• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पढाइको प्रतिस्पर्धाले जुराएको प्रेम

कमला गुरुङ आइतबार, फागुन २, २०७७  ०८:००
1140x725

प्रेमलाई न जातले रोक्छ न धर्मले। माया त केवल माया हो। यसको गतिलो उदाहरण हो, डा ऋषि विष्ट र डा लैला तामाङ ताङबेतानीको जोडी। 

दुवै फरक जात अनि संस्कृतिका हुन्। तर प्रेम गर्न उनीहरुलाई न जातले छेक्यो न धर्मले। दुवै फरक पृष्ठभूमिका भए पनि उनीहरु आज एक हुन सफल भएका छन्।  

दुवै जना जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा एमबिबिएस अध्ययन गर्थे। उनीहरुको पहिलो भेट सन् १९९९ मा त्यही कलेजमै भएको थियो। चिनजान नभए पनि पहिलो भेटमै उनीहरुले एकअर्कालाई याद गरेका थिए। 

डा लैलाले मुस्कुराउँदै भनिन्, ‘हाम्रो पहिलो भेट कलेजमै भएको हो। तर पहिलो भेटमै हामीले एक अर्कालाई याद गरेका थियौं।’ 

दुवै जना पढाइमा अब्बल थिए, अनि एक अर्काको प्रतिस्पर्धी पनि। परीक्षामा कसले बढी अंक ल्याउने भनेर प्रतिस्पर्धा हुन्थ्यो। डा ऋषि भन्छन्, ‘हामी दुवै जना एक अर्काको प्रतिस्पर्धी हौं जस्तो लाग्थ्यो। दुवै जनाबीच टक्कर हुन्थ्यो, कसले बढी नम्बर ल्याउने भनेर।’ 

उनीहरु बीचको यो प्रतिस्पर्धा र टक्कर कतिखेर मायामा परिणत भयो, थाहै भएन। ‘टक्कर हुँदाहुँदै हामी एक अर्कालाई माया गर्न थाल्यौं। एकअर्काको लागि सही छौं भन्ने महसुस हुन लाग्यो,’ डा लैलाले भनिन्। 

डा लैलाको सिधा र स्पष्ट कुरा गर्ने तरिका, परिपक्वताले प्रभाव पारेको डा ऋषि बताउँछन्। डा लैलाले ठट्याउलो पारामा भनिन्, ‘मलाई उसको केही पनि मन पर्दैन। (लामो हाँसोपछि) जिस्केको मात्र, उसको कुरा गर्ने शैली नै मलाई सबैभन्दा बढी मन परेको हो।’

एकअर्का प्रतिको यो महसुस प्रेम हो भन्ने ठम्याउन उनीहरुलाई एक वर्ष लाग्यो। त्यो समय ऋषि २० र लैला १९ वर्षका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

उनीहरुको पहिलो डेट भ्यालेन्टाइड डेमा भएको थियो। भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस। प्रेमिल जोडीका लागि विशेष दिन। 

पहिलो डेट अनि पहिलो भ्यालेन्टाइन डे भएर पनि होला, उनीहरु निकै उत्साहित थिए। भ्यालेन्टाइन डेको लागि उनीहरुले एक हप्तादेखि नै योजना बुनिरहेका थिए। 

त्यो दिनलाई उनीहरु विशेष बनाउन चाहन्थे। तर कलेज बिदा थिएन। त्यसैले कलेज बंक गरेर भए पनि उनीहरुले अर्काको लागि समय निकाले। 

डा लैला भन्छिन्, ‘त्यो दिनको महत्व, योङ हार्ट अनि भर्खर हुँदै गएको रिलेसनसिप। त्यो जोसमा हामी कलेज बंक गरेर घुम्न गएका थियौं।’ यति भन्दाभन्दै दुवै जना एक छिन बेस्सरी हाँसे। 

