• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, असार १८, २०८२ Wed, Jul 2, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
खोपले नयाँ प्रजातिको भाइरसविरुद्ध काम गर्नेमा विश्वस्त भइहाल्ने अवस्था छैन : डा अनुप बास्तोला [अन्तर्वार्ता]
64x64
नेपाल लाइभ शनिबार, माघ १०, २०७७  ०७:०१
1140x725

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण भएको पुष्टि गरिसकेको छ। नयाँ प्रजातिको कोरोना भाइरस कस्तो प्रकृतिको छ? यसले स्वास्थ्यमा कस्तो असर गर्छ? नेपालमा यो भाइरस फैलिने सम्भावना कति छ? लगायतका विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा अनुप बास्तोलासँग रिता लम्सालले गरेको कुराकानीको सम्पादित अंशः 

बेलायतबाट आएका तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ। नयाँ प्रजातिको भनिएको कोरोना भाइरसलाई आमजनले कसरी बुझ्ने?
कोरोना भाइरस समुदायमा फैलिँदै जाँदा यस्तो स्वरुप परिवर्तन हुन्छ। विशेषगरी आरएनए भाइरसहरुको स्वरुप परिवर्तन हुन्छ। यो नयाँ प्रजातिको भाइरसले संक्रमण गर्ने अर्थात् शरीरका कोषिकाहरुमा छिर्ने ठाउँमा एसपिआई प्रोटिनहरु प्रयोग गर्छ त्यो प्रोटिनहरुमा केही परिवर्तन आयो। फलस्वरुप यो धेरै संक्रामक देखियो अर्थात् एक व्यक्तिबाट धेरै व्यक्तिमा छिट्टै सर्‍यो र समुदायमा छिटो फैलियो।

नयाँ प्रजातिको कोरोना भाइरस युकेमा सेप्टेम्बरमा देखिएको थियो भने डिसेम्बरमा पत्ता लाग्यो। जुनसुकै भाइरसले स्वरुप परिवर्तन गर्छ। मौसमी रुघाखोकी हो वा एन्फ्लुएन्जा, सबैको स्वरुप परिवर्तन भइरहेको हुन्छ।

कोरोना भाइरस पनि फैलिँदै जाँदा यसको स्वरुप परिवर्तन हुँदै जान्छन्। यसरी स्वरुप परिवर्तन हुँदा कुनै मत्थर भएर जान्छ त कुनै झनै संक्रामक हुने वा संक्रमण भएको व्यक्तिलाई अझै सिकिस्त बनाउन सक्ने सम्भावना बढेर जान सक्छ। 

कोरोना संक्रमण निको भएका व्यक्तिमा कोरोना विरुद्धको एन्टिबडी शरीरमा ६ महिनासम्म रहन्छ भन्ने अध्ययनहरुले देखाएका छन्। तर जो व्यक्ति अहिलेसम्म संक्रमित भएका छैनन्। ती व्यक्ति सधैं संक्रमणको जोखिममा हुन्छन्।

पल्छिल्लो समय युके, साउथ अफ्रिका र ब्राजिलमा कोरोना भाइरस नयाँ प्रजातिको भाइरस भेटियो। ती तीनै देशमा देखिएको कोरोना भाइरसको प्रजाति धेरै संक्रामक र चाँडै फैलिन सक्ने देखियो। नयाँ देखिएको भाइरसले शरीरका कोषिकाहरुमा असर गरी स्वरुप परिवर्तन गरेको अवस्था छ।

नयाँ प्रजातिको भाइरस नेपालमा फैलिने सम्भावना कति छ? कस्तो अवस्थामा नेपालमा फैलिन सक्ने जोखिम हुन्छ?
नयाँ प्रजातिको कोरोना भाइरस नेपालमै देखिएको भन्न मिल्दैन। किनकी यो नेपाल सरकारको रणनीति अनुसार रोगग्रस्त क्षेत्रबाट नेपाल आएकाहरुलाई निगरानी गर्दा उनीहरुमा पोजेटिभ देखिएको हो।

