काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जाँदाजाँदै प्रधानमन्त्री केपी ओलीलाई पुन: भारत भ्रमणको निम्तो दिएका छन्।
नेपाल भ्रमणबारे १६ बुँदे संयुक्त प्रेस विज्ञप्तिको १६ नम्बर बुँदामा मोदीले ओलीलाई निम्तो दिएको र ओली सहमत भएको उल्लेख छ। मोदी स्वदेश फिर्ता भइसकेपछि मात्रै परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेको हो। विज्ञप्तिमा दुई देशबीच विभिन्न क्षेत्रको विकासका लागि सहयोग र सहकार्यबारे छलफल भएको उल्लेख छ।
नेपालको दुईदिने भ्रमणका क्रममा शुक्रबार आएका मोदी शनिबार अपराह्न स्वदेश फर्केका छन्। भ्रमणका क्रममा उनलाई जनकपुर र काठमाडौंमा अभिनन्दन गरिएको थियो।
संयुक्त विज्ञप्ति
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।