काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ३१८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ६९३ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ५ हजार १२ जनाको पिसिआर परीक्षण गर्दा ३१८ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख २६ हजार ७२६ पुगेको छ ।
बुधबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ। हाल १७२ जना क्वारेन्टाइनमा छन्।
गत २४ घण्टामा ३८३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै, देशभर हाल १९८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १६५ जना आइसियु र ३३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा २ जना आइसियु रहेका छन्। प्रदेश १ मा कोही पनि संक्रमित भेन्टिलेटरमा छैनन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।
बागमती प्रदेशमा ६० आइसियु र २२ भेन्टिलेटरमा, गण्डकीमा ६७ आइसियु र ७ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ३२ आइसियु र ४ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कर्णाली प्रदेशमा एक जना आइसियुमा छन् कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्। सूदुरपश्चिम प्रदेशमा ३ जना संक्रमित आइसियुमा मात्र रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।