• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सहकारी बैंकमा राजनीतिक कित्ताकाट, कांग्रेस निकटको अलग्गै बैंक बनाउने तयारी

64x64
नेपाल लाइभ सोमबार, माघ २६, २०७७  ०६:३४
1140x725

काठमाडौं- सैद्धान्तिक रुपमा स्वायत्त र स्वतन्त्र हुनुपर्ने सहकारी क्षेत्र राजनीतिक पूर्वाग्रह बोकेर अस्वस्थ प्रतिस्पर्धामा उत्रिएको छ। हाल संचालनमा रहेको राष्ट्रिय सहकारी बैंक लिमिटेड र गठनको प्रकृयामा रहेको नेपाल सहकारी बैंक लिमिटेडबीच स्पष्ट राजनीतिक कित्ताकाट देखिएको हो। 

‘राष्ट्रिय सहकारी बैंक’मा बामधारको हालीमुहाली देखिएपछि लोकतान्त्रिक धारको समानान्तर संस्थाका रुपमा ‘नेपाल सहकारी बैंक’ ल्याउने तयारी अहिले चलिरहेको छ। बैंकमात्र नभई समग्र सहकारी अभियानमै लोकतान्त्रिक धार चेपुवामा परेको र नेतृत्व गर्न नसकिरहेको निष्कर्षपछि नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले नयाँ बैंक गठनमा भूमिका खेलेको हो। 

यहि माघ ४ गते नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा काठमाडौं, ललितपुर र भक्तपुरका कांग्रेसनिकट सहकारी संचालक तथा व्यवस्थापकहरुलाई बोलाएर नयाँ सहकारी बैंक गठनका लागि तयारी गर्न उक्त विभागले निर्देशन दिएको थियो। लगत्तै माघ १७ गते सम्पन्न प्रारम्भिक भेलाले सुरेन्द्र भण्डारीको अध्यक्षतामा तदर्थ समिति र कृष्ण मगरको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति गठन गर्‍यो। भण्डारी कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागका सचिव हुन् भने तदर्थ समिति र लेखा सुपरीवेक्षण समितिका सबै सदस्यहरु कांग्रेस निकट छन्।

प्रस्तावित सहकारी बैंकको तदर्थ समितिले आइतबार सहकारी विभागमा दर्ताको प्रस्ताव बुझाउँदा नेपाली कांग्रेस वित्तीय तथा सहकारी संस्था समन्वय विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना पनि सहभागी थिए।

अहिलेको एकमात्र सहकारी बैंकले आफूलाई सोझै बामधार निकट भन्ने बुझाई स्थापित गराएर राजनीतिक पूर्वाग्रह र कित्ताकाटको बिजारोपण गरेको विषय सहकारीकर्मीहरुमाझ विगतदेखि नै चर्चामा छ। यहि कारण आफूलाई समावेशी, व्यवसायिक र राजनीतिक पूर्वाग्रहरहित रहेको जिकिर गरिरहेका दुवै पक्षले अर्को पक्षलाई दल निकटको बिल्ला भने सार्वजनिक रुपमै भिराउने गरेका छन्। अहिले संचालनमा रहेको सहकारी बैंक बामधार र प्रस्तावित सहकारी बैंक लोकतान्त्रिक धार निकट रहको विषय दुवै पक्ष स्वीकार्दैनन्। तर अर्को पक्षको आलोचना गर्दा ‘फलानो दलको सहकारी बैंक’ भन्न उनीहरु धक मान्दैनन्। 

