काठमाडौं- भारतीय तस्करले नेपाली भूमिको बालुवा तस्कर गरी लैजाने क्रममा सशस्त्र प्रहरी बलले रोक्दा पर्सामा झडप भएको छ। झडपबाट दुई जना सशस्त्र प्रहरी घाइते भएका छन्।
घाइते हुनेमा आयुष राय यादव र नरेश यादव रहेको सशस्त्रका प्रवक्ता राजु अर्यालले बताए। उनीहरुको अवस्थामा सामान्य रहेको र नारायणी अस्पताल वीरगञ्जमा उपचार भइरहेको सशस्त्रले जनाएको छ।
पर्साको जगरनाथपुर गाउँपालिका–१ पिपडारीमा पर्ने ओरिया खोलाबाट बालुवा तस्करी गरी भारतीय तस्करले भारत लैजान लागेपछि प्रहरीले रोक्दा झडप भएको हो। सो क्षेत्रबाट हरेक वर्ष भारतीय तस्करले बालुवा तस्करी गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।