बुटवल– शुक्रबार दिउँसो बुटवलबाट पक्राउ परेका राष्ट्रिय जनमुक्ति पार्टीका दुई नेता आज साँझ रिहा भएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सरकारले गरेको नागरिक अभिनन्दनलाई विरोध गर्दै जनमुक्ति पार्टीले बुटवलको ट्राफिक चोकमा शुक्रबार कालो झन्डासहित प्रदर्शन गरेको थियो। सो क्रममा प्रहरीले पार्टीका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश ५ इञ्चार्ज हाजी मोहमद खाँ र पार्टीका जिल्ला अध्यक्ष झमबहादुर गुरुङलाई पक्राउ गरेको थियो।
मोदी स्वदेश फर्किए लगत्तै उनीहरुलाई पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही इञ्चार्ज सूर्यकुमार सारु मगरको रोहवरमा प्रहरीले छाडेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।