• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

अधिक स्क्रिन समयले बाल स्वास्थ्य र विकासमा ल्याउने प्रभाव

सन्जु बास्तोला/डा विमला शर्मा बुधबार, माघ २८, २०७७  ०९:००
1140x725

अपर्याप्त शारीरिक गतिविधि नसर्ने रोगहरूको एउटा प्रमुख कारण हो। विज्ञान र प्राविधिक प्रगतिको साथसाथै संसारभरी नै बच्चाहरूमा टिभी हेर्ने, मोबाइल तथा अन्य स्क्रिनयुक्त इलेक्ट्रोनिक उपकरण प्रयोग गर्ने समय बढ्दै गएको छ। खेल्ने, कुद्ने, उफ्रिने,र अन्य शारिरिक रुपमा सकृय रहने समय कम हुँदैछ।

टेलिभिजन हेर्न, भिडियो गेम खेल्न, र अन्य स्क्रिनयुक्त इलेक्ट्रोनिक उपकरणको (जस्तै स्मार्टफोन वा ट्याब्लेट इत्यादी) प्रयोग गर्नमा खर्च हुने समयलाई स्क्रीन समय भनिन्छ। 

पहिलेको तुलनामा आजकलको बच्चाहरूसँग स्क्रिनयुक्त इलेक्ट्रोनिक उपकरणको सजिलै पहुँच छ। आजकल धेरै अभिभावकहरूले आफ्ना बच्चाहरूलाई खाना खुवाउन, घरभित्रै राख्न वा आफ्नो लागि समय निकाल्नको लागि बच्चाहरूलाई स्मार्ट फोन र टेलिभिजन जस्ता उपकरणहरू प्रस्ताव गर्दछन्। 

बढ्दो सहरीकरण,घर वरिपरी खाली ठाउँको कमी, सार्वजनिक खेल मैदानको अभावका कारण पनि धेरै बच्चाहरू बाहिरी गतिविधिहरूबाट वञ्चित छन्। अर्कोतिर अभिभावकहरू आफ्ना बच्चाहरूलाई ट्राफिक र सुरक्षाका कारणले गर्दा बाहिर पठाउन चाहदैनन्। 

फलस्वरुप, अहिले बच्चाहरू घन्टौ घण्टा एकै ठाउँमा बसेर टिभी हेर्ने,  स्मार्टफोन वा ट्याब्लेट चलाउने, भिडियो गेम खेल्ने गर्दछन् ।

अब प्रश्न आउँछके अधिक स्क्रीन समय हाम्रो बच्चाहरूको शारीरिक, मानसिक र सामाजिक विकास लागि हानिकारक छ?यदी हो भने दैनिक  कतिसम्मको  स्क्रीन समयलाई बच्चाहरूको लागि ठीक मानिएको छ?            

विश्व स्वास्थ्य संगठनले फरक फरक उमेरका बच्चाहरूको लागि फरक फरक स्क्रीन समय सिफारिस गरेको छ।

(१) १८महिना सम्मको बच्चाहरूको लागि परिवारको सदस्यसँग भिडियो कल गर्ने बाहेक कत्ती पनि स्क्रिन समय सिफारिस गरिएको छैन। त्यसैले कुनै पनि स्क्रिनयुक्त इलेक्ट्रोनिक उपकरण दिनु हुँदैन ।

Ncell 2
Ncell 2
nimb
nimb

(२) १८ देखी २४ महिनासम्मको बच्चाहरूको लागि दिनको एक घण्टा भन्दा कम स्क्रिन समय सिफारिस गरिएको छ।

(३) ३ देखि ५ बर्षसम्मको बच्चाहरूले दिनको एक घण्टासम्म स्क्रिनयुक्त इलेक्ट्रोनिक उपकरण प्रयोग गर्न सक्ने कुरा उल्लेख गरिएको छ।

(४) ६ देखी १० बर्ष उमेरको बच्चाहरूले दिनको दुई घण्टा भन्दा कम समय स्क्रिनयुक्त इलेक्ट्रोनिक उपकरण प्रयोग गर्न सक्छन्।

