हेटौँडा- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय सदर गरे युद्धस्तरमा चुनावको तयारीमा लाग्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।
आज हेटौँडामा आयोजित कार्यक्रममा बोल्दै थापाले संगठन सुदृढीकरण, जनसंघर्ष र महाधिवेशनको तयारीलाई सशक्त ढंगबाट सञ्चालन गर्नुपर्नेमा पनि जोड दिए।
नेपाली समाज सनातन मूल्य, मान्यता, धर्म र संस्कृतिको जगमा खडा भएको छ भन्दै थापाले मुलुकको स्वाधिनता जोगाउन राजासहितको प्रजातन्त्र आवश्यक रहेको चर्चा गरे।
कोही कसैसँग डराउन नपरेपछि भ्रष्टाचार, व्यवभिचार र मनपरीतन्त्र बढेको भन्दै थापाले भ्रष्टाचार, वेरोजगारी, धर्मपरिवर्तन र सर्वसत्तावाद अहिलेको प्रमुख समस्या भएको समेत उल्लेख गरे।
कार्यक्रममा राप्रपा नेताहरु राजाराम बर्तौला, रामहरी न्यौपाने, गुरुप्रसाद सापकोटा, इन्दिरा न्यौपाने र मिठेबहादुर कार्की लगायतले बोलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।