरबारबाटै सञ्चालित रहेछन्। उप्रेती लगायतलाई विद्यालयमै पोख्त बनाएर काम गर्न सक्ने भइसकेपछि कंसाकारको जिम्मा लगाइयो।  

दरबारबाट सञ्चालित मानिसहरुको संगठन ठूलो रहेछ। त्यही संगठनमा उप्रेती र उनको साथीलाई पनि कांग्रेसबारे कोचिङ क्लास दिन थालियो। ‘अहिले क्रान्तिको आवश्यकता किन पर्यो? यसको आवश्यकता के छ?’ लगायत  कुरा कोचिङ क्लासमै सिकाइन्थ्यो। त्यहीँबाट उनलाई कहिले पर्चा टाँस्न पठाउने र कहिले अन्य काममा लगाउन थालियो। 

ब्रिटिस टोली आउँदा एयरपोर्ट जाम
२००७ साल कात्तिक २१ गते राजा त्रिभुवन भारतीय दूतावासमा शरण माग्न पुगे। कांग्रेसले यता नेपालमा सशस्त्र संघर्ष सुरु गरिसकेको थियो। कात्तिक २५ गते राजा त्रिभुवन भारत जाँदा उप्रेती सम्बद्ध संगठनका सबै व्यक्ति एयरपोर्टमा गए। त्रिभुवन दिल्लीमै बसेका थिए। यता राणा प्रधानमन्त्री मोहनशमशेरसँग पनि कुराकानी चलिरहेको थियो।

ब्रिटिस सरकारले पाँच जनाको टोलीलाई आन्दोलनको अवस्था बुझ्न नेपाल पठायो।  ब्रिटिस टोली आउने बेला उप्रेतीलगायत संगठनमा आवद्ध सबै जना एयरपोर्टमै ओइरिए। ‘एयरपोर्ट नै जाम गराइयो। जब, प्लेन ल्यान्ड गर्यो, प्लेनमाथि नै चढेर हामीले जिन्दावाद र मुर्दावादको नारा लगाउन थाल्यौं,’ उनले सम्झिए, ‘प्लेनको पखेटामा समेत मानिसहरु चढेपछि भीड उत्तेजित बन्यो।’

त्यसपछि एयरपोर्टमा लफडा भएको थाहा पाएर सर्वसाधारण पनि हेर्न पुगेछन्। नेपाल आएको टोली सबै हेरेर त्यहीँबाट फर्कियो। त्यहाँको दृश्य पनि खिचेर लियो।

उनीहरु फर्केपछि मात्रै आफूहरु एयरपोर्टबाट निस्किएको उप्रेती स्मरण गर्छन्। त्यो समय संगठनका २९ जनामध्ये २७ जना समातिए। समातिएकालाई टुँडिखेलमा राखेर पुलिसले नराम्ररी कुट्यो। 

उप्रेती र उनका जेठान भने जोगिएर घर पुगे। घर पुगेर खाना खान नपाउँदै २७ जना पक्राउ परेको खबर पुग्यो। खबर गर्नेले भन्यो, ‘तिमीहरुलाई बाँच्नु छ भने दौडिहाल।’

उनीहरु टोलकै अर्को घरमा लुके। घरबाट निस्किएको पाँच मिनेट नहुँदै पुलिस त्यहाँ पुग्यो। परिवारको रुवाबासी चल्यो। 

दुई महिनासम्म उनीहरु भारत निर्वासनमा गए। पछि राणा सरकारसँग सहमति भएपछि मात्र नेपाल फर्किए।

प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  १५:४८
  • #प्रजातन्त्रका_७_दशक

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा केसी
केसी नेपाल लाइभकी वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
आफ्नै शिक्षक शुक्रराजलाई फाँसी दिइएपछि बागी बनेका नूतन
हिन्दू राष्ट्रको माग : संविधानको अभिभावक दाबी गर्ने कांग्रेसमा सिर्जित विरोधाभास
संसद् पुगे पनि माइतीघर मण्डला सम्झिरहन्छन् सन्तोष परियार
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन शुक्रबार, असोज २३, २०८३
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्