(५) त्यसैगरी, ११वर्ष र सो भन्दा बढी उमेरको किशोर-किशोरीहरूको लागि दिनको दुई घण्टा सम्मस्क्रिन समय सिफारिस गरिएको छ।

Xtrem

Xtrem

यसरी तोकिएको समय भन्दा बढी समय स्क्रीनमा बिताउनुलाई अधिक स्क्रीन समय भनिन्छ।

अधिक स्क्रीन समयले बच्चाको शारीरिक, मानसिक, सामाजिक र मनोवैज्ञानिक विकास तथा जिवन उपयोगी ज्ञान र सिप सिकाइमा नकारात्मक असर पार्दछ भन्ने कुरा धेरै अध्ययनहरूले देखाएका छन्। स्क्रिनयुक्त इलेक्ट्रोनिक उपकरणको अधिक प्रयोगबाट हुने केहि असरहरु यहाँ उल्लेख गरिएको छ:

खेलकुदर शारीरिक गतिविधिको लागि कम समय
जब बच्चाहरूले टेलिभिजन हेर्न र स्मार्ट फोनसँग खेल्नमा धेरै समय खर्च गर्छन्, तब उनीहरूसँग खेल र अन्य शारीरिक गतिविधिको लागि कम समय हुन्छ। साथै टेलिभिजन हेर्न र स्मार्ट फोनसँग खेल्नबानी परीसकेपछी उनीहरूले बाहिरी गतिविधिहरूमा कम रुचि राख्ने हुन्छन्।

विश्व स्वास्थ्य संगठनको अनुसार बच्चाहरू र किशोर-किशोरीहरूले हप्ताको सबै दिन कम्तिमा औसत ६० मिनेटका दरले प्रतिदिन मध्यमदेखि जोडदार गहनताको शारीरिक गतिविधि गर्नुपर्छ।

तर, धेरैजसो  बालबालिकाले शारीरिक गतिविधिको सिफारिस गरिएको तह पूरा गर्दैनन्। जुन बालस्वास्थ्य तथा बाल विकासको लागि एउटा ठुलो समस्याको रुपमा देखिएको छ। 

मोटोपनाको जोखिम
टिभी हेर्ने, मोबाइल प्रयोग गर्नेर भिडियो गेमहरू खेल्ने जस्ता गतिहीन गतिविधिमा धेरै समय दिनु  अत्याधिक वजनको लागि एउटा प्रमुख कारण हो। 

हाम्रो समाजमा मोटो बच्चा लाई हृस्टपुस्ट, राम्रो, स्वस्थ मान्ने चलन अझै पनि छ, तर बच्चाहरूको मोटोपनाले धेरै रोगहरुको जोखिम बढाउंछ।
 
जस्को असर किशोर अवस्था हुँदै, युवा, वयस्क र बुढेसकालसम्म रहन्छ। अहिले आएर बच्चाहरूको मोटोपना हाम्रो समुदायमा पनि स्वास्थ्य समस्यामा रुपमा देखिन थालेको छ।

प्राकृतिक अवलोकन र अनुभवबाट सिकिने ज्ञानर सिपबाट वञ्चित
जब बच्चाहरू स्मार्टफोनमा खेलिरहेका हुन्छन्। प्राय उनीहरू वरिपरिको कुनै कुरामा ध्यान दिदैनन्। उनीहरू आफू वरपरको संसारको बारेमा चासो राख्दैनन्। 

स्क्रीनमा देखिएका दृस्यहरु र जानकारीहरुलाई नै वास्तविक ठान्छन्। अत्याधिक स्क्रिन समयले बच्चाहरूको जिवन र जगतको बारेमा जान्नको लागि दैनिक गतिविधिहरूको अवलोकन गर्ने र अनुभव गर्न सक्ने क्षमतालाई अवरोध गर्न सक्छ। जुन बच्चाहरूको समग्र विकासको लागि हानिकारक हुन्छ।

शैक्षिक उपलब्धिहरुमा कमी
धेरै अध्ययनहरुले देखाए अनुसार लामो समय स्क्रीनमा बिताउने बच्चाहरुको स्कूल गतिविधिहरु र शैक्षिक उपलब्धिहरु स्क्रीनमा कम समय बिताउने बच्चाहरुको भन्दा कमजोर पाइएको छ।

