• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

फेरि छोपियो फर्किएको ‘विजेता छवि’

64x64
नेपाल लाइभ सोमबार, फागुन ३, २०७७  ०८:३०
1140x725

काठमाडौं– इंग्लिस प्रिमियर लिगमा विजेता लिभरपुलले यो सिजन २४ खेल खेल्दा ६ खेल हारेको छ। जुन यसअघिका दुवै सिजनमा भएको हारभन्दा बढी हो। लिगमा लामो बाटो अझै बाँकी रहेपनि ढलमलाएको लिभरपुलमा मैदानको अवस्थाले चिन्ता गर्नुपर्ने विषय थपिइरहेका छन्। 

गएको सिजन ३० वर्षपछि प्रिमियर लिग उपाधि जित्दा लिभरपुलको ९९ अंक थियो। जहाँ ३ खेल हारेको लिभरपुल दोस्रोमा रहेको म्यानचेस्टर सिटीभन्दा १८ अंकले अघि थियो। त्यसअघि २०१८–१९ को सिजन म्यानचेस्टर सिटीले ९८ अंकसहित लिग जितेको थियो। जहाँ दोस्रोमा रहेको लिभरपुलको ९७ अंक थियो। त्यो सिजन लिभरपुल एक खेलमा मात्र पराजित भएको थियो। 

प्रिमियर लिगमा पछिल्लो तीन खेलमा ब्राइटनसँग १–०, म्यानचेस्टर सिटीसँग ४–१ र लेस्टर सिटीसँग ३–१ ले पराजित हुँदा पहिले जस्तो लिभरपुलको डिफेन्समाथि मात्र प्रश्न छैन। लेस्टरसँगकै खेलमा ६७औँ मिनेटमा सलाहको गोलमार्फत बनाएको अग्रता जोगाउन नसक्नु तालमेलको कमि थियो। जसले आठ मिनेटमा तीन गोल खान पुग्यो।  

२०१९–२० को सिजनमा लिभरपुलले ३३ गोल खाएको थियो। यो सिजन २४ खेलमा नै ३२ गोल खाइसकेको छ। पछिल्ला दुई खेलमा नै लिभरपुलले ७ गोल खायो। चोटले सताइएको टिम भएपनि यो संख्या विजेता लिभपुलका लागि सुहाउँदो होइन। यसैले पछिल्लो अवस्थापछि प्रशिक्षक योर्गेन क्लोपले यो सिजन लिभरपुलको उपाधि भिडन्त सकिएको बताएका छन्। 

गएको सिजन ३० वर्षपछि प्रिमियर लिग उपाधि जित्दा र त्यसअघिको सिजन च्याम्पियन्स लिग उपाधि जित्दा प्रशिक्षक क्लोपले टिममा लगातार खुसी फर्काएका थिए। जुन उनी प्रशिक्षकका रुपमा लिभरपुल आउँदाको योजना सफल भएको प्रमाण थिए।

सन् २०१५ को अक्टोबर ८ मा लिभरपुलको प्रशिक्षक नियुक्त हुँदा क्लोपले भनेका थिए, ‘हामीले शंका गर्नेहरुलाई विश्वास गर्न सक्ने बनाउनुछ।’ नभन्दै क्लोप र उनको प्रशिक्षणमा रहेको लिभरपुलले लगातार दुई सिजनको अवस्थाले शंकालाई विश्वासमा बदलेको नै थियो। अहिलेको अवस्थामा भने त्यो आश पूरा भइरहेको छैन। 

सन् १८९२ देखि १९९२ सम्म इंग्ल्यान्डको माथिल्लो डिभिजनलाई ‘फुटबल लिग फस्ट डिभिजन’ का नामले चिनिन्थ्यो। जसमा १९००–०१ मा लिभरपुलले पहिलो उपाधि जितेको थियो। त्यसपछि १९०५–०६, १९२१–२२, १९२२–२३ लिग जित्यो। १९३९ देखि दोस्रो विश्वयुद्धका कारण रोकिएको लिग १९४६–४७ को सिजनमा हुँदा उपाधि लिभरपुलले नै जितेको थियो। 

