• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

संघीय निजामतीमा यस्तो छ आरक्षण व्यवस्था

64x64
नेपाल लाइभ बुधबार, असोज ११, २०७४  ११:४५
1140x725

काठमाडौं- सरकारले संघीय नेपालमा निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरुको व्यवस्थाका लागि नयाँ विधेयकमा खस आर्यलाई पहिलो पटक आरक्षण दिने प्रस्ताव गरेको छ। 

संविधानले विपन्न अवस्थामा रहेका खस आर्यलाई आरक्षण दिने व्यवस्था राखेको थियो । त्यही व्यवस्थालाई आधार मान्दै सामान्य प्रशासन मन्त्रालयले मस्यौदा गरेको विधेयकमा खस आर्य महिला र पुरुषलाई १२ प्रतिशत आरक्षण दिने प्रस्ताव गरेको छ । महिलाहरुको हकमा भने सबैभन्दा धेरै ३० प्रतिशत प्रस्ताव गरेको छ। 

कुल विज्ञापनको आधा हिस्सा आरक्षणका लागि छुट्याउने प्रस्ताव पनि विधेयकमा गरिएको छ । ५० प्रतिशत आरक्षणमा शत प्रतिशत मानेर प्रतिस्पर्धा गराउने प्रस्ताव विधेयमा उल्लेख छ । आरक्षणका लागि संविधानले तोकेको क्लस्टरका आधारमा फरक अंकभार हुनेगरी दिने प्रस्ताव विधेयकमा गरिएको छ ।

विधेयकमा निजामती सेवा अन्तर्गत स्वास्थ्य, न्याय, इञ्जिनियरिङ र परराष्ट्र सेवालाई पनि समावेश गरिएको छ । हालसम्म स्वास्थ्य सेवा लगायत अन्यमा छुट्टै ऐन अनुसार कर्मचारीको पदपूर्ति, सञ्चालन र सेवा-सुविधाको व्यवस्था हुँदै आएको छ।

सामान्य प्रशासन मन्त्रालयले तयार पारेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरुको व्यवस्था गर्न बनेको विधेयक’मा स्वास्थ्य सेवालाई पनि निजामती सेवा अन्तर्गत नै समावेश गर्न प्रस्ताव गरिएको छ।

उक्त विधेयकमा स्वास्थ्यका लागि विशेष व्यवस्था राखिएको छ । विधेयकको परिच्छेद १३ को दफा १०१ मा स्वास्थ्यका तह तथा तह मिलानको व्यवस्था छ।

सेवाहरु 

नेपाल आर्थिक योजना  तथा तथ्यांक, इञ्जिनियरिङ, कृषि, न्याय, परराष्ट्र, प्रशासन, लेखा परीक्षण, वन, विविध तथा शिक्षा र स्वास्थ्य सेवा गरी ११ निजामती सेवा गठन हुने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

राजपत्रांकित विशिष्ट श्रेणीसम्मलाई विशिष्टता कायम गर्न सात वटा अलग क्लस्टर समेत विधेयकमा प्रस्ताव गरिएको छ । विधेयकमा इञ्जिनियरिङ, कृषि तथा वन, न्याय, परराष्ट्र, प्रशासन, लेखा परीक्षण र स्वास्थ्य सेवालाई क्लस्टर गरेर विशिष्टीकरण गर्ने प्रस्ताव विधेयकमा गरिएको छ।

विधेयकमा कुनै पनि कार्यलयमा अस्थायी दरबन्दी सिर्जना गर्न रोक लगाउन प्रस्ताव गरिएको छ । विधेयकको पपिरच्छेद ३ को दफा ७ मा ‘अस्थायी प्रकृतिका आयोग, समिति, निकाय, सचिवालय वा जुनसुकै किसिमका कार्यालयहरुमा अस्थायी दरबन्दी सिर्जना गरिने छैन’ भनिएको छ।

नयाँ सरकारी कार्यालय स्थापना भई दरबन्दी सिर्जना गर्न आवश्यक देखिएमा त्यसका लागि सर्वेक्षण गर्नुपर्ने र उक्त आधारमा सम्बन्धित मन्त्रालयले अर्थ मन्त्रालयको सहमति लिई सरकार समक्ष पेश गर्नुपर्ने व्यवस्था विधेयकमा राखिएको छ । सरकारबाट स्वीकृति पाएपछि निजामती किताबखानामा दर्ता गराएर उक्त पदका लागि विज्ञापन गर्न लोकसेवालाई जिम्मा दिन सक्ने व्यवस्था विधेयकमा राखिएको छ । सो व्यवस्थाले सरकारी निकायवाट कर्मचारी नआएको भनी राजनीतिक आस्थामा आधारमा आफ्ना कार्यकर्ता भित्र्याउने ढोका बन्द गरिदिनेछ।

