• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कोटेश्वरको जाम कम गर्न सुरुङ निर्माणको तयारी, डेढ महिनाभित्र अन्तिम टुंगो लाग्ने

64x64
नेपाल लाइभ सोमबार, माघ १२, २०७७  १७:२६
1140x725

काठमाडौं- कोटेश्वरको जाम हटाउन सुरुङ निर्माण गर्ने विषय निष्कर्ष नजिक पुगेको छ। कोटेश्वर चोकमा हुने जाम क म गर्न सरकारले विभिन्न विकल्पबारे छलफल गर्दै आएको छ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले कोटेश्वरमा हुने जाम घटाउन तीनवटा विकल्पसहितको प्रारम्भिक प्रतिवेदन सरकारलाई दिएको थियो। विभिन्न मोडालिटीको छलफलपछि सुरुङ निर्माण नै उपयुक्त विकल्पको रुपमा देखिएको सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले बताए।

‘कोटेश्वरमा सडक विस्तार गर्न समेत सम्भव नभएको र फ्लाइ ओभर निर्माण सुरक्षाका दृष्टीले जोखिमपूर्ण रहेको देखिएको छ,’ थापाले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थल भएकाले क्षेत्रमा जुनसुकै संरचना निर्माण गर्न पनि नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गर्नुपर्ने हुन्छ।’

पछिल्लो छलफलमा सुरुङ निर्माणका लागि प्राधिकरण करिब सहमत भएको उनले बताए। सरकारले काठमाडौंका मुख्य चोकमा ट्राफिक सुधारका लागि अध्ययन गरी संरचना निर्माणका लागि जाइकालाई आग्रह गरेको थियो। त्यही आग्रह अनुसार नेपाल आएको जाइकाको टोलीले कोटेश्वरमा सुरुङमार्ग, फ्लाइओभर निर्माणसहित तीनवटा विकल्प दिएको थियो।

जाइकाले कोटेश्वरका लागि तीन विकल्पसहितको प्रारम्भिक प्रतिवेदन दिएको र तीमध्ये सुरुङ निर्माण उपयुक्त भएको निष्कर्ष नजिक पुगिएको महाशाखा प्रमुख थापाले बताए।

‘विभिन्न छ चरणमा जाइकासँग छलफल भएको छ। यही जनवरी अन्तिममा समेत छलफल तय भएको छ,’ उनले भने, ‘सुरुङ निर्माणका लागि प्राधिकरण तयार देखिएकाले अबको एक/डेढ महिनामा कुन विकल्प उपयुक्त हुन्छ भन्ने टुंगो लाग्ला।’

यस्तो थियो प्रारम्भिक अध्ययनको सुझाव

टोलीले प्रारम्भिक अध्ययन गरेर दिएको प्रतिवेदनमा पहिलो विकल्पका रुपमा भक्तपुरतिर जाने सडकको मुनी चक्रपथमा सुरुङमार्ग निर्माण गर्ने उल्लेख छ। बानेश्वर र तीनकुनेबाट सूर्यविनायक (भक्तपुर) जाने सडकलाई अहिलेकै अवस्थामा राखेर केही फराकिलो बनाउनु पर्ने भनिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसको मुनिबाट सोही रुट हुँदै बालकुमारीतिर निस्कने रिङरोडमा सुरुङमार्ग हुनेछ। ११ सय ४० मिटर लामो सुरुङमार्ग निर्माण गर्नुपर्ने प्रारम्भिक अध्ययनमा भनिएको छ।

आउन र जानका लागि दुईवटा सुरुङमार्ग निर्माण गरिनेछ। यो निर्माणका लागि करिब २४ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको थियो। दोस्रो विकल्पका रुपमा तीनकुने हुँदै बालकुमारीतिर निस्कने सडकमा फ्लाइओभर बनाइने छ। रिङरोडमा करिब १३ सय २० मिटर लामो फ्लाइओभर निर्माण गर्नुपर्ने छ।

भक्तपुरतिर जाने सडकलाई अहिलेकै अवस्थामा राखेर फराकिलो बनाउनु पर्ने सुझाव दिइएको छ। यो विकल्पको निर्णण लागन अनुमान साढे ९ अर्ब रूपैयाँ गरिएको थियो।

तेस्रो विकल्पमा भक्तपुरतिर जाने सडकमा सुरुङमार्ग निर्माण गरिने उल्लेख छ। भक्तपुरतिर जाने सडकमा आउन र जानका लागि दुईवटा सुरुङमार्ग निर्माण गरिनेछ भने रिङरोडलाई अहिलेकै अवस्थामा संचालन गरिनेछ। सुरुङमार्ग १८ सय ६० मिटर लामो हुने जनाइएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तीन विकल्पमध्ये तेस्रो विकल्प सबैभन्दा महंगो हुने प्रारम्भिक प्रतिवेदनमा उललेख थियो। तेस्रो विकल्पको निर्माण लागत साढे २४ अर्ब रूपैयाँ अनुमान गरिएको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको संवेदनशीलतालाई समेत ध्यानमा राख्दा तेस्रो विकल्प उचित हुने निष्कर्ष निकालिएको हो। बानेश्वर, कोटेश्वर, माइतीघर लगायतका स्थानको चोकहरुमा ट्राफिक सुधार गर्न के गर्न सकिन्छ भनेर विकल्पसहितको अध्ययन गरिएको थियो।

जसमा कोटेश्वर चोकललाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ। केही समय अघिसम्म सबैभन्दा बढी जाम हुने चोकको सूचीमा कलंकी चोक अग्रस्थानमा थियो। अण्डरपास बनेसँगै कलंकी चोकमा अहिले जाममा बस्नुपर्ने बाध्यता घटेको छ।

विगतको कलंकी अहिले कोटेश्वर बनेको छ। कोटेश्वकरको सडक चौडा हुँदा पनि जाम घट्नुको साटो बढिरहेको छ। वीपी राजमार्ग सञ्चालनमा आएसँगै काठमाडौंबाट बाहिरिने सवारी साधनको संख्या उल्लेख्य वृद्धि भएकाले जाम बढाएको हो।

आर्थिक वर्ष २०७५/७६ को बजेटमा कोटेश्वरमा अन्डरपास निर्माण गर्ने उल्लेख थियो। २०७६/७७ को बजेटमा समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरेर अन्डरपास बनाइने भनिएको थियो।

प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  १७:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा
सम्बन्धित सामग्री
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो जलवायुजन्य विपद्बाट भएको क्षति सम्बोधन गर्न स्थापित हानि–नोक्सानी कोषको अक्टोबर २२ मा बसेको विशेष बैठकले नेपाललाई अनुदान दिने निर्णय... बिहीबार, कात्तिक ५, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेपछि बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो। आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि सञ्चालन गरिएको यस चरणमा कुल १७ जना विजेता छनोट गरिने आयोजकले जनाएको छ। आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्