काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारीको क्रममा हर्न बजाएर काठमाडौं सर्वसाधरणले उनको बिरोध गरेका छन्। सवारीको क्रममा करिब २० मिनेटभन्दा धेरै सडक खाली गराइएको थियो।
लामो समय सवारी साधन रोकेपछि सवारीको बेला सर्वसाधरणले बबरमहल लगायतका क्षेत्रमा एकैचोटी हर्न बजाएका थिए। हर्न नबजाउन ट्राफिक प्रहरीले आग्रह गरेपनि नाकाबन्दी लगाउने मोदीको स्वागतका नाममा आफुहरुलाई दुःख दिएको भन्दै सर्वसाधरणले झन् ठुलो आवाजमा एकैचोटी हर्न बजाएर मोदीको बिरोध गरेका थिए।
नेपालको संविधानको बिरोधमा २ वर्षअघि भारतले अघोषित नाकाबन्दी गरेको थियो। नाकाबन्दी लगाउने मोदीलाई अभिनन्दन गरिएको भन्दै सरकारको आलोचना भइरहेको छ। आज साँझ ८ बजे १० मिनेटका लागि ‘ब्लाकआउट’ गरेर उनको बिरोध गर्न सामाजिक सञ्जालमा अभियान चलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।