• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

खोपले नयाँ प्रजातिको भाइरसविरुद्ध काम गर्नेमा विश्वस्त भइहाल्ने अवस्था छैन : डा अनुप बास्तोला [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शनिबार, माघ १०, २०७७  ०७:०१
1140x725

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण भएको पुष्टि गरिसकेको छ। नयाँ प्रजातिको कोरोना भाइरस कस्तो प्रकृतिको छ? यसले स्वास्थ्यमा कस्तो असर गर्छ? नेपालमा यो भाइरस फैलिने सम्भावना कति छ? लगायतका विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा अनुप बास्तोलासँग रिता लम्सालले गरेको कुराकानीको सम्पादित अंशः 

बेलायतबाट आएका तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ। नयाँ प्रजातिको भनिएको कोरोना भाइरसलाई आमजनले कसरी बुझ्ने?
कोरोना भाइरस समुदायमा फैलिँदै जाँदा यस्तो स्वरुप परिवर्तन हुन्छ। विशेषगरी आरएनए भाइरसहरुको स्वरुप परिवर्तन हुन्छ। यो नयाँ प्रजातिको भाइरसले संक्रमण गर्ने अर्थात् शरीरका कोषिकाहरुमा छिर्ने ठाउँमा एसपिआई प्रोटिनहरु प्रयोग गर्छ त्यो प्रोटिनहरुमा केही परिवर्तन आयो। फलस्वरुप यो धेरै संक्रामक देखियो अर्थात् एक व्यक्तिबाट धेरै व्यक्तिमा छिट्टै सर्‍यो र समुदायमा छिटो फैलियो।

नयाँ प्रजातिको कोरोना भाइरस युकेमा सेप्टेम्बरमा देखिएको थियो भने डिसेम्बरमा पत्ता लाग्यो। जुनसुकै भाइरसले स्वरुप परिवर्तन गर्छ। मौसमी रुघाखोकी हो वा एन्फ्लुएन्जा, सबैको स्वरुप परिवर्तन भइरहेको हुन्छ।

कोरोना भाइरस पनि फैलिँदै जाँदा यसको स्वरुप परिवर्तन हुँदै जान्छन्। यसरी स्वरुप परिवर्तन हुँदा कुनै मत्थर भएर जान्छ त कुनै झनै संक्रामक हुने वा संक्रमण भएको व्यक्तिलाई अझै सिकिस्त बनाउन सक्ने सम्भावना बढेर जान सक्छ। 

कोरोना संक्रमण निको भएका व्यक्तिमा कोरोना विरुद्धको एन्टिबडी शरीरमा ६ महिनासम्म रहन्छ भन्ने अध्ययनहरुले देखाएका छन्। तर जो व्यक्ति अहिलेसम्म संक्रमित भएका छैनन्। ती व्यक्ति सधैं संक्रमणको जोखिममा हुन्छन्।

पल्छिल्लो समय युके, साउथ अफ्रिका र ब्राजिलमा कोरोना भाइरस नयाँ प्रजातिको भाइरस भेटियो। ती तीनै देशमा देखिएको कोरोना भाइरसको प्रजाति धेरै संक्रामक र चाँडै फैलिन सक्ने देखियो। नयाँ देखिएको भाइरसले शरीरका कोषिकाहरुमा असर गरी स्वरुप परिवर्तन गरेको अवस्था छ।

नयाँ प्रजातिको भाइरस नेपालमा फैलिने सम्भावना कति छ? कस्तो अवस्थामा नेपालमा फैलिन सक्ने जोखिम हुन्छ?
नयाँ प्रजातिको कोरोना भाइरस नेपालमै देखिएको भन्न मिल्दैन। किनकी यो नेपाल सरकारको रणनीति अनुसार रोगग्रस्त क्षेत्रबाट नेपाल आएकाहरुलाई निगरानी गर्दा उनीहरुमा पोजेटिभ देखिएको हो।

त्यसैले हामीले यो नेपालभित्रै देखिएको नयाँ प्रजातिभन्दा पनि विदेशबाट नेपाल आएर निगरानीमा पत्ता लागेको केस भन्नुपर्छ। तर सरकारको निगरानीबाट छुटेका व्यक्तिहरुले समुदायमा गएर अरुलाई पनि सारे वा सारेनन् भन्ने कुरा अस्पष्ट नै छ। समुदायमा गएर उनीहरुको कोरोना परीक्षण गरी नयाँ भाइरसको अवस्था कस्तो छ भन्ने अध्ययन नभएसम्म नेपालभित्र नयाँ प्रजातिको कोरोना संक्रमण छ वा छैन भन्न सकिँदैन।

