बुटवल- प्रदेश नम्बर ५ को आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विनियोजन विधेयक २०७५ का सिद्धान्त, उद्देश्य र प्राथमिकता र प्रमुख नीति स्वीकृत गरी प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ।
सोमबार बस्ने प्रदेशसभाको बैठकमा विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ।
५ नम्बर प्रदेशका प्रमुख उमाकान्त झाको पत्रका आधारमा आधारमा संसद् सचिवालयले सोमबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको प्रदेशसभा सचिव डा मानबहादुर विकले जानाकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।