त्यसैले हामीले यो नेपालभित्रै देखिएको नयाँ प्रजातिभन्दा पनि विदेशबाट नेपाल आएर निगरानीमा पत्ता लागेको केस भन्नुपर्छ। तर सरकारको निगरानीबाट छुटेका व्यक्तिहरुले समुदायमा गएर अरुलाई पनि सारे वा सारेनन् भन्ने कुरा अस्पष्ट नै छ। समुदायमा गएर उनीहरुको कोरोना परीक्षण गरी नयाँ भाइरसको अवस्था कस्तो छ भन्ने अध्ययन नभएसम्म नेपालभित्र नयाँ प्रजातिको कोरोना संक्रमण छ वा छैन भन्न सकिँदैन।

तर अहिलेसम्म परीक्षण गरिएकाहरुमा चाहिँ ‘एस’ जिन नभेटिएको कुरा सुनेको छु। नेपालको अवस्थालाई हेर्ने हो भने कोराना संक्रमणको वेभ अहिले मत्थर भएर गएको अवस्था छ। संक्रमितको संख्या घटेको छ। सिकिस्त संक्रमितको संख्या पनि कम हुन थालेको छ। तर संक्रमितको संख्या कम हुँदै गर्दा धेरै व्यक्तिले कोरोनाबाट बच्ने उपाय अपनाउन हेलचेक्र्याईं गर्न थालेका छन्। यसरी कोरोनालाई बेवास्ता गर्न थाल्ने र नयाँ प्रजातिको संक्रमण भित्रियो भने संक्रमण फैलिने डर धेरै छ।

कस्ता व्यक्तिमा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण हुने जोखिम बढी हुन्छ?
नयाँ प्रजातिको कोरोना भाइरस पनि पुरानो कोरोना भाइरस जस्तै हो। यसले कुनै उमेर समूह हेर्दैन। तर यो नयाँ भाइरसको संक्रमण बच्चामा पनि रहेको अध्ययनहरुले देखाएका छन्। पहिलाको कोरोना भाइरसभन्दा यो नयाँ प्रजातिको भाइरस बढी संक्रामक छ।

नयाँ प्रजातिको कोरोना संक्रमण भित्रिन र फैलिन नदिन सरकारले तत्काल के गर्नुपर्छ? 
यो नयाँ भाइरसको धेरै तथ्य बाहिर आउन बाँकी छ। नयाँ भाइरस संक्रामक छ। तर यसको लक्षण पहिलाको कोरोना संक्रमणको जस्तै छ। नयाँ प्रजातिको कोरोना संक्रमणले पनि मानिसलाई निमोनिया गराउन सक्छ, सिकिस्त बनाउन सक्छ। समुदायमा एकै पटक फैलिएमा धेरै व्यक्तिहरु सिकिस्त हुने सम्भावना रहन्छ। अहिले युरोपमा दोस्रो चरणमा महामारी देखिएको छ, यसको कारण नयाँ भाइरस बढी संक्रमक भयो र यसले धेरैलाई सिकिस्त बनायो।

नयाँ प्रजातिको कोरोना भाइरस पहिला नै संक्रमित भइसकेका व्यक्तिमा नदेखिएको कुरा अध्ययनले देखाएको छ। तर आगामी दिनहरुमा कस्तो हुन्छ भन्ने कुरा अहिले नै भन्न सकिँदैन। नयाँ प्रजातिको भाइरसलाई अहिले विकास भएको कोरोना विरुद्धको खोपले काम गर्छ कि गर्दैन? भन्ने अर्को प्रश्न छ। अहिलेसम्मको अध्ययन–अनुसन्धानले भ्याक्सिनले काम गर्छ भनिएको छ तर अझै पूर्ण रुपमा विश्वस्त हुन सकिने अवस्था छैन। नयाँ प्रजातिको भाइरसले पुराना संक्रमितलाई फेरि संक्रमण गराउँछ वा गराउँदैन भन्ने पनि प्रष्ट भइसकेको छैन। 

अर्को कुरा, कोरोना संक्रमणको पहिलो वेभ समुदायमा देखिएपछि जति पनि संक्रमित थिए, घरबाहिर निस्किएका व्यक्तिहरु थिए। जो अहिलेसम्म संक्रमित भएका छैनन्, उनीहरुलाई संक्रमण हुने जोखिम अझै छ। 

नयाँ प्रजातिको मात्र होइन, नेपालमै देखिएको कोरोना संक्रमण हुने जोखिम अझै बाँकी नै छ। त्यसैले अहिलेसम्म सुरक्षित भएका व्यक्तिहरुमा संक्रमण नहोस् भनेर रोकथामको उपाय अपनाउनुपर्ने हुन्छ। यस्तै अन्य देशहरुबाट आएका व्यक्तिहरुलाई सुरक्षित तरिकाले निगरानीमा राखिएन भने पनि कोरोना संक्रमण फेरि फैलिने जोखिम हुन्छ। 

