भैरहवा– रुपन्देहीको तिलोत्तमा १५ कोटिहवामा जन्ती बोकेको बस शुक्रबार साँझ दुर्घटनामा परेको छ।
तिलोत्तमा १७ बैयाबाट जन्ती लिएर आएको लु १ ख ७१६३ नम्बरको बस घुम्तीमा मोड्ने क्रममा पल्टिँदा ८ जना घाइते भएको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ। घाइतेहरुको क्रिमसन अस्पताल मणिग्राममा उपचार भइरहेको छ।
बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गतको सडक निर्माणका क्रममा दुवैतर्फको सडक खाल्डो पारिएका कारण बस पल्टिएको स्थानीयको भनाइ छ।
बस पल्टिए लगत्तै चालक फरार छन्। यात्रुहरुलाई स्थानीयले बसको शीशा फोडेर निकालेका थिए।
गाडीमा ४० जनाभन्दा बढी जन्ती सवार रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।