काठमाडौं- अधिवक्ता टीकाराम भट्टराईले सर्वोच्च अदालतले बलपूर्वक नभई सरल र सहज तरिकाले संविधानको व्याख्या गरी प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा फैसला गर्ने विश्वास व्यक्त गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै अधिवक्ता भट्टराईले सर्वोच्च अदालतबाट विश्वजगतलाई नै आश्चर्यमा पार्ने गरी बलपूर्वक संविधानको व्याख्या नहुने तर सरल र सहज व्याख्या हुने विश्वास रहेको बताएका हुन्।
प्रतिनिधि सभा विघटनविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक सम्पूर्ण नेपाली नागरिक, प्रेस, नागरिक समाज, कानुन व्यवसायी एकमत रहेको पनि उनको भनाइ छ।
संसारका कानुनविदहरुले नेपालको घटनालाई नजिकबाट हेरिरहेकाले सर्वोच्च आदालतबाट बलपूर्वक संविधानको व्याख्या नहुने विश्वास उनले व्यक्त गरे।
संविधानको सपथ खाएर न्यायाधीश बनेका न्यायाधीश संवैधानिक इजलासमा भएकाले आफूले खाएको सपथ विपरीत हुने गरी फैसला गर्ने कुरा कल्पनासमेत गर्न नसकिने भट्टराईको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।