काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईद्वारा लिखित ‘गुमनाम आमाहरूको कथा’ लोकार्पण भएको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपाका नेता अशोक राई, मीना पौडेल र तुलनारायण साहले काठमाडौंमा संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन्।

चार भागमा विभाजित पुस्तकको अधिकांश विषयवस्तु तत्कालीन माओवादी ‘जनयुद्ध’को सन्दर्भ जोडिएको छ। जटिल सामाजिक संरचनाको चर्चा पनि पुस्तकमा गरिएको छ।
‘जनयुद्ध’ दिवसकै अवसरमा सार्वजनिक गरिएको पूस्तकको मूल आधार सशस्त्र विद्रोहमा केन्द्रित छ। सहिद, बेपत्ता, बन्दीका विषयमा पनि पुस्तकमा चर्चा गरिएको छ।
पुस्तकको सार्वजनिक गर्ने क्रममा लेखक तुलनारायण साहले युद्ध साहित्यका रुपमा पूस्तकलाई अर्थ्याए। सार्वजनिक कार्यक्रममा बोल्दै डा मिना पौडेलले पुस्तकले रुवाइएको बताइन्। ‘पहिलोपटक पढ्दा बेस्सरी रोएँ,दोश्रोपटक पढ्दा आक्रोशित पनि भएँ,’ उनले भनिन्। जसपा नेता अशोक राईले संविधान माथि प्रहार भएकाले ‘जनयुद्ध जारी रहेको’ बताए।
कांग्रेस वरिष्ठ नेता पौडेलले युद्धकालिन समय स्मरण गरे। युद्धका बेलामा आफ्नो घरमा आएका माओवादी कार्यकर्तालाई आमाले भनेको स्मरण गर्दै भने,‘मेरो छोरो पनि राजनीति गर्छ। तिमीहरू पनि राजनीति गर्छौं। मेरो छोरोसँग अरू डराउँदैनन्। तिमीहरूसँग किन डराउँछन्?’
पुस्तक लोकार्पणमा नेकपा अध्यक्ष प्रचण्डले पुस्तक सार्वजनिकलाई मात्रै अर्थ्याउन नहुने बताए। संविधानमाथि प्रहार भएकाले सबै शक्ति एक स्थानमा आएर प्रतिवाद गर्ने संकल्पको दिन समेत भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।