त्यसपछि भने लिभरपुलले उपाधि जित्न १७ वर्ष पर्खनुपर्‍यो। १९६३–६४ को सिजनमा र त्यसपछि १९६५–६६, १९७२–७३ मा उपाधि जितेको लिभरपुलले त्यसपछिको लामो समय एकछत्र राज गरेजस्तो भयो। १९७५–७६, १९७६–७७, १९७८–७९, १९७९–८०, १९८१–८२, १९८२–८३, १९८३–८४, १९८५–८६, १९८७–८८ हुँदै १९८९–९० मा लिभरपुलले १८ पटक उपाधि जितिसकेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

यो सिजनको सुरुवाती खेलमा लिभरपुलले आफ्नो उपाधि रक्षा गर्ने लक्षण देखाएको थियो। अहिले शीर्षमा रहेको म्यानचेस्टर सिटी लेस्टरसँग ५–२ ले हारेको खेलपछि त धेरैले लिभरपुलको बाटो खुला भएको विश्लेषण सुरु गरिसकेका थिए। तर अवस्था उस्तै रहेन। सिटीमा सुधारको संकेत मैदानमा देखिँदै गयो, जहाँ लिभरपुलमा कठिन समय थपियो। 

लिभरपुल अहिले लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडभन्दा पछि छ। लेस्टरको २४ खेलमा ४६ अंक छ भने म्यानचेस्टर युनाइटेडको २४ खेलमा ४६ अंक नै छ। लिभरपुलको २४ खेलमा ४० अंक छ। शीर्षमा रहेको म्यानचेस्टर सिटीको २३ खेलमा ५३ अंक छ। लिभरपुलभन्दा तल रहेका चेल्सी र वेस्टहामको २३ खेलमा समान ३९ अंक छ। 

लेस्टरसँगको खेलअघिसम्म उपाधि जित्ने प्रश्नमा प्रशिक्षक क्लोप आफूहरुको सम्भावना अझै रहेको र हरेक खेलमा विचार गर्दै जाने बताइरहेका थिए। तर लेस्टरसँगको हारपछि भने उनले उपाधिमाथिको आश छाडेको प्रतिक्रिया दिए। पछिल्ला खेलहरुमा संषर्घ गरिरहेको लिभरपुलका लागि आत्मबल कमजोर हुने अवस्था लेस्टरको खेलपछि नै आइपरिदियो। 

अहिले शीर्षमा रहेको म्यानचेस्टर सिटी लेस्टरसँग ५–२ ले हारेको खेलपछि त धेरैले लिभरपुलको बाटो खुला भएको विश्लेषण सुरु गरिसकेका थिए। तर अवस्था उस्तै रहेन। सिटीमा सुधारको संकेत मैदानमा देखिँदै गयो, जहाँ लिभरपुलमा कठिन समय थपियो। 

कोरोना माहामारीका कारण टिमहरुले सिजनअघिको तयारी राम्ररी गर्न पाएनन्। लगातार धेरै खेल खेल्नुपर्दा चोटको समस्या पनि बढिरहेको छ। त्यसैको ठूलो मारमा लिभरपुल पनि परिरहेको देखिन्छ। इभर्टनसँगको खेलमा घाइते हुन पुगेका डिफेन्डर भर्जिल भ्यान डाइकले त्यसअघि दुई सिजनदेखि प्रिमियर लिगमा सबैजसो खेल खेलिरहेका थिए। जसले आवश्यक आरामको समय समेत रहेन। 

विजेता टिममा वैकल्किप खेलाडीको कमि हुनु राम्रो विषय होइन। लिभरपुलको डिफेन्समा देखिएको समस्यामा विकल्प को भन्ने उत्तर मिलिसकेको छैन। सेन्टर ब्याकमा जोर्डन हेन्डरसन र फाबिन्होलाई प्रयोग गरिरहँदा मिडफिल्डमा पासको शैली पनि बिग्रिएको छ। त्यसको असर लिभरपुलले खेल्ने ‘प्रेसिङ’ फुटबलमा पनि परेको छ। 

