• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुरेन्द्र पाण्डेले गर्न थाले प्रचण्ड-माधव पक्षको महासचिवको काम

64x64
वीरेन्द्र ओली बुधबार, माघ १४, २०७७  ०७:४५
1140x725

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षले पार्टी महासचिवको टुंगो लगाउन नसकेको भनेर केही दिन पहिले खुबै चर्चा भयो। महासचिवका आकांक्षी धेरै रहेको र पद व्यवस्थापन गर्न हम्मे परेको भनेर प्रचण्ड–माधव पक्षको सार्वजनिक रुपमा आलोचना पनि भयो। अध्यक्षमा प्रचण्ड र माधव तथा प्रवक्तामा नारायणकाजी श्रेष्ठ सर्वसम्मत चयन भए पनि महासचिवको विषय भने एक महिना पुग्दासम्म पनि टुंगो लागेको छैन।

यस बीचमा नेकपाको प्रचण्ड–माधव पक्षले अध्यक्ष केपी शर्मा ओली र महासचिव विष्णुप्रसाद पौडेललाई हटाएको घोषणा गर्‍यो। पछिल्लो समय नेता सुरेन्द्र पाण्डेले नेकपाको प्रचण्ड–माधव पक्षको महासचिवको रुपमा काम गर्न थालेका छन्।

प्रचण्ड–माधव पक्षको महासचिवले गर्नुपर्ने संगठनका सबैजसो कामदेखि डकुमेन्टेसनसम्मको कामसमेत पाण्डेले नै गर्दै आएको अध्यक्ष माधवकुमार नेपालनिकट एक नेताले बताए। ‘भित्री रुपमा महासचिवमा सुरेन्द्र कमरेड नै हुनुहुन्छ। उहाँले महासचिवको भूमिका निर्वाह गर्दै आउनु भएको छ’, ती नेताले भने, ‘तत्काल महासचिव पद टुंगो लगाए जनपरिचालन लगायत अन्य विरोध कार्यक्रममा असर पर्ने भएकाले पछि टुंगो लगाउनेगरी स्थगित गरेका हांै।’ 

प्रचण्ड–माधव पक्षले तत्काल महासचिवको पद टुंगो लगाउनेगरी गृहकार्य पनि अघि बढाउने ती नेताले बताए। तर पाण्डेले आफूले अघोषित रुपमा महासचिवको जिम्मेवारी बहन गरिरहेको विषयमा प्रतिक्रिया दिन मानेनन्। ‘यस्तो विषय मलाई सोध्ने होइन। पार्टीका नेताहरुलाई सोध्नूस् न, के जवाफ दिनुहुन्छ’, पाण्डेले नेपाल लाइभसँग भने, ‘महासचिवको पदबारे मलाई जानकारी छैन।’ 

अध्यक्ष प्रचण्डनिकट स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भने पार्टी महासचिव कसलाई बनाउने भन्ने विषयमा प्रवेश नै नगरेको दाबी गरे। प्रतिनिधि सभा पुनस्र्थापना गर्ने विषयमै आन्दोलन जारी रहेकाले महासचिवको विषय टुंग्याउन नभ्याएको पौडेलले बताए। ‘पार्टी महासचिवमा धेरैले आकांक्षा देखाउनु भएको छ। त्यो विषयमा छलफल नै भएको छैन’, पौडेलले भने, ‘सांगठनिक एकता टुंगो लगाउने बेलामा महासचिव पद पनि सचिवालय बैठकबाट टुंगिन्छ होला।’

पाण्डेले तत्कालीन एमालेमा लामो समय वरिष्ठ नेता झलनाथ खनालनिकट भई काम गरेका थिए। एमालेको नवौं महाधिवेशनमा खनाल नेतृत्व तहमा सक्रिय नभएपछि पाण्डे माधवकुमार नेपालको समूहबाट महासचिव पदका उम्मेदवार बनेका थिए। तर महासचिव पदमा उनी ईश्वर पोखरेलसँग १३ मतको अन्तरले पराजित भएका थिए। 

महासचिवमा पराजित भएपछि पाण्डेले स्थायी कमिटी सदस्यको जिम्मेवारी पाए। तत्कालीन एमाले र माओवादी बीचको एकतापछि गठन भएको नेकपामा भने प्रधानमन्त्री एवं अध्यक्ष ओलीको इच्छामा पोखरेलको साटो विष्णुप्रसाद पौडेललाई महासचिवको जिम्मेवारी दिइएको थियो। पौडेललाई महासचिव बनाएको भनेर पोखरेलले असन्तुष्टि समेत जनाएका थिए। पोखरेल र पौडेल दुवै ओली समूहका नेता भएकाले उनको असन्तुष्टि त्यत्तिकै सामसुम बन्यो। 

