इटहरी– मोरङको सुन्दरहरैंचास्थित राजमार्गमा शंकास्पद वस्तु भेटिएको छ। दुलारी चोक नजिकै भएको उक्त वस्तु बम भएको आशंका गरिएको छ।
बमको आशंकासँगै स्थानीयवासी त्रसित भएका छन्। राजमार्ग अवरूद्ध भएको छ भने नेपाली सेनाको बम डिस्पोजल टोली सो स्थानतर्फ गइसकेको प्रहरीले जनाएको छ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शंकास्पद वस्तु राखेको हुनसक्ने अनुमान गरिएको छ। अरुण तेश्रो जलविद्युत परियोजना निर्माण गर्न भारतलाई जिम्मा दिएको भन्दै विरोधस्वरुप आज नेपाल बन्दको घोषणा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।