पोखरा– प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी शुक्रबार बाथरुममा लडेर घाइते भएका छन्।
दिउँसो करिब ४ बजे बाथरुम गएको बेला सभामुख अधिकारी लडेको जिल्ला समन्वयन समिति संयोजक बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए।
उनको मणिपाल शिक्षण अस्पताल पोखरामा आइसियुमा राखेर उपचार भइरहेको छ। फेवा सिटी अस्पताल लगिएका उनलाई रिफर गरेपछि मणिपाल लगिएको हो।
उच्च रक्तचापले गर्दा लडेको हुनसक्ने क्षेत्रीले बताए।
‘उपचारमा संगलग्न चिकित्सक ब्रेन ह्यामरेजको पनि आशंका गरेका छन्’, उनले भने। हातखुट्टा सुन्निएर अवस्था गम्भीर बन्दै गएकाले काठमाडौं लैजाने तयारी रहेको उनले बताए। हवाई ट्राफिक जामका कारण हेलिकप्टर नआइरहेको उनले बताए।
सभामुख अधिकारीको टाउकोमा रगत जमेको चिकित्सकले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।