• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १७, २०८२ Sat, Jan 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुरेन्द्र पाण्डेले गर्न थाले प्रचण्ड-माधव पक्षको महासचिवको काम

64x64
वीरेन्द्र ओली बुधबार, माघ १४, २०७७  ०७:४५
1140x725

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षले पार्टी महासचिवको टुंगो लगाउन नसकेको भनेर केही दिन पहिले खुबै चर्चा भयो। महासचिवका आकांक्षी धेरै रहेको र पद व्यवस्थापन गर्न हम्मे परेको भनेर प्रचण्ड–माधव पक्षको सार्वजनिक रुपमा आलोचना पनि भयो। अध्यक्षमा प्रचण्ड र माधव तथा प्रवक्तामा नारायणकाजी श्रेष्ठ सर्वसम्मत चयन भए पनि महासचिवको विषय भने एक महिना पुग्दासम्म पनि टुंगो लागेको छैन।

यस बीचमा नेकपाको प्रचण्ड–माधव पक्षले अध्यक्ष केपी शर्मा ओली र महासचिव विष्णुप्रसाद पौडेललाई हटाएको घोषणा गर्‍यो। पछिल्लो समय नेता सुरेन्द्र पाण्डेले नेकपाको प्रचण्ड–माधव पक्षको महासचिवको रुपमा काम गर्न थालेका छन्।

प्रचण्ड–माधव पक्षको महासचिवले गर्नुपर्ने संगठनका सबैजसो कामदेखि डकुमेन्टेसनसम्मको कामसमेत पाण्डेले नै गर्दै आएको अध्यक्ष माधवकुमार नेपालनिकट एक नेताले बताए। ‘भित्री रुपमा महासचिवमा सुरेन्द्र कमरेड नै हुनुहुन्छ। उहाँले महासचिवको भूमिका निर्वाह गर्दै आउनु भएको छ’, ती नेताले भने, ‘तत्काल महासचिव पद टुंगो लगाए जनपरिचालन लगायत अन्य विरोध कार्यक्रममा असर पर्ने भएकाले पछि टुंगो लगाउनेगरी स्थगित गरेका हांै।’ 

प्रचण्ड–माधव पक्षले तत्काल महासचिवको पद टुंगो लगाउनेगरी गृहकार्य पनि अघि बढाउने ती नेताले बताए। तर पाण्डेले आफूले अघोषित रुपमा महासचिवको जिम्मेवारी बहन गरिरहेको विषयमा प्रतिक्रिया दिन मानेनन्। ‘यस्तो विषय मलाई सोध्ने होइन। पार्टीका नेताहरुलाई सोध्नूस् न, के जवाफ दिनुहुन्छ’, पाण्डेले नेपाल लाइभसँग भने, ‘महासचिवको पदबारे मलाई जानकारी छैन।’ 

अध्यक्ष प्रचण्डनिकट स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भने पार्टी महासचिव कसलाई बनाउने भन्ने विषयमा प्रवेश नै नगरेको दाबी गरे। प्रतिनिधि सभा पुनस्र्थापना गर्ने विषयमै आन्दोलन जारी रहेकाले महासचिवको विषय टुंग्याउन नभ्याएको पौडेलले बताए। ‘पार्टी महासचिवमा धेरैले आकांक्षा देखाउनु भएको छ। त्यो विषयमा छलफल नै भएको छैन’, पौडेलले भने, ‘सांगठनिक एकता टुंगो लगाउने बेलामा महासचिव पद पनि सचिवालय बैठकबाट टुंगिन्छ होला।’

पाण्डेले तत्कालीन एमालेमा लामो समय वरिष्ठ नेता झलनाथ खनालनिकट भई काम गरेका थिए। एमालेको नवौं महाधिवेशनमा खनाल नेतृत्व तहमा सक्रिय नभएपछि पाण्डे माधवकुमार नेपालको समूहबाट महासचिव पदका उम्मेदवार बनेका थिए। तर महासचिव पदमा उनी ईश्वर पोखरेलसँग १३ मतको अन्तरले पराजित भएका थिए। 

महासचिवमा पराजित भएपछि पाण्डेले स्थायी कमिटी सदस्यको जिम्मेवारी पाए। तत्कालीन एमाले र माओवादी बीचको एकतापछि गठन भएको नेकपामा भने प्रधानमन्त्री एवं अध्यक्ष ओलीको इच्छामा पोखरेलको साटो विष्णुप्रसाद पौडेललाई महासचिवको जिम्मेवारी दिइएको थियो। पौडेललाई महासचिव बनाएको भनेर पोखरेलले असन्तुष्टि समेत जनाएका थिए। पोखरेल र पौडेल दुवै ओली समूहका नेता भएकाले उनको असन्तुष्टि त्यत्तिकै सामसुम बन्यो। 

