काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पर्यटनमन्त्री रविन्द्र अधिकारीले पशुपतिनाथ मन्दिरको प्रतिमा उपहार दिएका छन्।
पशुपतिनाथ मन्दिरमा विशेष पूजाअर्चना सकेपछि मन्त्री अधिकारीले उपहार प्रदान गरेका हुन्।
प्रधानमन्त्री मोदी करिब साढे ११ बजे मन्दिरभित्र प्रवेश गरेका थिए। उनले आधा घन्टाभन्दा बढी समय पूजाअर्चनामा बिताए।
पशुपतिनाथ मन्दिरमा उनलाई पर्यटनमन्त्री रविन्द्र अधिकारी, पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव प्रदीप ढकाल लगायत पदाधिकारीले स्वागत गरेका थिए।
मोदी आजै काठमाडौं महानगरपालिकाको तर्फबाट प्रदान गरिने नागरिक अभिनन्दन ग्रहण गरेर स्वदेश फर्कनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।