काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दलबाट समानान्तर सत्ता सञ्चालनको अभ्यास गरिएको बताएका छन्। आफू नेतृत्वको सरकारले तीन वर्षको अवधिमा गरेका कामबारे सिंहदरबाट जानकारी दिँदै प्रधानमन्त्री ओलीले सकेसम्म अल्मल्याउने र नसके निहुँ खोजेर काम गर्न नदिइने गरेको बताए।
उनले विभिन्न संवैधानिक र राजनीतिक नियुक्तका लागि गलत व्यक्तिलाई उभ्याउने, सरकारलाई निर्णय गर्न नदिने काम आफ्नै दल नेकपाबाट भएको बताए। उनले आफ्नो पार्टीका शीर्ष तहमा रहेका केही नेताको अतिरिक्त आकांक्षा र कुण्ठाको बाछिटा व्यवस्थापिकामा नपरोस् भनेर हरदम कोशिस गरेपनि नसकिएको बताए।
‘राजजूत नियुक्त गर्न दिँइदैन। आफ्नै दलका सांसदले संसदीय समितिमा पुगेको प्रक्रिया अड्काउँछन्। विकासको गतिलाई अवरोध पुर्याइन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘यसखालका अफ्ठ्याराहरूबाट जानुपर्यो।’
समय अगावै निर्वाचनको बाटोमा जान नपरोस् भनेर आफूले धेरै कोशिस गरेपनि अन्तिमममा बाध्य भएर प्रतिनिधि सभा विघटन गर्नुपरेको प्रधामन्त्रीले दाबी गरे।
‘आफ्नो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्रीविरुद्ध अचानक, निराधार र झुठा प्रचार गरेर सरकारविरुद्ध हमला गरियो’, ओलीले थपे।
उनले २०७४ फागुन तया संसदमा पेश भएका कयौं विधेयक छलफलमै नलगिएको, सरकारको तर्फबाट प्रस्तुत गरिएका प्रस्तावलाई निर्णयार्थ पेश नगरी अनावश्यक गोलचक्करमा फसाइएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।