धनगढी- प्रदेश नम्बर ७ को प्रदेश सभाको दोस्रो अधिवेशन बुधबारदेखि सुरु हुने भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दिएको जानकारी अनुसार प्रदेशसभा अधिवेशन बुधबार दिउँसो चार बजे आह्वान गरिएको छ।
प्रदेशसभाको दोस्रो अधिवेशन आह्वान गर्ने सम्बन्धमा मुख्यमन्त्री त्रिलोचन भट्टको प्रस्तावमाथि छलफल हुँदा सो आह्वान गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।