Ncell 2
Ncell 2
nimb
nimb

तर अहिलेसम्म परीक्षण गरिएकाहरुमा चाहिँ ‘एस’ जिन नभेटिएको कुरा सुनेको छु। नेपालको अवस्थालाई हेर्ने हो भने कोराना संक्रमणको वेभ अहिले मत्थर भएर गएको अवस्था छ। संक्रमितको संख्या घटेको छ। सिकिस्त संक्रमितको संख्या पनि कम हुन थालेको छ। तर संक्रमितको संख्या कम हुँदै गर्दा धेरै व्यक्तिले कोरोनाबाट बच्ने उपाय अपनाउन हेलचेक्र्याईं गर्न थालेका छन्। यसरी कोरोनालाई बेवास्ता गर्न थाल्ने र नयाँ प्रजातिको संक्रमण भित्रियो भने संक्रमण फैलिने डर धेरै छ।

कस्ता व्यक्तिमा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण हुने जोखिम बढी हुन्छ?
नयाँ प्रजातिको कोरोना भाइरस पनि पुरानो कोरोना भाइरस जस्तै हो। यसले कुनै उमेर समूह हेर्दैन। तर यो नयाँ भाइरसको संक्रमण बच्चामा पनि रहेको अध्ययनहरुले देखाएका छन्। पहिलाको कोरोना भाइरसभन्दा यो नयाँ प्रजातिको भाइरस बढी संक्रामक छ।

नयाँ प्रजातिको कोरोना संक्रमण भित्रिन र फैलिन नदिन सरकारले तत्काल के गर्नुपर्छ? 
यो नयाँ भाइरसको धेरै तथ्य बाहिर आउन बाँकी छ। नयाँ भाइरस संक्रामक छ। तर यसको लक्षण पहिलाको कोरोना संक्रमणको जस्तै छ। नयाँ प्रजातिको कोरोना संक्रमणले पनि मानिसलाई निमोनिया गराउन सक्छ, सिकिस्त बनाउन सक्छ। समुदायमा एकै पटक फैलिएमा धेरै व्यक्तिहरु सिकिस्त हुने सम्भावना रहन्छ। अहिले युरोपमा दोस्रो चरणमा महामारी देखिएको छ, यसको कारण नयाँ भाइरस बढी संक्रमक भयो र यसले धेरैलाई सिकिस्त बनायो।

नयाँ प्रजातिको कोरोना भाइरस पहिला नै संक्रमित भइसकेका व्यक्तिमा नदेखिएको कुरा अध्ययनले देखाएको छ। तर आगामी दिनहरुमा कस्तो हुन्छ भन्ने कुरा अहिले नै भन्न सकिँदैन। नयाँ प्रजातिको भाइरसलाई अहिले विकास भएको कोरोना विरुद्धको खोपले काम गर्छ कि गर्दैन? भन्ने अर्को प्रश्न छ। अहिलेसम्मको अध्ययन–अनुसन्धानले भ्याक्सिनले काम गर्छ भनिएको छ तर अझै पूर्ण रुपमा विश्वस्त हुन सकिने अवस्था छैन। नयाँ प्रजातिको भाइरसले पुराना संक्रमितलाई फेरि संक्रमण गराउँछ वा गराउँदैन भन्ने पनि प्रष्ट भइसकेको छैन। 

अर्को कुरा, कोरोना संक्रमणको पहिलो वेभ समुदायमा देखिएपछि जति पनि संक्रमित थिए, घरबाहिर निस्किएका व्यक्तिहरु थिए। जो अहिलेसम्म संक्रमित भएका छैनन्, उनीहरुलाई संक्रमण हुने जोखिम अझै छ। 

नयाँ प्रजातिको मात्र होइन, नेपालमै देखिएको कोरोना संक्रमण हुने जोखिम अझै बाँकी नै छ। त्यसैले अहिलेसम्म सुरक्षित भएका व्यक्तिहरुमा संक्रमण नहोस् भनेर रोकथामको उपाय अपनाउनुपर्ने हुन्छ। यस्तै अन्य देशहरुबाट आएका व्यक्तिहरुलाई सुरक्षित तरिकाले निगरानीमा राखिएन भने पनि कोरोना संक्रमण फेरि फैलिने जोखिम हुन्छ। 