व्यावहारिकज्ञान र सामाजिक सीपको अभाव
बच्चाहरू जसले इलेक्ट्रोनिक उपकरणसँग धेरै समय बिताउछन्।  प्रायः उनीहरुमा व्यावहारिक ज्ञान, सामाजिक सीप,र सबै उमेर समुहका मानिससँग अन्तर्क्रिया गर्ने क्षमताको अभाव हुन्छ। 

उनीहरुमाअरूसँग आमनेसामने कुराकानी गर्ने क्षमता र आफ्नो तर्क राख्ने आत्मविश्वासको कमी हुन सक्छ । जसले गर्दा उनीहरु भविष्यमा हुनुपर्ने पारिवारिक, सामाजिक, व्यावसायिक सम्बन्ध कायम गर्न नसक्ने हुन्छन्। यसरी बच्चाहरूले बाल्यावस्थामा सामान्य पारस्पारिक र सामाजिक सीपहरू विकास गरेनन भने भविष्यमा मित्रता, रोजगारर सामाजिक शिष्टाचारको क्षेत्रमा समस्या देखिन सक्छ।

शारीरिक स्वास्थ्य र आँखाको समस्या
जब बच्चाहरूइले क्ट्रोनिक उपकरणको अगाडी लामो अवधिको लागि खराब आसनमा बसिरहेका हुन्छन्। उनीहरुमा विभिन्न प्रकारका शारीरिक स्वास्थ्य समस्याहरू पनि आउन सक्छ। जस्तै मांसपेशी दुख्नु, जोर्नीहरू, घाँटी र काँधमा पिडाहुनु, आँखा दुख्नु र टाउको दुख्नु इत्यादी।

अनियमित निद्रा र निद्राको छोटो अवधि
स्क्रिनले बच्चाहरूलाई राती अबेरसम्म नसुती भिडियो गेमहरू खेल्नको लागि लोभ्याउछ। जब बच्चाहरू इलेक्ट्रोनिक उपकरणहरूमा अभ्यास्त हुन्छन्। तिनीहरू प्राय: ढिलो सुत्ने गर्छन्।

अर्कोतर्फ टेलिभिजन, कम्प्युटर स्क्रीन, फोन र ट्याबलेटबाट निस्किने नीलो बत्तीले मेलाटोनिनको स्तर घटाउन सक्छ। फलस्वरुप, निद्रा ढिलो लाग्ने तथा निद्राको समय छोटो हुन्छ।

हिंसात्मक गतिविधिहरूमा प्रेरित हुने
इलेक्ट्रोनिक उपकरणहरूमा लामो समय बिताउने बच्चाहरु कम समय बिताउने बच्चाहरुको तुलनामा बढी हिंसात्मक र आक्रामक हुने कुरा अध्ययनहरुले देखाएको छ। त्यस्ता बच्चाहरूले आफ्ना समस्याहरू पनि हिंस्रक रूपमा समाधान गर्ने प्रयास गर्छन्।

त्यसैले प्रत्येक आमाबाबु स्क्रिन समयको सीमा र अधिक स्क्रिन समयको हानिकारक असरहरुको बारेमा सचेत हुनुपर्छ। बाल्यकाल देखि नै शारीरिक गतिविधि र सक्रिय जीवनशैलीप्रति बच्चाहरुलाई प्रोत्साहन गर्नुपर्छ।

त्यस्तै स्कूलहरू, नीति निर्माताहरू, योजनाकारहरूले बच्चाहरू र सबै उमेरका मानिसहरूका लागि खेलकुद् र शारीरिक गतिविधिहरू बृद्धि गर्न केही रणनीतिहरू ल्याउनु पर्छ।

(गण्डकी मेडिकल कलेजमा डा शर्मा, सहप्राध्यापक र बास्तोला उपप्राध्यापक रुपमा कार्यरत छन्)

प्रकाशित मिति: बुधबार, माघ २८, २०७७  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान बुधबार, असोज ७, २०८३
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्