डा लैलाले उनलाई बेलुन उपहार दिएकी थिइन् अनि डा ऋषिले रातो गुलाफको फूल। डा ऋषि मुस्कुराउँदै भन्छन्, ‘मलाई त्यो दिन आज पनि याद छ। उसले दिएका बेलुन मैले मेरो पूरै कोठामा सजाएको थिएँ।’

उनीहरु यसरी नै एक अर्काको मायामा डुब्दै गए। एक अर्कालाई दुःखसुखमा साथ दिने कसम पनि खाए। घरमा भने उनीहरुको विवाहको कुरा चल्न थालिसकेको थियो। 

भन्छन्, ‘हामी प्रेममा भए पनि विवाह हुने कुरामा पक्का थिएनौं। किनभने हाम्रो जात र धर्म दुवै फरक थियो। परिवारले सम्बन्धलाई कसरी लिन्छन्? स्वीकार्छन् या स्वीकार्दैनन् भन्ने ठूलो डर र चिन्ता थियो। 

परिवारलाई आफ्नो सम्बन्धको बारेमा बताउन उनीहरुलाई निकै अप्ठ्यारो भयो। तर जब घरमा दुवैले एकअर्काको बारेमा बताए तब उनीहरु अचम्ममा परे। किनभने उनीहरुको परिवारले दुवैलाई सहज रुपमा स्वीकारेका थिए। 

डा लैला भन्छिन्, ‘हामी एकअर्का बिना बाँच्न नसक्ने अवस्थामा पुगिसकेका थियौं। तर दुवै फरक पृष्ठभूमिका भएकाले घरमा कसरी बताउने होला भनेर ठूलो चिन्तामा थियौं। तर दुवैको परिवारले हाम्रो सम्बन्धलाई सहज रुपमा स्वीकार्नु भयो।’

दुवै जनाको परिवार शिक्षित भएकाले विवाहमा कुनै समस्या नभएको उनीहरु बताउँछन्। परिवारले सहज रुपमा स्वीकार्नुलाई उनीहरुले आफूप्रतिको विश्वास भएको बताए। अन्ततः आठ वर्षको लामो सम्बन्धपछि सन् २००७ मा उनीहरु विवाहको बन्धनमा बाँधिए। उनीहरुको विवाह दुवैको संस्कृति अनुसार भएको थियो। अहिले उनीहरुको दुई छोरा छन्। 

डा ऋषि राष्ट्रिय ट्रमा सेन्टरमा सिनियर कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जनका रुपमा कार्यरत छन् भने डा लैला सिनियर कन्सल्ट्यान्ट डर्माटोलोजिस्टको रुपमा वीर अस्पतालमा कार्यरत छिन्। दुवै जना दिनभर व्यस्त हुन्छन् तर एकअर्काको लागि थोरै समय पनि उनीहरुको लागि धेरै महत्व राख्छ। 

भन्छन्, ‘अहिले दुवैमाथि धेरै जिम्मेवारी छ। दिनभर काममा व्यस्त हुन्छौं। तर बिहान र बेलुकी अस्पताल जाँदा सँगै हुन्छौं। त्यो पनि धेरै महत्व राख्छ।’

यो वर्षको प्रेम दिवस पनि विशेष तरिकाले मनाउने उनीहरुको योजना छ। २० वर्षअघिको प्रेम र अहिलेको प्रेममा कुनै परिवर्तन नभएको उनीहरु बताउँछन्। भन्छन्, ‘प्रेम अभिव्यक्त गर्ने तरिका मात्र फरक भएको हो। माया त्यो बेला पनि थियो, अहिले पनि उत्तिकै छ।’

उनीहरुबीच झगडा नहुने होइन। स–साना कुरामा पनि झगडा परिरहन्छ। तर त्यो झगडामा उनीहरु एकअर्काको लागि माया पाउँछन्। सम्बन्धलाई बलियो बनाउन विश्वास र माया सबैभन्दा महत्वपूर्ण भएको उनीहरुले बताए। 

प्रेमलाई उनीहरु दुई शब्दमा व्याख्या गर्छन्, ‘प्रेम आत्मसम्मान र आत्मसमर्पण हो।’

प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  ०८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्