पोखरा- माओवादी केन्द्र कास्कीले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएर केन्द्रमा सिफारिस गरेको छ ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा पूर्वमन्त्री एवं प्रदेश नम्बर ४ का इञ्चार्ज देवप्रसाद गुरुङ, क्षेत्र नम्बर २ मा राजकाजी गुरुङ र क्षेत्र नम्बर ३ मा रामजी बराललाई सिफारिस गरिएको पार्टीका जिल्ला नेता लालमोहन तिवारीले जानकारी दिए।
त्यस्तै, प्रदेश सभामा क्षेत्र नम्बर १ मा झलकपाणि तिवारी र क्षेत्र नम्बर ३ मा गंगा पोखरेलको नाम सिफारिस गरिएको छ । बाँकी क्षेत्रको नाम बुधबार टुंगो लगाइने तिवारीले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।