म्याग्दी- अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा भीषण वर्षापछि आएको बाढीले दुई वटा घर पुरेको छ।
वर्षासँगै आएको बाढीले स्थानीयवासी लटे गिरी र बालकृष्ण मिजारको घर पुरिएको वडा सदस्य वीरबहादुर पौडेलले जानकारी दिए।
भुरुङको ठाडो खोलाबाट आएको बाढी र तिम्लाखर्कबाट झरेको पहिरोसँगै बाढी बस्तीतर्फ पसेपछि रेखीराम पुर्जा र टेकनारायण पौडेलको घरमा समेत क्षति पुगेको छ।
यस्तै, बेनी–जोमसोम सडकखण्डअन्तर्गत बेगखोलामा बाढी आएपछि अहिले सडक अवरुद्ध बनेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।