सिद्धान्त पालना र व्यवसायिकतामा आ–आफ्नै दावी 
संचालित र प्रस्ताविक दुवै सहकारी बैंकबीच सिद्धान्तको पालना तथा व्यवसायिकताको मामलामा एकले अर्कोलाई आरोप लगाउने तर आफू चोखिने शैली अपनाएको देखिन्छ। प्रस्तावित सहकारी बैंकको तदर्थ समिति अध्यक्ष सुरेन्द्र भण्डारी सबै पक्षलाई समेटेर आफुहरू व्यवसायिक बैंकका रुपमा स्थापित हुने जिकिर गर्छन्। ‘मेरो कुनै राजनीतिक दलमा आस्था हुनसक्छ। तर संस्थामा राजनीतिकरण हुँदैन। गर्नुहुन्न,’ उनले भने। 

राष्ट्रिय सहकारी बैंकमा राजनीतिकरण भएको विषय भने भण्डारीले घुमाउरो शैलीमा बोले। ‘राष्ट्रिय सहकारी बैंकमा कता–कता त्यो प्रवृत्ति देखिन्छ। तर हामीले त्यसलाई न्यूनीकरण गर्दै जानुपर्छ,’ उनले भने, ‘अहिलेको सहकारी बैंकभन्दा हामी कसरी भिन्न छौँ भनेर हामी चाँडै नै अवधारणापत्र र ५ वर्षे रणनीति सार्वजनिक गर्छौं।’

नेपाल लाइभले यहि विषयमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीसँग कुरा गर्दा उनले पनि राजनीतिक निकटताका आधारमा कित्ताकाट भएको आंशिक रुपमा स्वीकारे। ‘नेपाली कांग्रेसको वित्तीय संस्था तथा सहकारी विभागको अगुवाईमा हरेक हप्ता दुई हप्तामा बैठक बसेर बैंक गठन गर्ने काम अगाडि बढेको हो। तदर्थ समितिका व्यक्तिहरु पार्टीको विभिन्न पदमा रहेको देखियो,’ उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

नयाँ सहकारी बैंकले राजनीतिक प्रतिस्पर्धी मानसिकता भन्दा पनि आवस्यकता महशुस गरेर काम गर्नुपर्ने उप्रेतीको भनाइ छ। ‘सहकारीमा राजनीतिकरण गर्नु हुुँदैन। एकपक्षीय रुपमा नभई समावेशी भएर जानुपर्छ,’ उनले भने, ‘अहिलेको शैलीमा जाँदा त पछि विकृति आउँछ कि भन्ने चिन्ता हो। स्वस्थ प्रतिस्पर्धा गर्नका लागि हामीलाई समस्या होइन। तर विकृती आउँछ कि भनेर आशंका छ।’

राजनीतिक कारणले सहकारी अभियानमा ध्रुवीकरणको स्थीति पैदा नहोस भनेरै बैंकको संचालक समितिमा बिना प्यानल चुनाव गराएको पनि उप्रेतीले दाबी गरे। ‘प्यानलमा चुनाव हुँदा व्यवसायिकता भएन भनेर हामीले पछिल्लो पटकको संचालक समिति प्यानलबिनै निर्वाचित गर्यौं। अहिले उठेको विषय राष्ट्रिय सहकारी बैंकभित्रै बसेर पनि करेक्सन गर्न सकिन्थ्यो। त्यो वातावरण बनाउँदा ठिक हुन्थ्यो,’ उनले भने, ‘यहि कारण सहकारी अभियानमै विकृति नआओस्। तर स्वस्थ प्रतिस्पर्धा गर्नका लागि कुनै समस्या छैन।’

ऐनको व्यवस्थामै त्रुटी 
राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका संस्थापक अध्यक्ष दीपक प्रकाश बाँस्कोटा सहकारी बैंक सम्बन्धी ऐनमा भएको व्यवस्था नै अनुपयुक्त र त्रुटीपूर्ण रहेकाले अहिलेको अवस्था सिर्जना भएको बताउँछन्। 