कर्मचारीको पदपूर्ति 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विधेयकले कर्मचारी पदपूर्तिका लागि अलग्गै अंकभार तोकेको छ । विभिन्न श्रेणीका लागि फरक अंक पर्ने गरी प्रस्ताव गरिएको छ। 

श्रेणीविहीन कर्मचारी शत प्रतिशत खुला प्रतियोगिताबाट नियुक्ति गर्ने प्रस्ताव विधेयकमा गरिएको छ । राजपत्र अनंकित द्वितीय श्रेणीमा २० प्रतिशत आन्तरिक प्रतियोगिताबाट लिइनेछ भने बाँकी ८० प्रतिशत खुलाबाट लिइने प्रस्ताव गरिएको छ।

राजपत्र अनंकित प्रथम श्रेणी खुला ७० प्रतिशत, दस प्रतिशत आन्तरिम र २० प्रतिशत ज्येष्ठताका आधारमा गरिने प्रस्ताव गरिएको छ । तृतीय श्रेणीका लागि ७० प्रतिशत खुला, १० प्रतिशत आन्तरिक र २० प्रतिशत ज्येष्ठतालाई आधार मानिएको छ। 

लोकसेवालाई पूर्वजानकारी गराउनुपर्ने

निजामती सेवा ऐन अन्तर्गत कर्मचारी भर्ना गर्नुपर्ने भएमा लोकसेवा आयोगलाई एक महिना अगाडि लिखित जानकारी गराउनुपर्ने व्यवस्था विधेयकमा राखिएको छ । विज्ञापनको जानकारी सम्बन्धित सेवालाई पनि गराउनुपर्ने विधेयकमा उल्लेख छ । आन्तरिक तथा अन्तर सेवा प्रतिस्पर्धा हुने अवस्थामा पनि लोकसेवाको सिफारिस अनिवार्य आवश्यक हुने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ । 

कर्मचारी सरुवा गर्दा चक्रीय प्रणाली 

संघीय निजामती कर्मचारीहरुलाई सरुवा गर्दा चक्रीय प्रणाली अन्तगत गर्नुपर्ने प्रस्ताव विधेयकमा गरिएको छ । 'क' वर्गको सुगमस्थलमा रहेको कर्मचारीलाई 'घ' वर्गको दुर्गम स्थलमा पठाउनुपर्ने प्रस्ताव गरिएको छ । यस्तै, 'घ' वर्गको स्थलमा रहेको कर्मचारीलाई 'ख' स्थलमा, ख स्थलमा रहेकालाई 'ग' मा र 'ग' मा रहेकालाई क स्थलमा सरुवा गर्नुपर्ने प्रस्ताव गरिएको छ । चक्रीय प्रणाली अनुसार सरुवा नगरेमा सरुवा गर्ने अधिकारीलाई विभागीय कारवाही हुने प्रस्ताव विधेयकमा गरिएको छ। 

सरुवा गर्दा राजपत्र विशिष्ट र प्रथम श्रेणीका कर्मचारीलाई कम्तीमा एक वर्ष र त्यसभन्दा तलका कर्मचारीलाई दुई वर्ष नपुगी सरुवा गर्न नपाउने प्रस्ताव विधेयकमा गरिएको छ। 

आरक्षण (प्रतिशतमा)

आदिवासी जनजाति ३२ 
मधेसी २६ 
दलित १२ 
विपन्न खस आर्य  १२ 
थारु ५ 
आपांगता भएका व्यक्ति  ५ 
पिछडिएको क्षेत्र ४ 
मुस्लिम ३ 
पिछडा वर्ग १  

महिलाहरुका लागि
खस आर्य ३० 
आदिवासी जनजाति २२ 
मधेसी २० 
दलित १० 
थारु ५ 
अपांगता भएका व्यक्ति  ५ 
पिछडिएको क्षेत्र  ४ 
मुस्लिम  ३ 
पिछडा वर्ग  १ 

प्रकाशित मिति: बुधबार, असोज ११, २०७४  ११:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु
कतिमा किन्ने तरकारी र फलफुल ?
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु शुक्रबार, कात्तिक २७, २०८३
कतिमा किन्ने तरकारी र फलफुल ? शुक्रबार, कात्तिक २७, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
मोरङमा जंगलभित्र महिलाको शव फेला शुक्रबार, कात्तिक २७, २०८३
हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
बनेपामा भएको बस दुर्घटनामा को को परे ? २५ घाइतेको अवस्था के छ ? बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्