• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस २४, २०८२ Thu, Jan 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

४ पूर्वप्रधानन्यायाधीश भन्छन्- हामीले संविधानको बाटो देखाउने काम मात्र गरेका हौँ

64x64
नेपाल लाइभ सोमबार, फागुन ३, २०७७  १७:३१
1140x725

काठमाडौं- प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै संयुक्त वक्तव्य जारी गरेका ४ पूर्वप्रधानन्यायाधीशले आफूहरूले संविधानको मात्रै बाटो देखाउने काम गरेको बताएका छन्। 

संविधान सार्वजनिक लिखत भएको र सोबारे जो कोहीले पनि छलफल र चर्चा गर्न पाउने भन्दै पूर्वप्रधानन्यायाधीशहरूले आफूहरूले अदालत वा न्यायलयको अवहेलना गर्ने काम नगरेको दाबी गरेका हुन्। 

सोमबार सर्वोच्च अदालत पुगेर आफूहरुविरुद्ध लागेको अवहेलनाको मुद्दाको म्याद बुझ्दै उनीहरुले आफूहरूले न्यायलयको अवहेलना गर्ने काम नगरेको जिकिरसहित लिखित जवाफ पेस गरिसकेका छन्। 

लखित जवाफ पेस गरेपछि न्युज एजेन्सी नेपाललाई दिएको संक्षिप्त प्रक्रियामा उनीहरुले ‘आफूहरुले संविधानको बाटो देखाएको अदालतको अवहेलना नगरेको र अदालतकै सम्मान गर्दै म्याद बुझ्न र लिखित जवाफ दिन अदालत हाजिर भएको’ बताए। 

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले आफूहरूले जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभा विघटन असंवैधानिक भनिएको र त्यसमा आफूहरू यथावत् रहेको बताए। आफूहरू अदालती प्रक्रिायलाई सहयोग गर्नका लागि अदालत उपस्थित भएको बताए। 

प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै पूर्व प्रधानन्यायाधीशहरुले संयुक्त वक्तव्य जारी गरेपछि उनीहरु विरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको थियो। सो मुद्दाको सुनुवाई गर्दै गत माघ १५ गते न्यायाधीश मनोज शर्माको इजलासले बाटोको म्या बाहेक ७ दिनभित्र आफै उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश गरेको थियो।

उनीहरूको प्रतिक्रिया जस्ताको तस्तै
कल्याण श्रेष्ठ

'हामीलाई अदालतको अवहेलना कारबाही गरिपाऊँ' भनेर निवेदन दिएको भनी भएको हुनाले सार्वजनिक सूचना पायौँ। किन हामीले अदालती प्रक्रियालाई सहयोग नगर्ने भनेर हामी आफैँ अदालतमा उपस्थित भयौँ। म्याद बुझ्यौँ र हाम्रो जवाफ पनि सामेल गरेर फर्केर आयौँ।

Ncell 2
Ncell 2

कानुनको सर्वोच्चताको सम्मान गर्नुपर्छ। न्यायिक प्रक्रियाको पनि सम्मान गर्नुपर्छ र कानुनको सर्वसामान्य प्रयोग जबसम्म हुँदैन तबसम्म कानुनको गरिमा रहँदैन। हामी सबैलाई कानुन लाग्छ। कानुको पालना गर्ने ढंगले हामी गयौँ र अवहेलना गर्ने कुरामा संविधान पढ्ने हो। पढ्या कुरा भन्या हो।

अदालतलाई लक्षित, मुद्दालाई लक्षित, मुद्दा पर्या भन्ने सम्म हामीले नोटिसमा लिएका छैनौ। त्यस्तो कुरा भएको हुनाले हामीले धेरै प्रतिवाद गरिरहनु पर्दैन। संविधान पढ्न मान्छेले नडराउन्।  संविधान पढ्नै हिचकिचाउनुपर्ने अवस्था नआओस् भन्ने मात्र हाम्रो कुरा हो।

विज्ञप्ति हामीले जारी गरेका हौँ। विज्ञप्तिमा विघटन असंवैधानिक भनिएको छ। विघटन असंवैधानिक छ भन्ने कुरामा हाम्रो मान्यता यथावत् छ। विज्ञप्ति जारी गर्या छैनौँ भन्ने पनि होइन। असंवैधानिक छ भन्ने कुराबाट पछि हट्नुपर्ने कारण पनि छैन। हाम्रो धारणा चाहिँ जनसाधरणको उपयोगको लागि गरिएको कुरा हो। त्यो धारणाबाट पञ्छिनुपर्ने वा बदल्नुपर्ने कुनै परिस्थिति छैन। त्यो कुरा हामीले लिखित जवाफमा स्पष्ट शब्दमा भनेका छौँ।