नेपालमा मित्रराष्ट्र भारतमा संक्रमण बढ्दै गएपछि त्यसैको वेभ नेपालमा आएर फैलियो। अब नयाँ प्रजातिको भाइरस भारतमा देखियो र त्यसलाई नियन्त्रण गर्न सकिएन भने नेपालमा नयाँ प्रजातिको संक्रमण फैलिने जोखिम हुन्छ। तर अन्य देशबाट आउने व्यक्तिहरुलाई पनि नियन्त्रण र निगरानी भने गर्नुपर्छ।

नयाँ–पुरानो दुवै प्रजातिको कोरोना संक्रमण रोकथाम र नियन्त्रणको उपाय भनेको जनस्वास्थ्यको मापदण्ड पालना गर्नु नै हो। त्यसैले कोरोना संक्रमणबाट जोगिन साबुनपानीले समयसमयमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, मास्कको सही तरिकाले अनिवार्य प्रयोग गर्ने, भीडभाड नगर्ने र सामाजिक दूरी कायम गर्ने कार्यलाई बेवास्ता गर्नुहुँदैन।

अहिले कोरोनाको खोप नेपालमा ल्याइएको छ। सबैले त्यो खोप पाए भने पनि संक्रमणबाट बच्न सकिन्छ। त्यसैले सरकारले खोप वितरण तथा कोरोना नियन्त्रणलाई व्यवस्थित गर्न जरुरी छ।

नेपालमा अहिले कोरोना संक्रमण कम भएको हो वा परीक्षण दर नै घटेको हो? 
अहिले कोरोना परीक्षण कम भए पनि संक्रमणको दर घटेको पनि छ। अस्पतालमा आउने संक्रमित तथा सिकिस्त संक्रमित घटेका छन्। कोरोना संक्रमितको मृत्युदर पनि घटेको छ। नेपालमा कोरोना संक्रमणको पहिलो वेभ मत्थर हुने अवस्थामा रहेको छ। तर संक्रमणदर घट्दै गर्दा जनस्वास्थ्यको मापदण्ड मिच्ने, सचेतनामा ध्यान नदिने गर्दा संक्रमण फेरि बढेर जाने हो कि भन्ने चिन्ता पनि थपिएको छ।

सरकारले खोप वितरण तथा कोरोना नियन्त्रणलाई व्यवस्थित गर्न जरुरी छ।

शुक्रराज अस्पतालमा पछिल्लो समय कोरोना संक्रमित कस्तो अवस्थामा आइपुगेका छन्? उनीहरुको उपचार र व्यवस्थापन कसरी भइरहेको छ?
हाम्रो अस्पतालमा निमोनियाले सिकिस्त भएका बिरामी रेफर भएर आउने गरेका छन्। अहिले दैनिक १० जनासम्म सिकिस्त बिरामी आइसियुमा भर्ना भइरहेका छन्। सामान्य लक्षण भएका बिरामी पनि आउँछन्।

शुक्रराज अस्पतालमा अहिले कोरोना संक्रमितका लागि छुट्याइएको बेड संख्या कम गरेर अन्य रोगका बिरामीको उपचारका लागि पनि छुट्याएका छौं। हाम्रो अस्पतालमा अहिले पनि निमोनिया भएर सिकिस्त भएका बिरामी नै बढी छन्।

अहिले कोरोना निको भएका तर कोरोनाको असरले स्वास्थ्य समस्या देखिएका बिरामी बढेको सुनिन्छ। कस्तो खालको असर देखिएको छ?
अस्पतालमा भर्ना भई कोरोना निको भएर घर फर्किएका कतिपय बिरामी फलोअपका लागि आउँछन्। उनीहरुमा कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ भइसके पनि छाती दुख्ने, श्वासप्रश्वासमा समस्या भइरहेको, शरीर थकित हुने, फेरि खोकी लाग्ने, अझै पनि स्वाद र गन्ध थाहा नपाउने, ज्वरो फेरि बल्झिने, निद्रा नलाग्ने, खाना नरुच्ने समस्या भएको पाइएको छ। विशेषगरी कोरोना संक्रमणको जटिलताले आइसियुमा भर्ना भएर उपचारपछि घर फर्किएका बिरामीमा यस्ता समस्या देखिएको छ। 

