• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत २१, २०८२ Sat, Apr 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

दलीय गुटको दलदलमा पूर्वप्रहरी संगठन : भन्ने पूर्वप्रहरीको हित, गर्ने पार्टी राजनीति !

64x64
नारायण अधिकारी मंगलबार, माघ १३, २०७७  ०९:४७
1140x725

काठमाडौं- ‘पूर्वप्रहरी संगठन कसैको बपौती होइन, सम्पूर्ण पूर्वप्रहरी कर्मचारीको चौतारी हो। जहाँ सबैलाई शीतलता होस्,' नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डिआइजी) पूर्ण खड्काले गत शनिबार सामाजिक सञ्जालमा आक्रोश पोखे।

उनको आक्रोशले प्रष्ट बोलेको छ-कसैले संगठन एकलौटी रुपमा चलाएको छ। कसैलाई काखा, कसैलाई पाखा गरिएको छ।

पूर्व डिआइजी खड्काले सार्वजनिक रुपमा आफ्नै संगठनविरुद्ध यसरी लेख्नुपर्ने अवस्था किन र कसरी आयो? खड्काले भनेजस्तै साँच्चै कसैको बपौती बनेकै हो पूर्वप्रहरी संगठन? वा उनको यो निराधार आरोप मात्रै हो? साढे दुई दशकअघि स्थापना भएको पूर्वप्रहरी संगठन विरुद्ध सार्वजनिक रुपमै प्रकट भएको आरोप-प्रत्यारोपको कारण के हो?  

दलीय गुटको दलदल
पूर्वप्रहरी संगठनको एउटा भाइबर ग्रुप छ, जहाँ करिब तीन सय जना सदस्य छन्। करिब १५ दिन अघिदेखि त्यो ग्रुपबाट केही सदस्यलाई निष्काशन गर्नेदेखि केही नयाँ सदस्यलाई ज्वाइन गर्ने काम भइरहेको छ।

ग्रुपबाट निकालिएका एक पात्र हुन्, पूर्व डिएसपी प्रेमबहादुर कार्की। कार्कीलाई ग्रुपबाट निकालिएपछि पूर्वप्रहरी  संगठन टीकापुर, कैलाली शाखाले विज्ञप्ति निकालेर पुनः ग्रुपमा समावेश गर्न आग्रह गरेको छ। 

नयाँ मान्छे जोडिनु र निष्काशन गर्नुको पछाडि जोडिएको छ, संगठनको १०औं साधारणसभा। काठमाडौंको धापासीस्थत आफ्नै भवनमा पुस २९ गते संगठनको १०औं साधारणसभा समपन्न भएको थियो।

९औं साधारणसभाबाट निर्वाचित कार्यसमितिका अध्यक्ष, पूर्वएसएसपी बसन्त कुँवर (दसौं साधारणसभाबाट पनि) दोस्रो पटक अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए। साधारणसभाले उनीसहित १८ सदस्यीय केन्द्रीय समिति चयन गर्‍यो।तर, यो साधारणसभापछि भने सार्वजनिक रुपमै टीकाटिप्पणी सुरु भएको छ। गुटगत भेला गरेर संगठन पार्टीलाई बुझाएकोसम्म आरोप लागेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आएको फुटको असर पूर्वप्रहरी  संगठनको १०औं साधारणसभामा देखिएको त्यहाँ सहभागी एक पूर्वप्रहरी अधिकृतले नेपाल लाइभलाई सुनाए।

त्यसो त पूर्वप्रहरी उद्धव भारतीले सामाजिक सञ्जालमै लेखेका छन्, ‘यी सबै पार्टीका भरौटे भए। संगठन पार्टीमा बुझाए।’

आफ्नो पक्षका सीमित सदस्यहरुलाई मात्र जानकारी दिएर साधारणसभा गरेको र पुनः दोस्रो पटक ‘स्वोघोषित अध्यक्ष’ बनेको आरोप कुँवरमाथि लागेको छ।

भारती भन्छन्, ‘म पनि पूर्वप्रहरी संगठनको आजीवन केन्द्रीय सदस्य हुँ। तर गुटको भेला गराएर साधारणसभाको नाम दिई टीका लगाउने काम पुस २९मै समाप्त गरिसकेछन्। म जस्तै धेरैलाई सायद थाहा भएन होला।’

अध्यक्ष कुँवरको व्यक्तिगत महत्वाकांक्षाको चपेटामा पूर्वप्रहरी संगठन परेको एक पूर्वप्रहरी अधिकृतले आरोप लगाए। उनको सुरुदेखिकै महत्वकांक्षाको असर अहिले पूर्वप्रहरी संगठनमा देखिएको उनको भनाइ छ।

