काठमाडौं- सरकारले निर्वचान आयोगका कानुनका सहसचिवको सरुवा गरेको छ। नेकपा विवादको विषयलाई हेरिरहेका सहसचिव लक्ष्मीप्रसाद गौतमको सरुवा गरिएको हो।
उनको सरुवा गरेर सरकारले ओली समर्थक कर्मचारी ल्याएको आयोग स्रोत बताउँछ। स्रोतका अनुसार सहसचिव गौतमले ऐन र कानुन अनुसार मात्र काम गर्ने बताउँदै आइरहेको अवस्थामा गृह मन्त्रालयका सहसचिव पुष्कर सापकोटालाई आयोगमा ल्याएको हो। सापकोटा ओली समर्थकका रुपमा चिनिएको आयोगका कर्मचारी बताउँछन्।
गौतमलाई आयोगबाट कानुन आयोगमा सरुवा गरिएको छ। गौतम दश महिना अघि आयोगमा आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।