काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संस्था, तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीलाई हृदयघात भएको छ।
उनको महाराजगञ्जस्थित् त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ।
नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष समेत रहेका शाहीलाई आइतबार राति ११ बजे हृदयाघात भएको थियो। उनको गएराति नै अप्रेसन गरिएको छ।
नेता शाहीको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।