काठमाडौं- दार्जिलिङका लेखक लेखनाथ क्षेत्रीको उपन्यास 'फुलाङ्गे' बजारमा आएको छ।
भारतको दार्जिलिङमा बसेर लेखन र अनुवादमा सक्रिय क्षेत्रीको यसअघि कविता संग्रह प्रकाशित छ। त्यस्तै, सांग्रीला बुक्सद्वारा प्रकाशित रवीश कुमारको चर्चित पुस्तक 'मुक्त आवाज'को नेपाली अनुवाद पनि उनैले गरेका हुन्।
'फुलाङ्गे' उनको पहिलो आख्यान हो।
'सत्ता र शक्तिबीच दबाइएको सपनाको कथा हो - 'फुलाङ्गे'। यसका चरित्रहरू सत्ताले निर्माण गरेका कठपुतलीहरु हुन्र दार्जीलिङलाई कठपुतली हुन् कसले अभिशप्त पार्यो? यसको उत्तर लेखकले उपन्यासमा सरल पात्रका खतरनाक चरित्र वरिपरी खोज्ने प्रयास गरेका छन्', पुस्तकबारे प्रकाशक सांग्रीला बुक्सको भनाइ छ, 'ऐतिहासिक संघर्षका भूँइप्वाल देखाउने यो आख्यान दार्जिलिङको संघर्षको दस्तावेजको साथै गोर्खाल्याण्ड आन्दोलनको समाजशास्त्रीय अध्ययन पनि हो।'
सांग्रीला बुक्स नेपाल र इन्डियाले संयुक्तरुपमा प्रकाशन गरेको उपन्यास 'फुलाङ्गे' भारतका नेपाली पाठकका लागि अर्को सातादेखि उपलब्ध हुनेछ।
यस उपन्यासको नेपाली मूल्य रू ३३५ रहेको छ र भारतीय मूल्य २५० रहने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।