हामी मुद्दा कहिले पनि नखेपेका मान्छे हौँ। अहिलेसम्म त दुनियाँलाई न्यायिक परीक्षणमा राखेर हेर्‍यौँ होला। न्यायकर्ताको रुपमा हेर्यौँ होला। आज हामी आफै न्याय याचक भएर जानुपर्ने अवस्था आयो तर यो नेपाली नागरिकको अधिकार र दायित्व दुवै हुन्छ। हामी उपर कसैले शिकायत गर्न पाउने नै भयो। त्यसको सम्मान हामी गर्छौँ र त्यसको सम्मानका लागि हामी अदालत गएका हौँ। बाँकी कुरा त अदालती प्रक्रियामा यसको यथोचित मूल्यांकन हुने नै छ।

मीनबहादुर रायमाझी
हामी लामो समयसम्म सर्वोच्चमा काम गरेका मान्छे हौँ। त्यही ठाउँमा हाम्रो त जन्म भयो। जन्म अन्त भएपनि कर्मक्षेत्रको जन्म त त्यही नै भएको हो नि। आफ्नो जन्मस्थललाई पनि कसैले अवहेलना गर्छ र? त्यस्तो ठाउँमा चार्ज जे लाग्यो त्यो लिएर जाँदाखेरी अलिकति दुख लाग्नु त स्वभाविकै हो। तारेक पर्चा भनेको कहिले पनि नलिएको मान्छे। उहाँले धमाईदिनुभयो। यो स्वभाविक प्रक्रियाको कुरा पनि हो।

हाम्रो उच्च संस्थालाई हाम्रो सम्मान रहन्छ। हामी त्यसको आदेशको अवज्ञा गर्न सोच्दा पनि सोच्दैनौँ। सामान्य प्रक्रिया भित्रको कुरा हो। अभिव्यक्तिको स्वतन्त्र प्रयोग गरेको हो। अदालतको अवहेलना गर्ने उद्देश्य हुँदा पनि होइन। यो संविधानमा यो व्यवस्था छ है भन्ने सम्म हामीले गर्‍या हो।

सुशीला कार्की
हामीले त संविधानमा जे छ त्यही कुरालाई उल्लेख गरेको हो। हामीले संविधानमा यो छ है भनेर भन्यौँ। र हाम्रो सोचाई चाही के थियो भने मुलुक विकास तिर गएन। मुुलुक जहिले पनि ओरालो लाग्यो र आईन्दादेखि संविधानको उलंघन हुने कामहरु चाहिँ नहोस् भनेर हामीले भन्या हो। त्यती त भन्न पाइन्छ। सबैले भनेका पनि छन्। वकालत पनि गरियो।

न्यायाधीश भएर साढे ८ वर्ष काम पनि गरियो। प्रधानन्यायाधीश पनि भइयो। त्यो विज्ञप्तिमा सुरुदेखि अन्त्यसम्म हेर्नुभो भने अदालतको अवहेलना हुने शब्दहरु कहीँ केही पनि छैन।  तर किन मुद्दा हालियो त्यो पनि थाहा छैन। हालेपछि हामीले सम्मानपुर्वक आफै पनि न्यायाधीश भएर अनुभूति गरेको कुरा हो, अदालतले बोलाइसकेपछि जानै पर्छ। सम्मानपूर्वक हामीले आफ्नो जवाफ पनि दिएका छौँ। आगे जे हुन्छ हामी व्यहोर्न तयार छौँ। केही छैन। हामीले कुनै उलंघन गरेका छैनौँ। अवहेलनाहरु गरेका छैनौँ। र एउटा दुईवटा दृष्टान्त पनि दिएको छ। यस्तो केसहरुमा अवहेलना हुदैन भनेर भनिएको छ। 

म आफैँ वकिल पनि भएँ ३०/३१ वर्षसम्म। १/२ वटा मुद्दा त मलाई आफैँलाई पनि व्यवहारका मुद्दाहरु थिए। त्यसमा मैले जितेँ पनि। तर आज चाहिँ प्रधानन्यायाधीश भएर रिटार्यड भएपछि आफूले एउटा मुद्दा पनि व्यहोर्नु पर्यो। जीवनमा जे जे आउँछ त्यो त गर्दै जानुपर्छ। लाइफ भनेको कुनै इजी होइन। संघर्ष त मान्छेले गर्छ नै। मलाई यसले कुनै केही फरक पारेन।

अनुपराज शर्मा
अदालतको फैसला गर्ने अधिकारलाई कुनै पनि हिसावले प्रभावित गरेको छैन। अवहेलना गर्ने कार्य गरेकै छैन। त्यो वक्तव्यमा कहाँ छ अदालतको उच्चारण? कुनै वक्तव्यबाट प्रभावित भएर न्याय दिने न्यायाधीश हुँदैन। न्यायाधीश त ऐन कानुन संविधान हेरेर न्याय दिन्छ र मलाई पक्का विश्वास छ कि संविधानमा नै टेकेर यसको फैसला हुन्छ। यो मुद्दा सुनियोजित तरिकाले आएको हो। हामीले संविधानको बाटो देखाउने काम मात्रै गेरेको हो।