नेपालमा मित्रराष्ट्र भारतमा संक्रमण बढ्दै गएपछि त्यसैको वेभ नेपालमा आएर फैलियो। अब नयाँ प्रजातिको भाइरस भारतमा देखियो र त्यसलाई नियन्त्रण गर्न सकिएन भने नेपालमा नयाँ प्रजातिको संक्रमण फैलिने जोखिम हुन्छ। तर अन्य देशबाट आउने व्यक्तिहरुलाई पनि नियन्त्रण र निगरानी भने गर्नुपर्छ।

नयाँ–पुरानो दुवै प्रजातिको कोरोना संक्रमण रोकथाम र नियन्त्रणको उपाय भनेको जनस्वास्थ्यको मापदण्ड पालना गर्नु नै हो। त्यसैले कोरोना संक्रमणबाट जोगिन साबुनपानीले समयसमयमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, मास्कको सही तरिकाले अनिवार्य प्रयोग गर्ने, भीडभाड नगर्ने र सामाजिक दूरी कायम गर्ने कार्यलाई बेवास्ता गर्नुहुँदैन।

अहिले कोरोनाको खोप नेपालमा ल्याइएको छ। सबैले त्यो खोप पाए भने पनि संक्रमणबाट बच्न सकिन्छ। त्यसैले सरकारले खोप वितरण तथा कोरोना नियन्त्रणलाई व्यवस्थित गर्न जरुरी छ।

नेपालमा अहिले कोरोना संक्रमण कम भएको हो वा परीक्षण दर नै घटेको हो? 
अहिले कोरोना परीक्षण कम भए पनि संक्रमणको दर घटेको पनि छ। अस्पतालमा आउने संक्रमित तथा सिकिस्त संक्रमित घटेका छन्। कोरोना संक्रमितको मृत्युदर पनि घटेको छ। नेपालमा कोरोना संक्रमणको पहिलो वेभ मत्थर हुने अवस्थामा रहेको छ। तर संक्रमणदर घट्दै गर्दा जनस्वास्थ्यको मापदण्ड मिच्ने, सचेतनामा ध्यान नदिने गर्दा संक्रमण फेरि बढेर जाने हो कि भन्ने चिन्ता पनि थपिएको छ।

सरकारले खोप वितरण तथा कोरोना नियन्त्रणलाई व्यवस्थित गर्न जरुरी छ।

शुक्रराज अस्पतालमा पछिल्लो समय कोरोना संक्रमित कस्तो अवस्थामा आइपुगेका छन्? उनीहरुको उपचार र व्यवस्थापन कसरी भइरहेको छ?
हाम्रो अस्पतालमा निमोनियाले सिकिस्त भएका बिरामी रेफर भएर आउने गरेका छन्। अहिले दैनिक १० जनासम्म सिकिस्त बिरामी आइसियुमा भर्ना भइरहेका छन्। सामान्य लक्षण भएका बिरामी पनि आउँछन्।

शुक्रराज अस्पतालमा अहिले कोरोना संक्रमितका लागि छुट्याइएको बेड संख्या कम गरेर अन्य रोगका बिरामीको उपचारका लागि पनि छुट्याएका छौं। हाम्रो अस्पतालमा अहिले पनि निमोनिया भएर सिकिस्त भएका बिरामी नै बढी छन्।

अहिले कोरोना निको भएका तर कोरोनाको असरले स्वास्थ्य समस्या देखिएका बिरामी बढेको सुनिन्छ। कस्तो खालको असर देखिएको छ?
अस्पतालमा भर्ना भई कोरोना निको भएर घर फर्किएका कतिपय बिरामी फलोअपका लागि आउँछन्। उनीहरुमा कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ भइसके पनि छाती दुख्ने, श्वासप्रश्वासमा समस्या भइरहेको, शरीर थकित हुने, फेरि खोकी लाग्ने, अझै पनि स्वाद र गन्ध थाहा नपाउने, ज्वरो फेरि बल्झिने, निद्रा नलाग्ने, खाना नरुच्ने समस्या भएको पाइएको छ। विशेषगरी कोरोना संक्रमणको जटिलताले आइसियुमा भर्ना भएर उपचारपछि घर फर्किएका बिरामीमा यस्ता समस्या देखिएको छ। 