ती पूर्वप्रहरी अधिकृतले कुँवरको महत्वाकांक्षा विश्लेषण गर्न २०७३ सालमा फकर्नुपर्ने बताए। २०७३ सालमा कुँवरले अवकाशप्राप्त कर्मचारीहरु जम्मा गरेर नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी गठन गरेका थिए, जहाँ सबैजसो अवकाशप्राप्त सुरक्षा अधिकारी थिए। पार्टीको अध्यक्ष भने पूर्वडिएसपी चुडादेव सिंह लामा बनेका थिए। गठन भएको एक वर्ष नबित्दै उक्त पार्टी तत्कालीन एमालेमा समाहित भयो। रोचक के छ भने पार्टी गठनदेखि विलयसम्मको नेतृत्व कुँवरले गरेका थिए।

उनको त्यसबेलाको महत्वाकांक्षा पूरा हुन नसकेको चर्चा हुने गर्छ। अहिले नेकपा फुटेर (कानुनी रुपमा फुट्न बाँकी) दुई पक्षमा विभाजित भएपछि कुँवर प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेको र आफूनिकटलाई भेला गरेर दास्रो पटक संगठनको अध्यक्ष बनेको आरोप लागेको छ।  

ती पूर्वप्रहरी अधिकृतले भने, ‘सबै सदस्यलाई साधारणसभामा बोलाउनुपर्ने हो। तर त्यस्तो भएन। ओली समूहमा संगठन बुझाएपछि आफ्नो महत्वाकांक्षा पूरा हुने देखेर कुँवरले गुटको भेला गरेर अध्यक्ष बनेको हुन्।’

जानकारीबेगर साधारणसभा गरिएकोबारे पूर्वडिआइजी खड्काले नेपाल लाइभलाई सुनाए, ‘म दाङमा थिएँ। एक जना मेरा मित्रले साधारणसभा छ भन्ने कुरा २८ गते सुनाएपछि बल्ल थाहा पाएँ। करिब तीन सय जना भाइबरमा जोडिएका होलान्। संगठनका हरेक अपडेट त्यहाँ हुन्थ्यो। तर साधारणसभाका बारेमा कुनै जानकारी त्यहाँ हालिएन। त्यो सूचना किन लेखिएन, कुँवर नै जानून्।’

यसबारे नेपाल लाइभले जिज्ञासा राख्दा कुँवरले भने, ‘यो सबै हावा कुरा हो।’ पार्टी विभाजनकै बेलामा साधारणसभा सम्पन्न भएकाले केहीलाई त्यस्तो लागेको भए पनि त्यसमा सत्यता नरहेको दाबी कुँवरको छ।

‘गुटकै कुरा गर्नुहुन्छ भने पुलिस अफिसरमा बहालवालादेखि नै गुट–गुट छन्। भूतपूर्व हुँदा पनि त्यो गुट रहने नै भयो’, कुँवरले भने। 

भन्ने पूर्वप्रहरीको हित, गर्ने गुटगत राजनीति?
तत्कालीन प्रहरी महानिरीक्षक (आइजिपी) मोतीलाल बोहराको पालामा पूर्वप्रहरी  संगठन दर्ता भएर सक्रिय बनेको थियो। धापासीस्थित ७ रोपनी जग्गासमेत आफ्नो नाममा ल्याएर सुरु गरिएको संगठनले पूर्वप्रहरीको हितमा काम गर्ने बताइएको थियो। सोही अनुसार संगठनको विधानसमेत निर्माण गरिएको थियो।

प्रहरी हितका लागि काम गर्ने संगठन भनिएकाले तत्कालीन आइजिपी बोहराले १२ लाख, ध्रुवबहादुर प्रधानले ३४ लाखलगायत अन्य पूर्व आइजीपी र पूर्वप्रहरी ले ठूलो रकम सहयोग पनि गरेका थिए। प्रहरीको हितका लागि भनेर गठन भएको संगठन अहिले एक प्रहरीले अर्को प्रहरीलाई खुइल्याउनमा केन्द्रित भएको आरोप लागेको छ।

यसको विवाद सार्वजनिक रुपमै देखापरेको छ। एकअर्कालाई खुइल्याउन र गुटगत राजनीति गर्न थालेको भन्दै संगठनबाट बाहिरिने क्रम पनि जारी छ। पूर्वडिआइजी खड्का आफू पूर्वप्रहरी सगठनबाट बाहिरिएको बताउँछन्। ‘चाटुकार संगठनमा बस्नुभन्दा बाहिरिनु ठिक लागेपछि बाहिरिएको हुँ’, उनले नेपाल लाइभसँग भने।

खड्का अहिले असन्तुष्ट भएर निस्किए पनि उनीभन्दा पहिल्यै पूर्वएआइजी डा गोविन्दप्रसाद थापा, अनन्तराम भट्टराई, श्यामसिंह थापा, दीपेन्द्र विष्टलगायत संगठनबाट बाहिरिइसकेका थिए।

यसअघि एकलौटी रुपमा संगठन चलाएको भन्दै एक समूहले पूर्वप्रहरी कर्मचारी परिषदसमेत गठन गरेको थियो। अहिले परिषद् पनि अस्तित्वमा छ। 

