काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले केपी शर्मा ओली शाही कम्युनिस्ट भएको बताए। शुक्रबार काठमाडौंको शान्ति वाटिकामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीको आलोचना गरे।
पौडेलले प्रधानमन्त्री केपी ओलीले चुनाव गर्ने ल्याकत नराख्ने बताए। 'केपी ओलीले कांग्रेसलाई जिताउन चुनाव गर्नुहुन्न', उनले भने।
वैशाखमा चुनाव भयो भने पनि केपी ओलीको जमानत बाँकी नरहने पौडेलको भनाइ छ।
केपी ओली कामचलाउ प्रधानमन्त्री भएको भन्दै उनले कामचलाउ प्रधानमन्त्रीले संसारमा कहाँ मन्त्रिपरिषद् विस्तार नगर्ने बताए। 'लाज पनि लजाइसक्यो', उनले भने।
पौडेलले कांग्रेसले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भएको बताए। 'संसद् विघटन असंवैधानिक भन्नु भनेको त्यो पुनःस्थापना हुनुपर्छ भनेको हो', उनले बताए।
उनले आफूहरु संविधानवादको पक्षमा रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।