कोरोना निको भएका व्यक्तिमा यसको असर कति समयसम्म रहने सम्भावना हुन्छ? 
कोरोना भाइरस पत्ता लगाउन पिसिआर परीक्षण गर्दा पहिलो सातामा त्यसको नतिजा सही आउने सम्भावना रहन्छ। तर दोस्रो र तेस्रो सातासम्ममा पिसिआर परीक्षणको सेन्सेटिभिटी पनि कम हुँदै जान्छ। नाकबाट लिइने स्वाबको नमुना दोस्रो, तेस्रो सातामा सेन्सिटिभिटी कम हुन्छ। कोरोना संक्रमण भएको दोस्रो, तेस्रो सातामा नै संक्रमणले गाँजेर बिरामीमा निमोनिया विकास हुन्छ, तर पिसिआर रिपोर्ट नेगेटिभ आउने सम्भावना हुनसक्छ। 

यस्तै दोस्रो कारण स्वाब लिने तरिका तथा प्रोसेसिङले गर्दा पनि पिसिआर नेगेटिभ आउने सम्भावना हुन्छ। तर लक्षण र कारणको आधार हेरेर हामीले त्यो बिरामीमा कोरोनाकै असर हो वा होइन भनेर पत्ता लगाउँछौं। सोही अनुसार उपचार गर्नुपर्ने हुन्छ। आइसियुमा भर्ना भएका बिरामीमा पछिल्लो परीक्षणको रिपोर्ट नेगेटिभ आएका केस थुप्रै छन्। त्यसैले पिसिआर पोजेटिभ हुनु रोगग्रस्त मान्ने तर नेगेटिभ हुनु चाहिँ रोग नै होइन भनेर सोच्नु हुँदैन। कोरोना भाइरस नेगेटिभ देखिए पनि त्यसले पारेको असर अर्थात् निमोनियाको असर रहिरहन सक्छ। 

त्यसैले कोरोना संक्रमणका कारण निमोनिया भइसकेको छ भने सोही अनुसारको उपचार गर्नुपर्छ। बिरामीको लक्षण अनुसारको उपचार गर्न आवश्यक छ। त्यसैले  स्वास्थ्य समस्या देखिइरहेकै अवस्थामा पिसिआर नेगेटिभ छ भनेर सन्चो भयो भन्ने सोच्नु हुँदैन।

पिसिआर नेगेटिभ भइसकेका वा संक्रमणमुक्त भइसकेका व्यक्तिले सहज र स्वस्थ भएर जीवनयापन गर्न कस्ता–कस्ता कुरामा सावधानी अपनाउनुपर्छ?
अझै पनि कोरोना कहरबाट हामीले मुक्ति पाइसकेका छैनौं। त्यसैले नयाँ पुराना सबै प्रकारका कोरोना भाइरसबाट सुरक्षित हुने उपाय अपनाउनुपर्छ। कोरोना संक्रमणले निमोनिया देखिएका बिरामीले पछिसम्म पनि आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ। चिसो, धुलोधुवाँबाट जोगिनुपर्छ। अन्य मौसमी रुघाखोकी तथा संक्रामक रोगहरुबाट बच्नुपर्छ। निमोनिया विरुद्धको भ्याक्सिन लगाउनुपर्छ र चिकित्सकको परामर्श तथा सम्पर्कमा रहनुपर्छ। 

लकडाउन र निषेधाज्ञा अन्त्य भएपछि मानिसले जनस्वास्थ्यको मापदण्ड पालना गर्न छाडेको देखिन्छ। यसले भोलिका दिनमा कोरोना संक्रमणको अवस्था फेरि भयावह हुने सम्भावना रहन्छ?
कोरोना संक्रमण निको भएका व्यक्तिमा कोरोना विरुद्धको एन्टिबडी शरीरमा ६ महिनासम्म रहन्छ भन्ने अध्ययनहरुले देखाएका छन्। तर जो व्यक्ति अहिलेसम्म संक्रमित भएका छैनन्। ती व्यक्ति सधैं संक्रमणको जोखिममा हुन्छन्। जो व्यक्तिमा अहिलेसम्म त संक्रमण भएको छैन भनेर जनस्वास्थ्यको मापदण्डलाई पूर्ण रुपमा व्यवास्ता गरेर हिँड्न थाल्नुभएको छ,  त्यस्ता व्यक्तिमा भोलि संक्रमण हुनसक्ने र सिकिस्त हुने जोखिम छ। अहिलेसम्म संक्रमित नभएकाहरुले सावधानी नअपनाउँदा संक्रमणको दर फेरि बढेर हिजो संक्रमण भएर सिकिस्त भएका बिरामीमा समेत असर पर्ने सम्भावना हुन्छ। त्यसैले भोलि संक्रमण भएर पछुताउनुभन्दा अहिले नै सावधानी अपनाउन जरुरी छ। 

