• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विप्लव, वैद्यसहित संसदीय व्यवस्था नमान्ने चार कम्युनिस्ट पार्टीले गर्दैछन् एकताको तयारी

64x64
वीरेन्द्र ओली शुक्रबार, माघ ३०, २०७७  ११:२४
1140x725

काठमाडौं- संसदीय व्यवस्था नमान्ने चार कम्युनिस्ट पार्टीले आन्दोलनको मोर्चा बनाएपछि दीर्घकालीन रुपमा एकता गर्ने तयारी गरेका छन्। यसरी रणनीतिक मोर्चा बनाउनेमा नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र ऋषिराम कट्टेल नेतृत्वको नेकपा रहेका छन्। बिहीबार काठमाडौंको प्रज्ञा भवनमा चार पार्टीका नेता कार्यकर्ताकाबीच रणनीतिक संयुक्त मोर्चाको घोषणा भइसकेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि संसद बाहिर भएका चार पार्टीले संसदीय व्यवस्था असफल भएको ठहर गर्दै रणनीतिक मोर्चा बनाउने तहमा पुगेका हुन्। प्रतिनिधि सभा विघटनपछि सत्ताधारी नेकपा संसद पुनर्स्थापना गर्ने वा नगर्ने विषयमा सडक संघर्षमा गएपछि चार कम्युनिस्ट पार्टी संयुक्त मोर्चा बनाउन भेटघाट र छलफललाई तिब्रता दिएका हुन्।

संयुक्त रणनीतिक मोर्चा बनाउने विषयमा वैद्यले विप्लवलाई भूमिगत रुपमा भेटेपछि सम्भव भएको क्रान्तिकारी माओवादी एक नेताले बताए। ‘विप्लव कमरेडहरु प्रतिबन्ध तोडेर शान्तिपूर्ण मुलधारको संघर्षमा आउँन इच्छुक हुनुहुन्छ। यता संसद बाहिर भएका वैद्य, आहुति, कट्टेलको अवस्था उस्तै हो’ ती नेताले भने, ‘यस्तो संकटपूर्ण अवस्थामा लामो छलफल र बहसपछि रणनीति मोर्चा हुँदै एकतामा जानेगरी सहमति भयो।’

त्यसपछि मात्रै चार पार्टीको लामो बहस छलफलपछि गएको पुस १४ गते रणनीतिक मोर्चा बनाउने सहमति गरेका थिए। रणनीतिक मोर्चा बनाउने सहमति भए लगत्तै माघ १ गते चारै पार्टीले हस्ताक्षर गरी विप्लव नेतृत्वको नेकपा नेता धमेन्द्र बास्तोललाई पक्राउ गरेकोमा आपत्ति जनाए।

रणनीतिक मोर्चा बनाउने घोषणापछि संयुक्त मोर्चाको पहिलो चरणका संघर्षका कार्यक्रममा जनसभा र विरोध पदर्शन गर्ने भएका छन्। चारै पार्टीले पहिलो आमसभा फागुन ६ गते बुटवलमा, फागुन १४ गते धनगढीमा र फागुन १८ गते इटहरीमा गर्ने भएका छन्। चारै पार्टीका नेता/कार्यकर्ता उपस्थित गराएर सरकारले गरेका नराम्रा कामको भण्डाफोरसँगै संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादका विषयमा नेताहरु आमजनतासमक्ष राख्ने तयारी गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

बिहीबार राण्नीतिक मोर्चा घोषणा कार्यक्रममा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले संयुक्त मोर्चा बनाउन निक्कै मिहिनेत गरेको बताउँदै आफू निक्कै खुशी भएको बताए। संसदीय व्यवस्था पूर्ण रुपमा असफल भई कामै गर्न नसक्ने अवस्थामा पुगेको वैद्यले दाबी गरे। ‘ओलीजीले प्रतिनिधि सभा विघटन गरेर मात्रै होइन। पुरै संसदीय व्यवस्था असफल भइसक्यो। अब संसदीय व्यवस्थाले काम गर्न सक्दैन’ वैद्यले भने, ‘उहाँ (केपी ओली)ले समाजवाद भन्ने समृद्ध नेपाल र सुखी नेपालीको कुरा गर्ने, सिरानी हाल्ने साम्रज्यवादी उदारवाद। यस्तो ढाँट कुरा कदापि टिक्दैन।’ 

