पोखरा- लडेर गम्भीर घाइते भएका प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारीलाई हेलिकोप्टरबाट ललितपुरको मेडिसिटी न्युरो अस्पताल लगिएको छ।
निवासको शौचालयमा अचानक लडेर टाउकोमा गम्भीर चोट लागेका सभामुख अधिकारीलाई आज बिहान काठमाडौं ल्याइएको उनका स्वकीय सचिव लोकराज आचार्यले जानकारी दिए।
सभामुख अधिकारीको टाउकोमा रगत जमेको देखिएपछि अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा उपचार भइरहेको उनले बताए। अस्पतालका वरिष्ठ न्युरो सर्जन डा बालगोपाल शर्माको नेतृत्वको टोली उनको उपचारमा संलग्न छ।
स्वकीय सचिव आचार्यले सभामुख अधिकारीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी दिए।
शुक्रबार दिउँसो ४ बजे लडेर घाइते भएका सभामुख अधिकारीलाई उपचारका लागि तत्काल पोखरास्थित फेवासिटी र मेट्रोसिटी अस्पताल हुँदै मणिपाल शिक्षाण अस्पतालमा भर्ना गरिएको थियो। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।