हामीले जारी गरेको वक्तव्यबाट अदालतको मानहानी हुँदैन। किन हुदैन भने त्यहाँ अदालतको अ पनि उच्चारण छैन। यस्तो फैसला गुर्नपर्छ पनि भनेको छैन। संविधानको दुरुपयोग भो भन्ने आशयले। कसले गरेको दुरुपयोग भन्दा कार्यकारी प्रधानमन्त्री र राष्ट्रपति।

सर्वोच्च अदालतले संवैधानिक केसमा राम्रो व्याख्या विगतमा पनि गरेको थियो र अब पनि गर्छ भन्ने मलाई विश्वास छ। अवहेलनाको अवधारण के हो? अहिले हाम्रो संविधान हेर्दा खेरी यदि अदालतको आदेश मानेन भने वा न्यायनिरुपण गर्ने कुरामा अवरोध गर्यो भने। त्यसकारण हाम्रो वक्तव्यले सर्वोच्च अदालतले परिरहेको रिट निर्णय गर्न त केही छेक्दै छेक्दैन नि। र यस्तो निर्णय गर भन्या पनि छैनौ।

संविधान भनेको सार्वजनिक लिखत हो। त्यसमा त चर्चा परिचर्चा चाहिहाल्छ नि। हामीलाई अदालतको मानहानी ठहर्‍याउने हो भने त ल क्याम्पसका हरेक टिचरलाई ठहर्याउनुपर्छ। किन भने उसको व्याख्यामा पनि त त्यही आउँछ नि।

मेरो लाईफमा पहिलो चोटी अदालतको सम्मानमा अदालत गएको हुँ। समान्य मान्छेको रुपमा गएको भए अर्के अनुभूति हुन्थ्यो। मेरो अगाडि विशेषण जोडिएको छ पुर्व प्रधानन्यायाधीश।  नचाहँदा नचाहँदै पनि त्यहाँका कर्मचारीहरुले मलाई मान सम्मान त गर्ने भए। त्यसकारण रियल अनुभूत चाहिँ गर्न सकिएन। मानसम्मानमा कुनै कमि गरेनन् उनीहरुले। त्यसले गर्दा म चाँहि म्याद बुझ्न आएको जस्तै लागेन म त स्वागतमा बोलाएको हो कि जस्तै लाग्यो।

प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  १७:३१
  • #प्रतिनिधिसभाविघटन
  • #पूर्वप्रधानन्यायाधीश
  • #सुशीला_कार्की

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कम्युनिस्ट घटकलाई एकीकृत गर्न अग्रसर छु : प्रचण्ड
प्रचण्डले मधेशमा गाएको सायरी उद्धृत गर्दै रहबरले पार्टीबाट दिए राजीनामा
राष्ट्रपतिसँग अमेरिकाका राजदूत डीन आर थम्सनले गरे बिदाइ भेट
सम्बन्धित सामग्री
कम्युनिस्ट घटकलाई एकीकृत गर्न अग्रसर छु : प्रचण्ड बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले राष्ट्रिय... बिहीबार, पुस २४, २०८२
प्रचण्डले मधेशमा गाएको सायरी उद्धृत गर्दै रहबरले पार्टीबाट दिए राजीनामा राजीनामा पत्रमा भनिएको छ, ‘साहस, इमान र जोखिम तीनै कुरा पार्टीले त्यागिसकेको छ । म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ । यसै बोधका सा... बिहीबार, पुस २४, २०८२
राष्ट्रपतिसँग अमेरिकाका राजदूत डीन आर थम्सनले गरे बिदाइ भेट त्यस अवसरमा उनीहरूबीच नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । बिहीबार, पुस २४, २०८२
ताजा समाचारसबै
कम्युनिस्ट घटकलाई एकीकृत गर्न अग्रसर छु : प्रचण्ड बिहीबार, पुस २४, २०८२
प्रचण्डले मधेशमा गाएको सायरी उद्धृत गर्दै रहबरले पार्टीबाट दिए राजीनामा बिहीबार, पुस २४, २०८२
राष्ट्रपतिसँग अमेरिकाका राजदूत डीन आर थम्सनले गरे बिदाइ भेट बिहीबार, पुस २४, २०८२
बढ्यो सेयर बजार, खुम्चियो कारोबार रकम बिहीबार, पुस २४, २०८२
पूर्वमन्त्री गुप्ताको निवेदनमा कैफियत प्रतिवेदन झिकाउने सर्वोच्चको आदेश बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
देउवालाई भेटेर शेखरले भने-  विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्, विभाजन रोक्नुस् बिहीबार, पुस २४, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्