विराटनगर– मोरङको रतुवामाई नगरपालिका–४, भद्रचोकमा भारतीय स्कारपियोको ठक्करबाट एक साइकल यात्री महिलाको मृत्यु भएको छ।
ठक्करबाट झापाको गौरीगञ्ज गाउँपालिका–२ की २५ वर्षीया मनिका ताजपुरीयाको मृत्यु भएको हो। उनलाई डब्लु बी ७४ क्यु ९१८० नम्बरको स्कारपिओ गाडीले शुक्रबार साँझ ६ बजे ठक्कर दिएको थियो।
ठक्करबाट उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी मृतकका ३ वर्षीय छोरा राहुल गम्भीर घाइते छन्। उनको झुर्किया प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
इलाका प्रहरी कार्यालय सिजुवाले ठक्कर दिने स्कारपियो र चालकलाई नियन्त्रणमा लिएको छ।
यसैगरी, विराटनगर–१५ स्थित रामजानकी चोकमा भारतीय कन्टेनरको ठक्करबाट पहिचान नखुलेका एक व्यक्तिको मृत्यु भएको छ। डब्लु बी १५ बी २४१५ नम्बरको कन्टेनरले राती १० बजे ठक्कर दिएको थियो। कोशी अञ्चल अस्पताल विराटनगरमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने कन्टेनरका चालक इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा छन्।
यस्तै, उदयपुरको रौतामाई गाउँपालिका–५ मा टिप्परको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको छ। तिलक राईका ११ वर्षीय छोरा निगमलाई बाटो काट्ने क्रममा ना३ख ८५७४ नम्बरको टिप्परले ठक्कर दिएको थियो। बालकको घटनास्थलमै मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
ठक्कर दिने ट्रिफरका चालक फरार भएकाले खोजी भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।