रणनीतिक मोर्चा घोषणा कार्यक्रममा बोल्दै वैज्ञानिक समाजवादी पार्टीका संयोजक विश्वभक्त दुलाल ‘आहुति’ले रणनीतिक मोर्चालाई सामान्य रुपमा नलिन नेता कार्यकर्तालाई आग्रह गरे।‘हामीले यसअघि बनाएका संयुक्त मोर्चा जस्तो होइन। यो रणनीतिक मोर्चा हो। यो संसदीय व्यवस्थाको विकल्प दिने रणनीति हो’, आहुतिले भने, ‘अब सबै संघर्षका कार्यक्रम संयुक्त रुपमा हुन्छन्। संघर्षका कार्यक्रमसँगै दीर्घकालीन रुपमा एकता गर्नेगरी सोचिएको छ।’

देशमा प्रतिगमन पुस ५ गते नभएर संविधान निर्माण हुने बेलादेखि नै सुरु भएको आहुतिले बताए। ‘पुुस ५ गते प्रतिगमन संसदवाद मान्ने प्रचण्डहरुलाई भएको हो। हामीलाई संविधान लेख्ने बेलादेखि नै भयो’, अहुतिले भने, ‘जब सबै जातजाति क्षेत्र, लिङ्ग, वर्ग, समुदायलाई अधिकार दिएन त्यति बेला प्रतिगमन भयो। अब संयुक्त मोर्चाबाट हुने आन्दोलनबाट मात्रै गुमेको प्रतिगमन फिर्ता हुन्छ।’ यस्तै विप्लव नेतृत्वको नेकपा निकट नेता गुणराज लोहनीले देशमा प्रतिगमन पुस ५ गते नभएर जनमुक्ति सेना विघटन गरेको दिनदेखि भएको बताए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

विप्लवमाथिको प्रतिबन्ध फिर्ता गर्न आग्रह
सरकारले विप्लव नेतृत्वको नेकपालाई लगाएको प्रतिबन्ध फिर्ता लिन वैद्यले माग गरे। उनका नेता कार्यकर्तालाई पक्राउ गरेर जेल राखिएकाले तत्काल रिहाई गर्न  वैद्यले आग्रह गरे।

‘विप्लवले नेतृत्व गर्नु भएको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध तुरुन्त हटाइयोस्। नेकपा नेता/कार्यकर्ता जेलमा राखिएको छ। ती नेता/कार्यकर्ताहरुलाई तुरुन्त रिहाइ गरियोस्। तेस्रो कुरा यी उहाँहरुले उठाएका मुद्दा राजनीतिक मुद्दा हुन्। राजनीतिक मुद्दा भएकाले राजनीतिक ढंगले समाधान गरियोस्’ वैद्यले भने, ‘खाँटी कम्युनिस्ट कुन हो यहाँ बहस छ। ओलीले आफूलाई खाँटी कम्युनिस्ट भन्नु हुन्छ। प्रचण्ड-माधव समूहले ओलीलाई नक्कली भन्नुहुन्छ। हामीले दुबै पक्षलाई नक्कली भन्छौं। यदी सक्कली कम्युनिस्ट हौ भने विप्लवमाथि प्रतिबन्ध लगाउनु पर्ने कारण के छ ?’

झापा विद्रोहदेखि जनयुद्ध लगायत विभिन्न आन्दोलनमा भएका शहीदको रगतको आहलमा बसेर ओली-प्रचण्डहरुले राजनीति गरेको वैद्यले बताए। ओली पक्ष र प्रचण्ड–नेपाल पक्षले कुनै सैद्धान्तिक नभएर व्यक्तिगत स्वार्थ मात्रै हेरेको बताए। आफूलाई सक्कली कम्युनिस्ट भन्नेले राष्यिट्रयता, जनतन्त्र जनजीवीका मुद्दाहरु हल गर्न नसकेपछि आफूहरु संघर्षमा होमिनु परेको वैद्यले बताए। 

प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  ११:२४
  • #नेकपा
  • #एकता
  • #विप्लव
  • #वैद्य

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) सातै प्रदेशका मुख्यमन्त्रीहरूले सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रदेशको अधिकार, प्रशासनिक संरचना र स्रोतसाधन हस्तान्तरण गर... बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधवार संसदीय सुनुवाइ समितिमा आफ्नो योग्यता, अनुभव तथा कार्य योजना प्रस्तुत गर्दै उनले दुई देशबीचको सात दशक लामो ऐतिहासिक सम्बन्धलाई... बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरुले आरक्षणको आधारमा सिफारिस हुनुभएको हो ? भन्ने आरोपपछि यस्तो जवाफ दिए... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्