पूर्वप्रहरीको हितमा काम गर्ने भनेर गठन भएको संगठन नै राजनीतिक दल जस्तो भएपछि त्यहाँ जानु ठीक नलागेर आफू अहिलेसम्म नभएको पूर्वआइजिपी अच्युतकृष्ण खरेल बताउँछन्। ‘पूर्वप्रहरी संगठन कुनै राजनीतिक दल हो र? दुई/तीन वटा हुनलाई?’, खरेलले नेपाल लाइभसँग भने, ‘जहिलेसम्म तिमीहरु एक हुँदैनौ, त्यस बेलासम्म संगठनमा आउँदिन भन्देको छु। अहिलेसम्म गएको पनि छैन।’

कुँवर भन्छन्- सईलाई नमस्कार गर्न लाज मान्नेले आलोचना गरे 
सत्य के पनि हो भने, पूर्वप्रहरीहरुमा पनि अनेक गुट छन्। हाम्रा पनि आफ्ना इस्युहरु छन्। त्यसैमा यताउता भएको हो।पूर्वप्रहरीहरुको एउटा भाइबर ग्रुप छ। त्यो ग्रुपमा उनीहरुले आफ्नो विचार, धारणा लेख्छन्। धारणा राख्ने नाममा कसैले जथाभावी लेखेर ग्रुपलाई पोलुटेड बनाएको अवस्थामा ग्रुपबाट निकाल्ने चलन छ। यसले ज्यादै नै गर्‍यो, ग्रुपमा राख्नु भएन भन्ने लागेपछि निकाल्ने चलन छ। अहिले ग्रुपबाट मलाई निकाल्दिए भन्ने गुनासो छ, यसको कारण यही हो। 

अहिले जति पनि आलोचना गरेका छन्, उनीहरुलाई अनुशासनहीन काम गरेकाले निकालिएको हो। हाम्रो ग्रुपमा हाम्रै विरुद्ध लेखेपछि पूर्वप्रहरीको महत्व त भएन नि।

आफ्नो गुटको भेलामार्फत् साधारणसभा गर्‍यो भन्ने आरोप लगाइएको छ। त्यो हुँदै नभएको कुरा हो। साधारणसभाबारे पत्रिकामै सूचना निकालिएको थियो। सारा जिल्लाबाट प्रतिनिधित्व गर्दै मान्छे पनि आएकै हुन्। जसलाई जानकारी दिन जरुरी नै छैन, उसलाई किन जानकारी दिनु पर्‍यो र? म आजीवन सदस्य हुँ भनेर मात्रै हुन्छ र? आजीवन सदस्य नै भए पनि जिल्लास्तरीय भेलामा पो सहभागी हुन्छन् त। यो त केन्द्रीयस्तरको भेला हो नि। यसमा केन्द्रीयस्तरका पदाधिकारी र जिल्ला अध्यक्ष मात्रै सहभागी हुन्छन्। यीबाहेक अरुलाई जानकारी हुन आवश्यक छैन।

हाम्रो संगठनमा सबभन्दा तल वडा इकाई हुन्छ। आजीवन सदस्यहरुले भोट हालेर इकाई बनाउँछन्। कोही पूर्वप्रहरी संगठनको सदस्य बन्नु पर्‍यो भने सुरुमा वडा इकाईमा जानु पर्‍यो। इकाईका पदाधिकारीले जिल्लाका पदाधिकारी चयन गर्छन्। जिल्लाका पदाधिकारीले प्रदेशका पदाधिकारी तोक्छन्। 

प्रदेश पदाधिकारीहरु, जिल्ला अध्यक्षहरु, केन्द्रीय सदस्यहरुले केन्द्रीय अध्यक्ष चुन्ने हो। त्यसकारण केन्द्रीय अध्यक्षको निर्वाचनमा सबै सदस्यलाई जानकारी हुन आवश्यक छैन। 

पूर्वप्रहरी संगठनमा अफिसरहरुलाई चुनाव जित्न गाह्रो छ। ७७ जिल्लामध्ये सबैजसो जिल्लाका अध्यक्ष सईभन्दा तल्लो दर्जाका पूर्वप्रहरी छन्। चुनावमा त सईलाई नमस्कार गरेर भोट माग्नु पर्‍यो। सईलाई नमस्कार गर्न लाज मान्नेले अहिले आलोचना गरेका हुन्।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  ०९:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने शनिबार, चैत २१, २०८२
यस्तो रहनेछ देशभरको मौसम शनिबार, चैत २१, २०८२
यी हुन् एमाले सचिवालय बैठकका ६ निर्णयहरु शुक्रबार, चैत २०, २०८२
जनमतलाई सम्मान गर्ने एमाले सचिवालयको निर्णय शुक्रबार, चैत २०, २०८२
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति शुक्रबार, चैत २०, २०८२
संसदीय दल नेता चयन गर्न कांग्रेस सभापति थापाले बनाए निर्वाचन समिति शुक्रबार, चैत २०, २०८२
यी हुन् एमाले सचिवालय बैठकका ६ निर्णयहरु शुक्रबार, चैत २०, २०८२
बादल लक्षित सुरेन्द्र पाण्डेको टिप्पणी- ‘षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं’ शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्