काठमाडौं- पुष्पकमल दाहाल 'प्रचण्ड'- माधवकुमार नेपाल पक्षको नेकपाले माघ ९ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको केन्द्रीय संघर्ष समितिको बैठकले काठमाडौँमा माघ ९ मा बृहत् प्रदर्शन गर्ने निर्णय गरेको हो। अपराह्न १२ बजे रत्नपार्कमा एकीकृत प्रदर्शन गर्ने निर्णय गरेको समितिका सहसंयोजक योगेशकुमार भट्टराईले जानकारी दिएका छन्।
प्रतिनिधिसभाको विघटनविरुद्ध र जनअधिकराको रक्षाका लागि ऐक्यबद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दलसँग उनको आग्रह छ। सोभन्दा अघि माघ ७ गते अपराह्न काठमाडौँको भृकुटीमण्डपमा जम्मा भएर उपत्यकाव्यापी मोटरसाइकल र्यालीसमेत आयोजना गर्ने कार्यक्रम तय गरिएको भट्टराईले बताए।
प्रतिनिधि सभा विघटन पछि प्रचण्ड-माधवले निरन्तर विरोधका कार्यक्रम गर्दै आएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।