पर्सा- वीरगञ्ज महानगरपालिकाको मेयरमा संघीय समाजवादी फोरमका उम्मेदवार विजय सरावगी जित नजिक पुगेका छन्। अन्तिम ७ सय मत गणना गर्न बाँकी रहँदा सरावगीले २ हजार २ सय ७ मतले अग्रता लिएका छन्। गणना गर्नुपर्ने मतभन्दा बढी मतले अग्रता लिएपछि संघीय समाजवादी फोरमका कार्यकर्ताले सरावगीलाई फूलमाला र अवीर लगाएर खुसी मनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।