क्लोप प्रशिक्षकका आउँदा सुरुमा लिभरपुल ४–२–३–१ को फर्मेसनमा धेरै खेलिरहेको हुन्थ्यो। जसमा उनको विशेष ‘काउन्टर प्रेस’मा खेलाडीले ध्यान दिन्थे। २०१८–१९ को सिजनमा ४–३–३ को शैलीमा पनि लिभरपुलले राम्रो नै गरेको हो। जसमा बलमाथिको नियन्त्रणको समयमा अझ सुधार भएको देखिन्थ्यो। अहिले भने खेलका दौरान मिडफिल्डमा खेलाडी संख्या बढाएर अटयकमा बढ्ने शैलीमा राम्ररी काम हुन सकिरहेको देखिँदैन। 

योर्गेन क्लोपले नै यो सिजन लिभरपुलले उपाधि जित्ने आश मारेको देखिँदा म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाले भने लिभरपुलले अझै आफूहरुलाई भेट्न सक्ने बताएका छन्। शनिबार राति टोटनह्यामलाई ३–० ले हराएको खेलपछि प्रशिक्षक गार्डिओलाले भनेका छन्– ‘लिभरपुलले लेस्टरसँग खेलेको खेल हेर्दा उनीहरु अझै माथि आउन सक्ने देखिन्छ नै। यो त्यही नै लिभरपुल हो जसलाई हामीले गएको सिजन भेटेका थियौँ। उनीहरुको खेल स्तर अझ उस्तै नै छ, बक्समा गोलमा देखिने प्रहार मात्र कमी आएको हो।’ 

हुन त गार्डिओलाको यो भनाइमा आधारहरु भन्दा लिभरपुल र क्लोपप्रतिको उनको सम्मान बढी देखिन्छ। होइन भने लिभरपुलले उपाधिमा प्रतिस्पर्धा दिन सक्ने आधार कमजोर भइरहेको छ। क्रिसमसको समयमा खेल रोकिनुअघिसम्म शीर्ष स्थानमा रहेको लिभरपुलले त्यसपछि १० खेलमा दुई खेल मात्र जितेको छ। जसमा पाँच खेल हारेको छ भने तीन खेल बराबरी खेलेको छ। 

अहिलेकै समयलाई हेर्दा बिबिसीका फुटबल लेखक फिल म्याकनल्टी लिभरपुलका लागि अब शीर्ष चारमा पर्ने संघर्ष भइरहने विश्लेषण गर्छन्। उपाधि विजेताको छवि बनाएको लिभरपुलका लागि शीर्ष चारभित्र पर्ने संघर्ष सुखद पक्कै हुने छैन।

प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
असंलग्न आन्दोलनको स्मरण सभामा सहभागी हुन परराष्ट्र मन्त्री खनाल सर्बिया जाने
निर्मल पुर्जाको अन्त्येष्टिमा सहभागी हुन इन्दिरा रानामगर बेलायत प्रस्थान
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारका नाममा ‘कारण देखाऊ’ आदेश
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
असंलग्न आन्दोलनको स्मरण सभामा सहभागी हुन परराष्ट्र मन्त्री खनाल सर्बिया जाने सोमबार, भदौ ८, २०८३
निर्मल पुर्जाको अन्त्येष्टिमा सहभागी हुन इन्दिरा रानामगर बेलायत प्रस्थान सोमबार, भदौ ८, २०८३
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारका नाममा ‘कारण देखाऊ’ आदेश सोमबार, भदौ ८, २०८३
२७ सहसचिवको सरुवा : को कहाँ पुगे ? सोमबार, भदौ ८, २०८३
ट्रम्पको आर्थिक युद्ध घोषणासँगै विश्व बजारमा तेलको मूल्य घट्यो सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्