कलैया- स्थानीय तहको निर्वाचनमा बाराको कलैया उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार राजेशप्रसाद यादव विजयी भएका छन्।
यादवले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विनोद साहले भन्दा १ सय ८७ मतको अन्तरले जित हासिल गरेका हुन् । कांग्रेसका यादवले १० हजार ९०३ ल्याउँदा विनोद साहले १० हजार ७१६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।
उपमेयरमा कांग्रेसकै रहिना खातुन १० हजार ५३८ मत प्राप्त गरी विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी प्रतिमा यादवले १० हजार ३७२ मत ल्याइन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।