• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
साताव्यापी ‘किताब जात्रा’ सम्पन्न, जसराज किराँतीलाई ‘प्रेम साहित्य सम्मान’
64x64
नेपाल लाइभ शनिबार, माघ २४, २०७७  १६:१४
1140x725

काठमाडौं- किताब यात्रा फाउन्डेसनको आयोजनामा माघ १७ गतेदेखि सुरु भएको ‘नबिल किताब जात्रा’ शुक्रबार सकिएको छ। ‘प्रेम साहित्य सम्मान’, ‘किताब जात्रा बेस्ट सेलर अवार्ड’को घोषणा र अन्य विशेष प्रस्तुतिका साथ माघ २३ गते ‘किताब जात्रा’ सम्पन्न भएको फाउन्डेसनका अध्यक्ष ऋषिराम अधिकारीले जानकारी दिए।

कोरोना प्रभावका कारण यस वर्ष ‘किताब जात्रा’ मासमिडिया र भर्चुअल मिडियामार्फत प्रशारण गरिएको फेस्टिभल डाइरेक्टरसमेत रहेका अधिकारीले बताए। ‘यस वर्ष हामीले एपिवान टेलिभिजन र किताब यात्रा एपसँग सहकार्य गरेर किताब जात्रा गर्‍यौँ। त्यसका साथै किताब जात्राको अफिसियल युट्युब च्यानलमा जहिले पनि किताब जात्रा हेर्न सकिन्छ,' उनले भने।

किताब जात्रामा यस वर्षको ‘प्रेम साहित्य सम्मान’ कवि जसराज किराँतीलाई प्रदान गरिएको छ। बुईपा– ६, खोटाङका ७५ वर्षीय किराँतीलाई ‘ग्रामीण जीवन स्वयम् आत्मसात् गर्दै त्यहाँका सरल तर शक्तिशाली बिम्ब कविताका अनेकौँ आयाम प्रयोग गरी उच्च काव्यिक मूल्यबोध स्थापित गर्न सफल भएको’ ठहर गर्दै प्रेम साहित्य सम्मान प्रदान गरिएको फाउन्डेसनले जानकारी दिएको छ। किराँतीलाई ‘किताब जात्रा’मा कलाकार मह जोडी (मदनकृष्ण श्रेष्ठ–हरिवंश आचार्य) र ‘प्रेम साहित्य सम्मान’की संरक्षक बालकुमारी अधिकारीले दोसल्ला ओढाएर  ५५ हजार ५ सय ५५ रूपैयाँ, ताम्रपत्र र सिक्का प्रदान गर्दै सम्मान गरेका थिए। उक्त सम्मान नेपाली वाङ्मयमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टालाई हरेक वर्ष प्रदान गरिन्छ।

सम्मानपछि बोल्दै किराँतीले आफूले कविता लेख्दा कहिल्यै पनि सम्मान वा पुरस्कारबारे नसोचेको बताए। उनले आफ्नो विगत सम्झँदै भने, ‘मैले पढ्न पाएको पनि होइन र लेख्छु भन्ने लागेको पनि थिएन। गाउँमै बसेर स्वअध्ययन गर्दै कविता लेख्न थालियो। राम्रो लेखियो कि लेखिएन भन्ने पनि सोच्दै नसोची लेखियो। यो सम्मान पाउँदा राम्रै लेखिएछ कि भन्ने लागिरहेको छ।’ सम्मानको संस्कृतिले नयाँ र पुराना पुस्ताबीच निरन्तर सम्बन्ध बनिरहने उनले बताए। 

त्यस्तै, यस वर्षको ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ विजयकुमारको किताब ‘सम्बन्धहरू’ले प्राप्त गरेको छ। अनलाइन बुकसेलिङ प्ल्याटफर्म ‘किताब यात्रा डटकम’ सञ्चालन गरिरहेको किताब यात्राले ‘किताब जात्रा’को अवसरमा आफ्नो प्ल्याटफर्मबाट सर्वाधिक बिक्री भएको पुस्तकलाई हरेक वर्ष यो अवार्ड दिने गरिएको किताब यात्राका सिइओ विकेश भट्टराईले जानकारी दिए।

विशेष अवार्डसहित सम्मानित भएका विजयकुमारले भने, ‘कुनै कृति बिक्री हुँदैमा उत्कृष्ट हुने र बिक्री नहुँदैमा नराम्रो हुने होइन। तर, कुनै पुस्तक धेरै पाठकले पढ्छन् भने त्यसको गुणवत्ताको राम्रो मूल्यांकन हुन्छ। यस्ता अवार्डले त्यसको परख गर्न सघाउ पुर्‍याउँछ।’ पाठकले मन पराएको कृतिलाई विशिष्ट पहिचान दिन यस्ता अवार्डले भूमिका खेल्ने उनको भनाइ थियो।

फाउन्डेसनका अध्यक्ष अधिकारी र लेखक बुद्धिसागरले अवार्ड उनलाई प्रदान गरेका थिए। जात्राको सन्दर्भमा किताब यात्रा डटकमले विशेष छुटसहित किताब खरिद गर्न पनि सकिने गरी ‘किताब यात्राको किताब जात्रा अफर’ सञ्चालन गरेको किताब यात्राका निर्देशक कृपेशकिशोर घिमिरेले बताए।