सुरेन्द्र पाण्डे माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा अर्थमन्त्री बनेका थिए। अर्थमन्त्रीका रुपमा तुलनात्मक रुपमा राम्रो छवि बनाएका उनी त्यसयता मन्त्री भएका छैनन्। २०५१ सालमा राष्ट्रिय सभा सदस्य बनेका र २०६४ सालको संविधानसभा निर्वाचनमा पराजित भएका उनी २०७० सालको दोस्रो संविधानसभा र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा भने लगातार निर्वाचित भए।   

Ncell 2
Ncell 2
nimb
nimb

दावी छाड्लान् त अरुले?
प्रचण्ड–माधव पक्षको पहिलो बैठकका रुपमा हेरिने पुस ७ गतेको केन्द्रीय कमिटी बैठकमा पाण्डेसहित भीम रावल र जनार्दन शर्माको नाम महासचिवका रुपमा प्रस्ताव गरिएको थियो। त्यो बैठकमा एक मत नभएपछि महासचिवको नाम टुंगो लाग्न सकेन। महासचिव आफू बन्नुपर्ने भन्दै शर्माले अध्यक्ष प्रचण्डलाई दबाब दिइरहेको एक नेता बताउँछन्।

प्रचण्ड–माधव पक्षको महासचिव पूर्वमाओवादी समूहकै हुनुपर्नेमा जोड दिइरहेका शर्माले शक्ति सन्तुलनका हिसाबले समेत महासचिव आफू हुनुपर्ने लबिइङ गरिरहेका छन्। तर प्रचण्ड पार्टी अध्यक्ष भइसकेपछि महासचिव पूर्वमाओवादी समूहबाट बनाउन नहुने भन्दै पूर्वएमाले समूहले असहमति जनाएको छ। 

तत्कालीन एमालेमा यसअघि नै उपाध्यक्ष भइसकेका भीम रावलले पनि महासचिवको दावी छाडेका छैनन्। एकीकृत पार्टीमा रावलले आफूलाई सचिवालय सदस्य बनाउनुपर्ने माग राखेका थिए। सुदूरपश्चिम प्रदेशबाट सचिवालय सदस्य नभएकाले भौगोलिक रुपमा समेट्नुपर्ने आवाज उनले उठाएका थिए। रावलले उठाएको माग भने पार्टीमा सुनुवाइ नभएपछि त्यसबेला त्यत्तिकै सामसुम बनेको थियो। अहिले प्रचण्ड–माधव पक्षमा महासचिव पद रिक्त भएपछि रावलले आफ्नो दावी निरन्तर राखिरहेका छन्।  

नेकपा राजनीतिक रुपमा दुई पार्टी बनिसके पनि कानुनी रुपमा भने एउटै पार्टीको अस्तित्वमा छ। निर्वाचन आयोगले पनि अहिलेसम्म नेकपाको विभाजनलाई स्वीकार गरेको छैन। यही शैलीमा ओली पक्षले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाउनुका साथै नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएर प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएको छ। अरु सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी नेताको जिम्मेवारी यथावत राखिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यस्तै, प्रचण्ड–माधव पक्षले ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ। अरु सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीका नेताको जिम्मेवारी यथावत छ।

महासचिव पौडेल ओली पक्षमा लागेपछि पाण्डेले महासचिवकै भूमिका निर्वाह गर्न थालेका हुन्। प्रदेश, जिल्ला र स्थानीय तहको नेतृत्व तहमा भने दुवै पक्षले आ–आफ्नो अनुकुल फेरबदल गरिसकेका छन्। 

प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  ०७:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना खनाललाई मुटुसम्बन्धी सामान्य समस्या देखिएपछि आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जा... आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन समाचारको तथ्य, प्रस्तुति र पत्रकार आचारसंहितासम्बन्धी विवाद हेर्नु काउन्सिलको जिम्मेवारी भए पनि फेसबुकमा हुने हरेक व्यक्तिगत झगडा पत... आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण शनिबार हेलिकोप्टरमार्फत चुमनुब्री–३ को सिर्दिवास झरेका गुरुङले त्यस क्षेत्रको अवलोकन तथा निरीक्षण गरे । सिर्दिबास गृहमन्त्री गुरुङको... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्