कोरोना निको भएका व्यक्तिमा यसको असर कति समयसम्म रहने सम्भावना हुन्छ? 
कोरोना भाइरस पत्ता लगाउन पिसिआर परीक्षण गर्दा पहिलो सातामा त्यसको नतिजा सही आउने सम्भावना रहन्छ। तर दोस्रो र तेस्रो सातासम्ममा पिसिआर परीक्षणको सेन्सेटिभिटी पनि कम हुँदै जान्छ। नाकबाट लिइने स्वाबको नमुना दोस्रो, तेस्रो सातामा सेन्सिटिभिटी कम हुन्छ। कोरोना संक्रमण भएको दोस्रो, तेस्रो सातामा नै संक्रमणले गाँजेर बिरामीमा निमोनिया विकास हुन्छ, तर पिसिआर रिपोर्ट नेगेटिभ आउने सम्भावना हुनसक्छ। 

यस्तै दोस्रो कारण स्वाब लिने तरिका तथा प्रोसेसिङले गर्दा पनि पिसिआर नेगेटिभ आउने सम्भावना हुन्छ। तर लक्षण र कारणको आधार हेरेर हामीले त्यो बिरामीमा कोरोनाकै असर हो वा होइन भनेर पत्ता लगाउँछौं। सोही अनुसार उपचार गर्नुपर्ने हुन्छ। आइसियुमा भर्ना भएका बिरामीमा पछिल्लो परीक्षणको रिपोर्ट नेगेटिभ आएका केस थुप्रै छन्। त्यसैले पिसिआर पोजेटिभ हुनु रोगग्रस्त मान्ने तर नेगेटिभ हुनु चाहिँ रोग नै होइन भनेर सोच्नु हुँदैन। कोरोना भाइरस नेगेटिभ देखिए पनि त्यसले पारेको असर अर्थात् निमोनियाको असर रहिरहन सक्छ। 

त्यसैले कोरोना संक्रमणका कारण निमोनिया भइसकेको छ भने सोही अनुसारको उपचार गर्नुपर्छ। बिरामीको लक्षण अनुसारको उपचार गर्न आवश्यक छ। त्यसैले  स्वास्थ्य समस्या देखिइरहेकै अवस्थामा पिसिआर नेगेटिभ छ भनेर सन्चो भयो भन्ने सोच्नु हुँदैन।

पिसिआर नेगेटिभ भइसकेका वा संक्रमणमुक्त भइसकेका व्यक्तिले सहज र स्वस्थ भएर जीवनयापन गर्न कस्ता–कस्ता कुरामा सावधानी अपनाउनुपर्छ?
अझै पनि कोरोना कहरबाट हामीले मुक्ति पाइसकेका छैनौं। त्यसैले नयाँ पुराना सबै प्रकारका कोरोना भाइरसबाट सुरक्षित हुने उपाय अपनाउनुपर्छ। कोरोना संक्रमणले निमोनिया देखिएका बिरामीले पछिसम्म पनि आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ। चिसो, धुलोधुवाँबाट जोगिनुपर्छ। अन्य मौसमी रुघाखोकी तथा संक्रामक रोगहरुबाट बच्नुपर्छ। निमोनिया विरुद्धको भ्याक्सिन लगाउनुपर्छ र चिकित्सकको परामर्श तथा सम्पर्कमा रहनुपर्छ। 

लकडाउन र निषेधाज्ञा अन्त्य भएपछि मानिसले जनस्वास्थ्यको मापदण्ड पालना गर्न छाडेको देखिन्छ। यसले भोलिका दिनमा कोरोना संक्रमणको अवस्था फेरि भयावह हुने सम्भावना रहन्छ?
कोरोना संक्रमण निको भएका व्यक्तिमा कोरोना विरुद्धको एन्टिबडी शरीरमा ६ महिनासम्म रहन्छ भन्ने अध्ययनहरुले देखाएका छन्। तर जो व्यक्ति अहिलेसम्म संक्रमित भएका छैनन्। ती व्यक्ति सधैं संक्रमणको जोखिममा हुन्छन्। जो व्यक्तिमा अहिलेसम्म त संक्रमण भएको छैन भनेर जनस्वास्थ्यको मापदण्डलाई पूर्ण रुपमा व्यवास्ता गरेर हिँड्न थाल्नुभएको छ,  त्यस्ता व्यक्तिमा भोलि संक्रमण हुनसक्ने र सिकिस्त हुने जोखिम छ। अहिलेसम्म संक्रमित नभएकाहरुले सावधानी नअपनाउँदा संक्रमणको दर फेरि बढेर हिजो संक्रमण भएर सिकिस्त भएका बिरामीमा समेत असर पर्ने सम्भावना हुन्छ। त्यसैले भोलि संक्रमण भएर पछुताउनुभन्दा अहिले नै सावधानी अपनाउन जरुरी छ। 

