रसुवा- रसुवाको उत्तरगया गाउँपालिकामा प्रेसर कुकर बम राखिएको आशंकमा सेनाको डिस्पोजल टोली खटिएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार जिल्लाको उत्तरगया गाउँपालिका–५ जिरो किलोमा टेपले बेरिएको अवस्थामा प्रेसर कुकर भेटिएपछि बम भएको हुनसक्ने आशंका गरिएको छ।
बम भएको आशंकामा नुवाकोटबाट नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सरतकुमार थापा क्षेत्रीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।