काठमाडौं- उपत्यकामा आइतबारदेखि विद्यालयहरू सञ्चालन हुँदैछन्। काेराेना महामारीका कारण गत वर्ष चैतदेखि बन्द रहेका विद्यालयहरू सञ्चालन हुन लागेका हुन्।
सिसिएमसीले विद्यालय खाेल्ने निर्णय गर्नुका साथै उपत्यकाका स्थानीय तहले माघ १ गतेबाट विद्यालय खोल्ने अनुमति दिएका थिए। याे अनुमतिपछि धेरैजसो विद्यालय आज (आइतबार) बाट खुल्ने तयारीमा जुटेका थिए।
असारबाटै अनलाइन कक्षा सुरु गरे पनि केही विद्यालयले 'फेस टू फेस' रुपमै कक्षा सञ्चालनमा गर्दै आएका थिए। अब सरकारले भाैतिक रुपमै उपस्थित गराएर विद्यालय सञ्चालन गर्ने निर्णय लिएसँगै काेराेनाले बालबालिकालाई प्रभावित पार्ने हाेकि भन्ने चिन्ता देखिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।