नेपालमा पनि कोरोना विरुद्धको खोप आएको छ। खोप लगाएपछि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ कि पर्दैन?
कोरोना विरुद्धको खोपले सबैको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ नै भन्ने होइन। विभिन्न किसिमका रोग विरुद्ध जति पनि खोप विकास भएका  छन्, त्यसले ७० देखि ९५ प्रतिशतसम्म रोग प्रतिरोधात्मक क्षमता बन्न सक्ला। तर त्यो ५ प्रतिशतमा खोपको प्रयोगले पनि रोग विरुद्ध काम नगर्न सक्छ। यस्ता व्यक्तिलाई कोरोना संक्रमणको जोखिम रहिरहन्छ। त्यसैले कोरोना संक्रमणबाट बच्न अहिलेको अवस्थामा जनस्वास्थ्यको मापदण्ड पालना गर्नैपर्छ। कोरोनाको खोप लगाएका व्यक्तिले पनि सुरक्षित भएर बस्नुपर्छ।

कोरोना संक्रमण निको भएका व्यक्तिमा कोरोना विरुद्धको एन्टिबडी शरीरमा ६ महिनासम्म रहन्छ भन्ने अध्ययनहरुले देखाएका छन्। तर जो व्यक्ति अहिलेसम्म संक्रमित भएका छैनन्। ती व्यक्ति सधैं संक्रमणको जोखिममा हुन्छन्।

कोरोनाको जोखिम मान्छेको व्यवहारमा भर पर्ने कुरा हो। नेपालमै भएको कोरोना भाइरसलाई बेवास्ता गर्ने र बाहिरबाट आएको वा बाहिर देखिएको नयाँ प्रजातिको भाइरसबारे सुनेर आत्तिनु हुँदैन। नेपालमै भएको संक्रमणलाई बेवास्ता गर्ने बानीले हामी अझै पनि संक्रमणको जोखिममा नै छौं। त्यसैले जस्तोसुकै कोरोना भाइरस भए पनि मापदण्ड अपनायौं भने हामी कोरोना संक्रमणबाट बँच्न सक्छौं। 

त्यसैले कोरोनाको अवस्था र कोरोनापछिको अवस्थामा पनि जनस्वास्थ्यका मापदण्ड पालना गरिरहनुपर्छ। कोरोनाको खोप आउँदैमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने कुरामा हेलचेक्र्याईं गर्नुहुँदैन।

प्रकाशित मिति: शनिबार, माघ १०, २०७७  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आफैंलाई साढे ३ करोड क्षति हुँदा पनि वर्ल्डलिंकले बाढीपीडितलाई १ करोड १ लाख दियो
चार अर्ब डलर बढीको टेलिस्कोप ‘रोमन’, जसले डार्क इनर्जी र डार्क म्याटरको प्रभाव पत्ता लगाउनेछ
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने शिक्षामन्त्रीको घोषणा
सम्बन्धित सामग्री
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती उनका अनुसार बेलायत, अमेरिका र अस्ट्रेलियाजस्ता देशमा पनि ठूलो विपद्का बेला सयौँ वा हजारौँ शवको पहिचान तत्काल सम्पन्न हुँदैन । त्यहाँ... आइतबार, भदौ १४, २०८३
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
ताजा समाचारसबै
आफैंलाई साढे ३ करोड क्षति हुँदा पनि वर्ल्डलिंकले बाढीपीडितलाई १ करोड १ लाख दियो सोमबार, भदौ २२, २०८३
चार अर्ब डलर बढीको टेलिस्कोप ‘रोमन’, जसले डार्क इनर्जी र डार्क म्याटरको प्रभाव पत्ता लगाउनेछ सोमबार, भदौ २२, २०८३
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने शिक्षामन्त्रीको घोषणा सोमबार, भदौ २२, २०८३
एनपीएलको मिडिया र टिकेटिङ अधिकार ३३ करोडभन्दा बढीमा बिक्री सोमबार, भदौ २२, २०८३
रसुवा जाने वैकल्पिक सडक सञ्चालनमा, ठूला सवारी दुईतर्फी चल्ने सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्