काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाले नेपालको अर्थतन्त्रमा असर नगरेको दाबी गरेका छन्। सरकारको सुझबुझले कोरोना महामारीले देशलाई आर्थिक मन्दीको चपेटामा नपारेको उनले दाबी गरेका हुन्।
सरकारको तीन वर्षे उपलब्धी सुनाउने क्रममा प्रधानमन्त्री ओलीले विकसित देशलाई आर्थिक मन्दी आउँदा समेत नेपाल चपेटामा नपर्नुको कारण सरकारको सुझबुझ भएको दाबी गरे।
आफूले प्रधानन्त्रीको पद सम्हाल्दा अर्थतन्त्र अस्तव्यस्त भएको बताए। आफूले सरकारको नेतृत्व लिएपछि अर्थतन्त्र एक वर्षमै लयमा फर्किएको उनले दाबी गरे।
उनले भने,‘पहिलो वर्ष ७ प्रतिशत आर्थिक वृद्धि भयो। दोश्रो वर्ष ७ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धि भयो।अर्थतन्त्रका सबै क्षेत्रका आर्थिक सूचंकाक ५ प्रतिशत भन्दा माथि रह्यो।’
प्रदेश सरकारको आर्थिक वृद्धिदर पनि सन्तोषजनक रहेको उनले बताए। केन्द्रले ७ प्रतिशत माथि आर्थिक वृद्धिदर कायम गर्दा सातै प्रदेशको आर्थिक वृद्धिदर ६ प्रतिशत भन्दा रहेको उनले सुनाए।
आफूले थलिएको र भद्रगोल अवस्थामा भएको अर्थतन्त्रलाई लयमा फर्काएको उनको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।