सुरेन्द्र पाण्डे माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा अर्थमन्त्री बनेका थिए। अर्थमन्त्रीका रुपमा तुलनात्मक रुपमा राम्रो छवि बनाएका उनी त्यसयता मन्त्री भएका छैनन्। २०५१ सालमा राष्ट्रिय सभा सदस्य बनेका र २०६४ सालको संविधानसभा निर्वाचनमा पराजित भएका उनी २०७० सालको दोस्रो संविधानसभा र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा भने लगातार निर्वाचित भए।   

Ncell 2
Ncell 2

दावी छाड्लान् त अरुले?
प्रचण्ड–माधव पक्षको पहिलो बैठकका रुपमा हेरिने पुस ७ गतेको केन्द्रीय कमिटी बैठकमा पाण्डेसहित भीम रावल र जनार्दन शर्माको नाम महासचिवका रुपमा प्रस्ताव गरिएको थियो। त्यो बैठकमा एक मत नभएपछि महासचिवको नाम टुंगो लाग्न सकेन। महासचिव आफू बन्नुपर्ने भन्दै शर्माले अध्यक्ष प्रचण्डलाई दबाब दिइरहेको एक नेता बताउँछन्।

प्रचण्ड–माधव पक्षको महासचिव पूर्वमाओवादी समूहकै हुनुपर्नेमा जोड दिइरहेका शर्माले शक्ति सन्तुलनका हिसाबले समेत महासचिव आफू हुनुपर्ने लबिइङ गरिरहेका छन्। तर प्रचण्ड पार्टी अध्यक्ष भइसकेपछि महासचिव पूर्वमाओवादी समूहबाट बनाउन नहुने भन्दै पूर्वएमाले समूहले असहमति जनाएको छ। 

तत्कालीन एमालेमा यसअघि नै उपाध्यक्ष भइसकेका भीम रावलले पनि महासचिवको दावी छाडेका छैनन्। एकीकृत पार्टीमा रावलले आफूलाई सचिवालय सदस्य बनाउनुपर्ने माग राखेका थिए। सुदूरपश्चिम प्रदेशबाट सचिवालय सदस्य नभएकाले भौगोलिक रुपमा समेट्नुपर्ने आवाज उनले उठाएका थिए। रावलले उठाएको माग भने पार्टीमा सुनुवाइ नभएपछि त्यसबेला त्यत्तिकै सामसुम बनेको थियो। अहिले प्रचण्ड–माधव पक्षमा महासचिव पद रिक्त भएपछि रावलले आफ्नो दावी निरन्तर राखिरहेका छन्।  

नेकपा राजनीतिक रुपमा दुई पार्टी बनिसके पनि कानुनी रुपमा भने एउटै पार्टीको अस्तित्वमा छ। निर्वाचन आयोगले पनि अहिलेसम्म नेकपाको विभाजनलाई स्वीकार गरेको छैन। यही शैलीमा ओली पक्षले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाउनुका साथै नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएर प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएको छ। अरु सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी नेताको जिम्मेवारी यथावत राखिएको छ।

त्यस्तै, प्रचण्ड–माधव पक्षले ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ। अरु सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीका नेताको जिम्मेवारी यथावत छ।

महासचिव पौडेल ओली पक्षमा लागेपछि पाण्डेले महासचिवकै भूमिका निर्वाह गर्न थालेका हुन्। प्रदेश, जिल्ला र स्थानीय तहको नेतृत्व तहमा भने दुवै पक्षले आ–आफ्नो अनुकुल फेरबदल गरिसकेका छन्। 

प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  ०७:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा १२ माघमा सर्लाही आइपुगेका सभापति थापा निर्वाचन क्षेत्रभित्र घरदैलो, छलफल र संवाद कार्यक्रममा सहभागी भए । शुक्रबार, माघ १६, २०८२
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री गृहमन्त्री आर्यालले मुलुकमा लोकतन्त्र, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव हुनुको कारण सहिदहरूको बलिदान रहेको स्पष्... शुक्रबार, माघ १६, २०८२
शेरबहादुर देउवासँग निरन्तर संवादमा छु : गगन थापा शुक्रबार धनुषा–४ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसमा अहिले नेताहरूबिच  मतभेद नभएको बताए । पार्टी एक ढिक्का... शुक्रबार, माघ १६, २०८२
ताजा समाचारसबै
सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो शुक्रबार, माघ १६, २०८२
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा शुक्रबार, माघ १६, २०८२
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री शुक्रबार, माघ १६, २०८२
सिराहामा गोली प्रहार गरी एक जनाको हत्या, थप विवरण आउन बाँकी शुक्रबार, माघ १६, २०८२
शेरबहादुर देउवासँग निरन्तर संवादमा छु : गगन थापा शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय बिहीबार, माघ १५, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्