‘सहकारी ऐन निर्माणको क्रममा नै गलत भएको छ। यो कुरा मैले ऐनको मस्यौदा बनाउने क्रममा नै उठाएको हुँ। ऐनमा सहकारी बैंकसम्बन्धी गलत व्यवस्था राखिएको छ,’ उनले भने, ‘राजनीतिक रुपमा बैंक खोल्न लागिएको मलाई थाहा छैन। तर मैले के मात्र भन्न सक्छु भने सहकारी कुनै दलको हुन सक्दैन। यो निरपेक्ष र समावेशिताको सिद्धान्तमा आधारित हुनुपर्दछ।’

Xtrem

Xtrem

सहकारी ऐन २०७४ को दफा १२ मा सहकारी बैंकको गठन सम्बन्धी व्यवस्था राखिएको छ। उक्त दफाको उपदफा २ मा ‘सहकारी संस्था वा संघको बचत स्वीकार गर्ने, त्यस्तो संस्था वा संघलाई ऋण प्रवाह गर्ने वा बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्य लिई संस्था वा संघ आपसमा मिली नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति लिई सहकारी बैंकहरु गठन गर्न सक्नेछन्,’ भनी उल्लेख छ। 

‘ऐन पारित गर्ने बेलामा सरकारमा दुई प्रकारले लबिङ भयो,’ बाँस्कोटा भन्छन्, ‘एउटा तप्काले साबिकको राष्ट्रिय सहकारी बैंकलाई मात्रै मान्यता दिनुपर्छ भन्यो र अर्को तप्काले त्यस्तै खालको अरु पनि बैंक हुनुपर्छ भनेर लबिङ गर्‍यो,’ उनले भने, ‘यी दुवै बुझाइ गलत थिए। तर सरकारले दुवै पक्षका कुरा सुन्यो र सहकारी ऐनमा प्रचलित कानून बमोजिम बैंकहरु खोल्न सक्नेछन भनेपछि जति पनि बैंक आउन सक्ने भए।’

विद्यमान ऐन संशोधन गरेर सहकारी बैंकसम्बन्धी व्यवस्थालाई राज्यले नसच्याएसमम यस्ता विकृति र अस्वस्थ प्रतिस्पर्धा देखिइरहने बाँस्कोटाको बुझाइ छ।

‘सैद्धान्तिक रुपमै गलत भएको छ। अहिलेको सहकारी बैंकहरु सहकारी सिद्धान्त र प्रणालीमा आधारित छैनन,’ उनले भने, ‘बैंकहरु खोल्न सकिने छ भनेर जुन दफा राखियो त्यहिँ गलत भयो। सजिलो बाटो खोलिदिएपछि जोसुकै पनि आउने भए।’

बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले नियमन सुपरीवेक्षण गरेजस्तै सहकारी बैंकले पनि सबै संस्थाहरुको नियमन सुपरीवेक्षण गर्न सक्ने गरी सहकारी बैंकका लागि छुट्टै ऐन आवश्यक रहेको बाँस्कोटा बताउँछन्। ‘राष्ट्र बैंकले पनि मान्यता दिनेगरी केन्द्रमा एउटा सहकारी बैंक राखेर सबै संस्थाको नियमन, अनुगमन र सुपरीवेक्षणको भूमिकासहित सहकारी बैंकको परिकल्पना भएको हो। तर ऐनले त्यसलाई फरक तरिकाले व्याख्या गर्‍यो।’

अहिले संचालनमा रहेको सहकारी बैंक र प्रस्तावित सहकारी बैंकमा राजनीतिक गन्ध देखिनु सहकारी अभियानकै लागि अभिशाप हुने पनि बाँस्कोटाले बताए। ‘सहकारीमा राजनीतिक दलको गन्ध आयो भन्ने सुनिन्छ। त्यो एकदमै नराम्रो हो। आउनु हुँदैन। जहाँ दल र सरकारको नियन्त्रण हुन्छ त्यो धराशायी हुन्छ। पहिलेको साझा सहकारी जस्तो भएर सकिन्छ,’ उनले भने।

प्रकाशित मिति: सोमबार, माघ २६, २०७७  ०६:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्