जात्रामा सात विमर्श सत्र सञ्चालन भएको थियो। पहिलो सत्रमा ‘कहाँ छौं हामी?’ शीर्षकमा भूषिता वशिष्ठको सहजीकरणमा लेखक डा. सञ्जीव कुमार उप्रेती, बुद्धिसागर र दुर्गा कार्कीले बहस गरेका थिए। दोस्रो सत्रको बहस ‘शब्द पछ्याउँदै जाँदा’ शीर्षकमा महिला लेखकहरू माया ठकुरी, भुवन ढुङ्गाना र भागिरथी श्रेष्ठ सहभागी थिए। कवि शकुन्तला जोशीले बहस सहजीकरण गरेकी थिइन्।

तेस्रो सेसनमा ‘पर्दाभित्र, पर्दाबाहिर’ शीर्षकमा निर्देशक प्रकाश सायमीको सहजीकरणमा नायक राजेश हमाल र नायिका करिष्मा मानन्धरले आफ्नो पठन अनुभूति सार्वजनिक गरेका थिए। सेसनअघि बलिउड कलाकार सोनु सूद मन्तव्य प्रशारण गरिएको थियो।

‘अँध्यारोबाट उज्यालोतिर’ शीर्षक रहेको सेसनमा डा. सन्दुक रुइत, महावीर पुन र कुलमान घिसिङले टीकाराम यात्रीको सहजीकरणमा बहस गरेका थिए।

अनुसन्धाता तथा राई भाषाका लेखक कैलाश राईको सहजीकरणमा ‘मातृभाषाको लय’ शीर्षकको बहस मैथिली भाषाका लेखक रमेश रञ्जन झा, थारू भाषाका लेखक डा. कृष्णराज सर्वहारी र नेपाल भाषाका लेखक सुलोचना मानन्धर सहभागितामा भएको थियो।

‘यो कर्मभूमिको आँगनमा’ शीर्षकको सेसनमा चौधरी ग्रुपका मेनेजिङ डाइरेक्टर निर्वाण चौधरी, वर्ल्डलिंक कम्युनिकेसनका अध्यक्ष दिलीप अग्रवाल र आइडिया स्टुडियोका अध्यक्ष डा. छिरिङ लामाले सञ्चारकर्मी समा थापाको सहजीकरणमा बहस गरेका थिए। अन्तिम सेसन ‘महको अक्षरयात्रा’मा मह जोडी र कलाकार मनोज गजुरेलबीच अन्तरक्रिया भएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामनाबाट सुरु भएको ‘किताब जात्रा’मा ‘फिक्सन डिजाइनर’ कुमार नगरकोटीको विशेष प्रस्तुति ‘स्याडोज अफ नगरकोटी’बाट जात्राको अन्त्य भएको थियो।

कोरोना सन्त्रासका कारण यस वर्ष मास मिडिया र भर्चुअल मिडियामार्फतमात्रै ‘किताब जात्रा’ गरिए पनि अर्को वर्ष भौतिक भेटघाटसहितको कार्यक्रम गर्न सकिने आशा रहेको फेस्टिभल कोअर्डिनेटर कला अनुरागीले बताए। यस वर्षको किताब जात्राको टाइटल नबिल बैंक लिमिटेडले स्पोन्सर गरेको थियो।

प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  १६:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एप्पलद्वारा इयूसँग ५० करोड युरो जरिवानाबारे पुनर्विचार गर्न आग्रह
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न
कारोबारसँगै खुम्चियो सेयर बजार
सम्बन्धित सामग्री
आख्यानकार विजय हितानको कृतिलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार शुक्रबार काठमाडौँमा आयोजित एक समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति , प्रसिद्ध कवि वैरागी काइँलाले सो पुरस्कार कृतिकार वि... शनिबार, जेठ २४, २०८२
जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित लोकार्पण कार्यक्रममा लेखक प्रसाईंले आफ्नो १० वर्षे लेखन यात्राको अनुभव पनि सुनाए । १० वर्ष पहिले नेपालयबाटै प्रकाशन भएको उनको ‘जीवन... सोमबार, वैशाख २९, २०८२
नादसँग झङ्कृत हुँदा यस खण्ड अन्तर्गत रहेर शायरले शेरको वर्षा गराउनु भएको देखिन्छ।’अभ्यासले नै अभ्यस्त हुने हो’ भन्ने कुरा यस खण्डमा देख्न सकिन्छ। शनिबार, वैशाख २७, २०८२
ताजा समाचारसबै
एप्पलद्वारा इयूसँग ५० करोड युरो जरिवानाबारे पुनर्विचार गर्न आग्रह सोमबार, असार २३, २०८२
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार, असार २३, २०८२
कारोबारसँगै खुम्चियो सेयर बजार सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा शाह सोमबार, असार २३, २०८२
प्रधानमन्त्री ओलीले संसद्मा सुनाए स्पेन भ्रमणको उपलब्धि सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्