नेपालमा पनि कोरोना विरुद्धको खोप आएको छ। खोप लगाएपछि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ कि पर्दैन?
कोरोना विरुद्धको खोपले सबैको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ नै भन्ने होइन। विभिन्न किसिमका रोग विरुद्ध जति पनि खोप विकास भएका  छन्, त्यसले ७० देखि ९५ प्रतिशतसम्म रोग प्रतिरोधात्मक क्षमता बन्न सक्ला। तर त्यो ५ प्रतिशतमा खोपको प्रयोगले पनि रोग विरुद्ध काम नगर्न सक्छ। यस्ता व्यक्तिलाई कोरोना संक्रमणको जोखिम रहिरहन्छ। त्यसैले कोरोना संक्रमणबाट बच्न अहिलेको अवस्थामा जनस्वास्थ्यको मापदण्ड पालना गर्नैपर्छ। कोरोनाको खोप लगाएका व्यक्तिले पनि सुरक्षित भएर बस्नुपर्छ।

कोरोना संक्रमण निको भएका व्यक्तिमा कोरोना विरुद्धको एन्टिबडी शरीरमा ६ महिनासम्म रहन्छ भन्ने अध्ययनहरुले देखाएका छन्। तर जो व्यक्ति अहिलेसम्म संक्रमित भएका छैनन्। ती व्यक्ति सधैं संक्रमणको जोखिममा हुन्छन्।

कोरोनाको जोखिम मान्छेको व्यवहारमा भर पर्ने कुरा हो। नेपालमै भएको कोरोना भाइरसलाई बेवास्ता गर्ने र बाहिरबाट आएको वा बाहिर देखिएको नयाँ प्रजातिको भाइरसबारे सुनेर आत्तिनु हुँदैन। नेपालमै भएको संक्रमणलाई बेवास्ता गर्ने बानीले हामी अझै पनि संक्रमणको जोखिममा नै छौं। त्यसैले जस्तोसुकै कोरोना भाइरस भए पनि मापदण्ड अपनायौं भने हामी कोरोना संक्रमणबाट बँच्न सक्छौं। 

त्यसैले कोरोनाको अवस्था र कोरोनापछिको अवस्थामा पनि जनस्वास्थ्यका मापदण्ड पालना गरिरहनुपर्छ। कोरोनाको खोप आउँदैमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने कुरामा हेलचेक्र्याईं गर्नुहुँदैन।

प्रकाशित मिति: शनिबार, माघ १०, २०७७  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डब्लुएचओ दक्षिणपूर्वी एशिया क्षेत्रको क्षयरोगका लागि प्राविधिक सल्लाहकारमा डा राजेन्द्रप्रसाद पन्त नियुक्त
भोजपुरका किसानलाई कृषि औजार वितरण
पहिरोले घर पुरिँदा चार जना घाइते
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
डब्लुएचओ दक्षिणपूर्वी एशिया क्षेत्रको क्षयरोगका लागि प्राविधिक सल्लाहकारमा डा राजेन्द्रप्रसाद पन्त नियुक्त बुधबार, असार १८, २०८२
भोजपुरका किसानलाई कृषि औजार वितरण बुधबार, असार १८, २०८२
पहिरोले घर पुरिँदा चार जना घाइते बुधबार, असार १८, २०८२
गाजामा ६० दिन युद्धविराम गर्न इजरायल सहमत भएको ट्रम्पको दाबी बुधबार, असार १८, २०८२
पाँच वटा संसदीय समितिको बैठक बस्दै बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
कुलिङ पिरियडमा भएको कमजोरीको नैतिक जिम्मेवारी लिन्छु : खतिवडा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्