काठमाडौैं– नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री पाकिस्तान भ्रमणमा जाने भएका छन्। सोमबार उनी ३ दिने औपचारिक भ्रमणमा पाकिस्तान जान लागेका हुन्।
नेपाली सेना र अन्य मित्रराष्ट्रहरुका सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउने उदेश्यले भ्रमण हुन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
पाकिस्तान आम्र्ड फोर्सका प्रमुख जुबर मोहम्मदको निमन्त्रतामा उनी पाकिस्तान भ्रमणमा जान लागेका हुन्। भ्रमणको अवधिभर रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।